menu bar

Friday, June 17, 2016

किन तपाईंहरू पहिले नै आउनुभएन ?



हडसन टेलर सम्भवत: उन्नाइसौँ शताब्दीकै सर्वाधिक परिचित ख्रीष्टियान मिसनरी हुन् १७ वर्षको उमेरमा येशूलाई ग्रहण गरेका टेलर २१ वर्षमा हाम्रो छिमेकी मुलुक चीनमा आएका थिए, त्यहाँका मानिसहरूलाई येशूको शुभ सन्देश बाँड्न ५१ वर्ष चिनीयाँ भूमिमा बिताएका टेलर चिनीयाँ संस्कृतिको संवेदनशीलता सुसमाचार प्रचारको निम्ति भएको तिनको जोसको निम्ति निकै परिचित छन् ख्रीष्टाब्द १८६५ मा तिनले स्थापना गरेको संस्थामार्फत ८०० भन्दा बढी मिसनरीहरू चीनमा आए जसद्वारा हजारौँ चिनीयाँहरूले येशूलाई चिन्ने मौका पाए

कुनै एउटा काल खण्डमा धेरै मानिसहरूले येशूलाई पछ्याइरहेका देखे टेलरले येशूको सुसमाचारलाई सुनी कैयौँ मानिसहरूले नयाँ जीवन पाउँदै थिए एक जना वृद्ध मानिस हडसन टेलरकहाँ आए ह्दयमा आनन्दको महसुस गरी तिनले टेलरलाई सोधे, “तपाईंको देशमा तपाईंहरूले यस्तो उदेकको खबर कहिल्यदेखि सुन्दै आउनुभएको ?”

मिसनरीको जवाफ थियो, “हामीले सैयौँ वर्षदेखि यसलाई सुन्दै आएका छौँ

सैयौँ वर्ष ?”, ती स्थानीयले आश्चर्य व्यक्त गरे ती वृद्धले जारी राखे, “तपाईंहरूले सैयौँ वर्षदेखि यसलाई सुन्दै आउनुभएको यो शुभ सन्देश बाँड्नलाई तपाईं भर्खरै यहाँ आउँदै हुनुहुन्छ ? मेरा पिताले जीवनभर सत्यताको खोजी गर्नुभयो त्यसलाई नभेट्टाईकन उहाँको निधन भयो किन तपाईंहरू पहिले नै आउनुभएन ?”



Leave Your Comments Here.