धर्म–निरपेक्षतालाई अङ्गाल्ने राज्य व्यवस्थाले
धार्मिक स्वतन्त्रतालाई अनुमति दिन्छ ।
राज्यले धर्म लाद्ने
काम गर्दैन बरु
नागरिक समाजप्रति जिम्मेवारी बहन
गर्ने धर्महरूलाई ठाउँ
दिन्छ । त्यसकारण,
यसले समाज निर्माणमा
यी धर्महरूलाई साधन
बन्ने अनुमति दिन्छ
।
पोप बेनेडिक्ट
चौधौँ
यदि
आज म कुनै
साम्यवादी मुलुकमा बाँचेको हुँदो
हो जहाँ ख्रीष्टियान
विश्वासलाई प्यारो लाग्ने केही
सिद्धान्तहरूलाई दमन गरिन्छ
भने त्यो देशको
धर्म विरोधी कानुनको
उल्लङ्घनको पक्षमा म खुलेआम
वकालत गर्थें ।
मार्टिन लुथर
किङ्ग,
पास्टर,
अभियन्तासाथै
मानवतावादी
स्वतन्त्रता
थिचोमिचो गर्नेद्वारा कहिल्यै स्वैच्छिक
रूपमा प्रदान गरिँदैन;
थिचोमिचोमा पर्नेद्वारा यसको माग
गरिनुपर्छ ।
मार्टिन लुथर
किङ्ग,
पास्टर,
अभियन्तासाथै
मानवतावादी
धर्ममाथि
हस्तक्षेप गर्ने देशको सरकारभन्दा
अन्य कुनै कुरो
बढी डरलाग्दो हुँदैन
।
जोन आदम्स,
अमेरिकाका
द्वितीय
राष्ट्रपति
धार्मिक
स्वतन्त्रताको पक्षमा वकालत गरी
सबै मानिसको लागि
यसको बढावा गर्नु
हरेक व्यक्तिको जिम्मेवारी
हो ।
पोप फ्रान्सिस
हरेक
व्यक्तिसित सोचाइ, विवेक र
धर्मको स्वतन्त्रताको अधिकार छ । यस अधिकारमा
आफ्नो धर्म वा
विश्वासलाई परिवर्तन गर्ने स्वतन्त्रता
पर्छ । व्यक्तिगत
रूपमा होस् या
अरूहरूसँगै समुदायमा होस्; सार्वजनिक
रूपमा होस् या
निजी जीवनमा होस्
आफ्नो धर्म वा
विश्वासलाई शिक्षा, व्यवहार, आराधना
र पालनामा प्रकट
गर्ने स्वतन्त्रता छ
।
मानव अधिकारसम्बन्धी
विश्वव्यापी
घोषणापत्र
१९४८,
अनुच्छेद
१८
येशूको
अनुयायीको रूपमा न्याय र
मिलापको पक्षमा लड्न र
आफ्नो निम्ति बोल्न
नसक्नेहरूको पक्षमा वकालत गर्न
मेरो बोलावट भएको
छ । मेरो
भविष्यलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय
स्तरमा मानव अधिकार
र धार्मिक स्वतन्त्रताको
लागि केन्द्रित गर्ने
मेरो योजना छ
।
फ्रयाङ्क वुल्फ,
राजनीतिज्ञ
धार्मिक
स्वतन्त्रताप्रति व्यक्तिको अधिकारसाथै मण्डली
र राज्यको पृथक्कीकरणप्रति
म दृढतापूर्वक विश्वास
गर्दछु ।
अल्की हेस्टिङ्ग्स,
राजनीतिज्ञ
मेरो
विचारमा कुनै संस्था
वा समुदायले राम्रो
काम गरिरहेको छ
भने हामीले धर्मको
आधारमा भेदभाव गर्नुहुँदैन ।
तर सरकारले धर्म
परिवर्तन वा आराधना
वा धार्मिक गतिविधिको
लागि भने पैसा
दिन सक्दैन ।
जिम वालिस,
लेखकसाथै
राजनीतिज्ञ