जोन
वेस्ली ख्रीष्टियान हुनुभन्दा पहिले
नै धेरै वर्षसम्म
पादरी बनेका थिए
। तिनी जर्जियामा
मिसनरीको रूपमा सेवा गर्दै
थिए । तरै
पनि तिनी ख्रीष्टियान
बनिसकेका थिएनन् ।
२४
मे १७३८ मा
वेस्लीले नयाँ जन्मको
अनुभव गरे जुन
बेला तिनी ३६
वर्ष पुगिसकेका थिए
। तिनी लन्डनमा
आयोजित एउटा सभामा
अरुचिकासाथ उपस्थित हुन पुगे
। त्यहाँ कसैले
रोमीहरूलाई लेखिएको पत्रमा मार्टिन
लुथरद्वारा लिखित परिचयलाई पढ्यो
। लुथरको परिचयलाई
सुन्दै गर्दा तिनले कस्तो
किसिमको रूपान्तरणको महसुस गरे
भनी तिनी आफैले
लेखेका छन्:
“झण्डै
पौने नौ बजेको
थियो । ख्रीष्टमाथि
गरिने विश्वासद्वारा परमेश्वरले
ह्दयमा गर्नुहुने परिवतर्नबारे तिनले
बयान गरिरहँदा मैले
मेरो ह्दय अनौठो
तरिकाले न्यानो भएको महसुस
गरेँ । मैले
उद्धारको लागि केवल
ख्रीष्टमाथि भरोसा गरेको अनुभूति
गरेँ । त्यसपछि
उहाँले मेरा पापहरू
लैजानुभएको थियो र
मलाई पाप र
मृत्युको व्यवस्थाबाट बचाउनुभएको थियो
भन्ने एउटा निश्चयता
भयो मलाई ।”
नयाँ
जन्मको अनुभव गरेपछि तिनी
आफ्नो विश्वासमा अडिग
रहे जसको निम्ति
तिनले ठुलै मूल्य
चुकाउनु पर्यो ।
ख्रीष्टाब्द १७०३ मा
इङ्गल्यान्डमा जन्मेका वेस्ली मेथोडिज्मका
संस्थापकसाथै अठारौँ शताब्दीका एक
प्रखर वक्ता बने
। पवित्रताको अभियान
र पेन्टिकोस्टलवादको विकासमा
तिनका रचनाहरूले महत्त्वपूर्ण
भूमिका खेलेका छन् ।
तिनले आफ्नो जीवन
कालमा झण्डै ४०,००० ओटा
प्रवचन तोडे ।
बीबीसीले ख्रीष्टाब्द २००२ मा
प्रसारण गरेको इङ्गल्यान्डको इतिहासमा
१०० जना महानतम
ब्रिटिस नागरिकहरूको सूचीमा जोन
वेस्लीको नाउँ पचासौँ
स्थानमा परेको थियो ।