ख्रीष्टाब्द
१९८९ मा जर्मनीको
राजधानी बर्लिनस्थित बर्लिनको पर्खाल
ढलेपछि पूर्वी जर्मनीमा एक
जना व्यक्ति सबैभन्दा
बेसी घृणाको पात्र
बने । तिनको
नाउँ हो, एरिक
होन्कर । तिनी
साबिक कम्युनिष्ट तानाशाह
थिए । तिनलाई
आफ्नै कम्युनिष्ट पार्टीले
पनि इन्कार गर्यो
। नयाँ सरकारले
तिनी र तिनकी
पत्नी मार्गोटलाई तिनीहरूको
बङ्गलाबाट निष्कासन गरिदियो ।
एरिक दम्पती घरबारविहीन
बन्न पुगे ।
यु.
हलमरले एरिक दम्पतीको
दयनीय अवस्थाबारे थाहा
पाए । हलमर
पास्टरसाथै उत्तरी बर्लिनस्थित एउटा
ख्रीष्टियान सहायता केन्द्रका अध्यक्ष
थिए । एरिकको
विगत जस्तोसुकै भए
तापनि तिनको दम्पतीको
कठिन घडीमा तिनीहरूलाई
बेवास्ता गरिनुहुँदैन भन्ने ठानेर
पास्टर र तिनको
परिवारले उक्त दम्पतीलाई
तिनीहरूको घरमा ठाउँ
दिने निधो गरे
।
एरिककी
पत्नी मार्गोटले छब्बिस
वर्षसम्म पूर्वी जर्मनीको शैक्षिक
प्रणालीमाथि आधिपत्य जमाएकी थिइन्
। एरिककी पत्नीको
शैक्षिक नीतिको कारणले गर्दा
पास्टर हलमरका दस सन्तानमध्ये
आठ जना उच्च
शिक्षा हासिल गर्नबाट वञ्चित
भएका थिए ।
उक्त नीतिले ख्रीष्टियानहरूमाथि
भेदभाव गरेको थियो ।
तर पास्टर जर्मनीमै
सबैभन्दा घृणित मानिस र
तिनकी पत्नीलाई सहयोग
गर्न इच्छुक बने
।
पास्टरले
आफ्ना व्यक्तिगत शत्रुहरूको
हेरचाह गर्न चाहे
। मानवीय दृष्टिकोणबाट
हेर्दा यस्तो परिस्थितिलाई निकै
अस्वाभाविक मान्नुपर्छ । अरू
सबै जहाँ उभिएका
भए तापनि पास्टर
हलमर र तिनको
परिवार ख्रीष्टको पाइलामा उभिए
। परमेश्वरको अनुग्रहद्वारा
हलमरको परिवारले आफ्ना शत्रुहरूलाई
प्रेम गरे; तिनीहरूको
भलो चिताए; तिनीहरूलाई
आशिष् दिए र
तिनीहरूको निम्ति प्रार्थना गरे
। तिनीहरूले वास्तवमै
अर्को गाला फर्काए
।