menu bar

Saturday, June 4, 2016

अमेरिकाको महानता त्यहाँका पुल्पिटहरूमा प्रचार गरिने धार्मिकतामा अडेको छ



ख्रीष्टाब्द १९४६ मा अमेरिकामा जन्मेका डोनाल्ड जोन ट्रम्प अमेरिकाका व्यापारी, राजनीतिज्ञ, टेलिभिजन व्यक्तित्व, लेखकसाथै नोभेम्बर २०१६ मा अमेरिकामा हुन गइरहेको राष्ट्रपतीय निर्वाचनका उम्मेदवार हुन् तिनी अमेरिकालाई फेरि महान् बनाउन चाहन्छन् त्यसो हो भने तिनले अलेक्सिस चाल्र्स हेन्रीको कुरालाई सुन्नुपर्छ  

को थिए अलेक्सिस चाल्र्स हेन्री ? तिनी उन्नाइसौँ शताब्दीका फ्रान्सेली राजनीतिक विचारकसाथै इतिहासकार थिए अमेरिकामा प्रजातन्त्र नामक कृतिको लागि तिनी निकै परिचित छन् १८३१ मा अमेरिकाको दर्शन गर्दा अमेरिकाको महानताबारे हेन्रीले यसो भनेका थिए:

मैले अमेरिकाका फराकिला बन्दरगाहहरूमा, उसका प्रचुर नदीहरूमा, उसका उर्बरायुक्त भूमिहरूमा उसका विशाल जङ्गलहरूमा उसको महानताको खोजी गरेँ तर यो त्यहाँ थिएन मैले उसका प्रशस्त खानीहरूमा, उसको बृहत् विश्वव्यापी वाणिज्यमा, उसको सरकारी स्कुलको प्रणालीमा उसका उच्चा शिक्षा सिकाइने संस्थाहरूमा यसको खोजी गरेँ यो त्यहाँ पनि थिएन मैले उसको प्रजातान्त्रिक संसदमा उसको अनुपम संविधामा यसलाई खोजेँ यो त्यहाँ पनि थिएन अमेरिकाका मण्डलीहरूमा गएर त्यहाँका पुल्पिटहरूमा प्रचार गरिएका धार्मिकताको ज्वालाको आवाज नसुनेसम्म मैले उसको सृजनात्मकता शक्तिको रहस्यलाई बुझिनँ अमेरिका महान् किनकि अमेरिका असल अमेरिका असल हुन छाड्यो भने यो महान् हुन छाड्नेछ      

  

Leave Your Comments Here.