menu bar

Sunday, June 12, 2016

नोबेल पुरस्कार विजेता सोल्जेनिस्तन झ्यालखानामा ख्रीष्टियान बने



सोभियत सङ्घ यसको सर्वसत्तावादको खरो आलोचक अलेक्ज्यान्डर सोल्जेनिस्तन उपन्यासकारसाथै इतिहासकार थिए ख्रीष्टाब्द १९७० मा साहित्यमा नोबेल पुरस्कार जित्न सफल सोल्जेनिस्तनलाई सोभियत सङ्घमा एउटै मात्र कृति प्रकाशन गर्न दिइएको थियो सोल्जेनिस्तनद्वारा लिखित गुलाग आर्खिपेलागो नामक पुस्तक करोडभन्दा बढी बिक्री हुनुकासाथै यसलाई पैँतिस ओटा भाषामा अनुवाद गरिएको

ख्रीष्टाब्द १९७४ मा हालको रुसमा जन्मेका सोल्जेनिस्तनले आफ्ना पितालाई कहिल्यै चिन्न पाएनन् तिनकी आमाले तिनलाई रुसी अर्थोडक्स मण्डलीका परम्पराहरूमा हुर्काएकी भए तापनि तिनी माक्र्सवादी बन्न पुगे तिनी सोभियत सङ्घको साम्यवादी आदर्शको पक्षपोषक बने   

तर सोल्जेनिस्तनले तानाशाही स्टालिन तिनको शासनको विरुद्धमा नकारात्मक टिप्पणी गरेको अभियोगमा तिनलाई आठ वर्षको जेल सजाय तोकियो तिनले झ्यालखानामा कैदी जीवन बिताइरहँदा तिनले माक्र्सवादी आदर्शहरूमाथि प्रश्न तेर्साउन थाले अन्तत: तिनी ख्रीष्टियान बने तिनले भनेका छन्, “ फेरि विश्वको परमेश्वरमाथि विश्वास गर्दछु मैले तपाईंलाई त्यागे तापनि तपाईं मसँगै हुनुहुन्थ्यो तिनले आफ्नो रूपान्तरणलाई आफ्नो परिचित कृति गुलाग आर्खिपेलागोमा सबिस्तार ढङ्गमा बयान गरेका छन्

निकिता ख्रुस्केभले स्टालिनवादको विरुद्धमा खुलेरै भत्र्सना गरेपछि १९५६ मा सोल्जेनिस्तन जेलमुक्त भए १९७४ मा तिनी सोभियत सङ्घबाट निष्कासन गरिएपछि तिनी जर्मनीमा गए त्यसपछि अमेरिका पुगे तर २६ डिसेम्बर १९९१ मा सोभियत सङ्घको विघटन भएपछि तिनी १९९४ मा पुन: आफ्नै मुलुकमा फर्के ८९ वर्षको उमेरमा २००८ मा रुसको राजधानी मस्कोमा तिनको निधन भएको थियो  




Leave Your Comments Here.