menu bar

Sunday, June 5, 2016

चङ्गाइ प्राप्त गरेका भकभके ठिटो विश्वविख्यात प्रचारक बने



उनको पेटमा महिनाको बच्चा थियो जुन बेला उनलाई एक जना शिशुको निम्ति प्रार्थना गर्न बोलाइयो जो त्यस रातसम्म पनि बाँच्दैनथ्यो भनी डाक्टरले भनेका थिए उनले यसो भनेर प्रार्थना गरिन्, “हे परमेश्वर, शपथ खान चाहन्छु आज राति मेरो छिमेकीको बच्चालाई चङ्गाइ गरिदिनुहोस् भनी बिन्ती गर्दछु , जब मेरो बच्चा जन्मन्छ उसलाई तपाईंको निम्ति अर्पण गर्नेछु एकातिर उनले प्रार्थना गरेको बच्चा बाँच्यो भने अर्कोतिर उनले आफ्नो बच्चालाई जन्म दिइन्

तर एउटा समस्या देखा पर्यो: उनले जन्माएको बच्चा भकभके बने अन्य केटाकेटीहरूले ती ठिटालाई जिस्काउँथ्यो तिनी झगडामा फस्थे तरै पनि परमेश्वरले तिनलाई निको पार्नुहुन्थ्यो तिनी भकभक नगरीकनै बोल्न सक्षम हुन्थे भन्ने निश्चयता थियो आमामा तर ठिटो आफ्नै मातापिताको विरुद्धमा विद्रोही बनेर निस्के किशोर अवस्थामा तिनी क्षयरोगको सिकार बन्न पुगे १७ वर्षको उमेरमा झण्डै तिनको ज्यान गएको थियो तर तिनले चङ्गाइ पाए तिनी शारीरिक रूपमा मात्र निको भएनन् तिनको बोली पनि ठिक हुन पुग्यो

पछि ती किशोरलाई सारा दुनियाँले ओरल रोबर्टसको नाउँले चिन्यो ख्रीष्टाब्द १९१८ मा अमेरिकामा जन्मेका ओरल ख्रीष्टियान अगुवा, चङ्गाइसम्बन्धी सुसमाचार प्रचारक, लेखक, प्रशिक्षकसाथै टेलिभिजन व्यक्तित्व हुन् बिसौँ शताब्दीका सुप्रसिद्ध अगुवा ओरल यति प्रभावशाली बने कि सुसमाचार प्रचारको दुनियाँमा बिल्ली ग्राहमपश्चात् तिनको नाउँ आउँछ ओटा महादेशमा ३०० ओटाभन्दा बेसी क्रुसेडको  सञ्चालन गरेका रोबर्टसले २० लाखभन्दा बेसी मानिसहरूमाथि हात राखेका छन् धेरै मानिसहरूले तिनलाई चङ्गाइकर्ता भन्थे तर तिनले यसो भन्दै त्यसलाई इन्कार गरे, “मैले होइनँ परमेश्वरले चङ्गाइ गर्नुहुन्छ ओरल रोबर्टस इभान्जलिस्टिक एसोसिएसन ओरल रोबर्टस युनिभर्सिटीका संस्थापक ओरलले पेन्टिकोस्टलवादलाई मूलधार ख्रीष्टियमतमा ल्याउन मूख्य भूमिका निभाए   

     

Leave Your Comments Here.