menu bar

Monday, June 13, 2016

अगुवाइबारे १० ओटा भनाइहरू (भाग २)



अर्को पुस्तालाई केवल जिम्मेवारी नसुम्पनुस् तपाईंले जिम्मेवारी सुम्पनुभयो भने तपाईंले चेलाहरूको निर्माण गर्नुहुन्छ बरु, अगुवाहरूको निर्माण गर्न अधिकार सुम्पनुस्
क्रेग ग्रोस्चेल, पास्टर, लेखकसाथै वक्ता 

विश्वासले पहाडलाई हटाउँछ; प्रेमले ह्दयको रूपान्तरण गर्छ
जोन पावल वारेन

अगुवाइ सेवाको लागि निर्माण गरिएको हो
ज्याक हेल्स, पास्टर 

सर्वप्रथम एउटा आत्मिक अगुवाले परमेश्वरबाट बोलावट पाउँछ उसको काम उसको पेसा हुनेछैन तर उसको बोलावट हुनेछ
ज्याक पुनेन

ख्रीष्टको खातिर हाम्रो उदाहरण हाम्रो सबैभन्दा विश्वसनीय प्रभाव बन्न सक्छ हामीले उहाँको नमुनालाई पछ्याएकोले के अरूले हाम्रो नक्कल गर्छन् ?
अज्ञात

कुनै उदेकको काम गर्नुस् ताकि मानिसहरूले त्यसको नक्कल गर्न सकून्
अल्बर्ट स्किजर, ईश्वरशास्त्री, डाक्टरसाथै दार्शनिक 

अगुवा हुनुको साटो चेला नभएसम्म कोही पनि अगुवा हुनलाई लायक हुँदैन
ज्याक हेल्स, पास्टर  

अगुवाइलाई पदको रूपमा हेर्दिनँ अगुवाइलाई सिपको रूपमा हेर्दिनँ अगुवाइलाई सम्बन्धको रूपमा हेर्छु
फिल कुग्ली

तपाईं त्यो व्यक्तिलाई पछ्याउन सक्नुहुन्न जो विश्वसनीय छैन; जसले उसले जे गरिरहेको त्यसमा उसले साँचो रूपमा विश्वास गर्दैन
गेल हामिल्टन

सफल अगुवा हुनलाई चाहिने एउटा मुख्य कुरो आत्मसचेतता हो
जेम्स . अट्री

प्रचारकको जाँच यही हो कि मानिसहरूले यसो भन्दैनन्, “कस्तो राम्रो प्रवचन !”, तर यसो भन्छन्, “ केही गर्नेछु
फ्रान्सिस डे सेल्स, बिशप, सन्तसाथै लेखक



Leave Your Comments Here.