भनिन्छ,
ड्रग्सको लतमा फसेकाहरू
सजिलैसित त्यस पासोबाट
उम्कन सक्दैनन् ।
त्यस्तै भयो जुड
विलहिटको जीवनमा ।
१२
वर्षको कलिलै उमेरमा जुड
ड्रग्सको सम्पर्कमा आए जुन
बेला तिनी स्कुलका
विद्यार्थी थिए ।
त्यसको स्वादले तिनलाई त्यतै
हराउन मन लाग्यो
। दुव्र्यसनमा फसेकाहरूको
गन्तव्य कि झ्यालखाना
हुन्छ, कि मृत्यु
कि त विक्षिप्तता
। जुडकाअनुसार त्यसबाट
मुक्ति पाइएन भने यी
तिनमध्ये एउटा खाडलमा
अवश्य पुग्नुपर्छ ।
लाग्थ्यो, तिनी मृत्युको
खाडलतर्फ लम्कँदै थिए ।
त्यस
दिन जुडले अधिक
मात्रामा ड्रग्स सेवन गरेका
थिए । तिनको
होस जाने र
आउने भएको थियो
। तिनले बेला
बेलामा बान्ता गरे ।
थकाइले लखतरान महसुस गरेका
जुड आफ्नो अँध्यारो
कोठाको भुइँमा लम्पसार परेका
थिए । जीवनमा
पहिलो पटक तिनी
ड्रग्सको लतबाट मुक्त हुन
चाहन्थे ।
सुध्रने
हरेक मौका मिलेको
थियो जुडलाई ।
तिनले यस्तो परिवार
पाएका थिए जसले
तिनलाई माया गथ्र्यो
। तर पापले
तिनलाई ठगिसकेको थियो ।
अब कुनै उपाय
नलागेपछि तिनले परमेश्वरलाई पुकारे
। आफ्नो शयनकक्षमा
घुँडा टेकी तिनले
भने, “हे परमेश्वर,
मलाई मदत गर्नुहोस्
। म पत्यानै
नसक्ने गरी हराएको
छ । मलाई
तपाईंको खाँचो छ ।”
तिनले प्रार्थना गर्दा
तिनले कुनै आवाज
सुनेनन् न त
तिनले कुनै स्वर्गदूतलाई
देखे । तर
एउटा कुरो भने
पक्का थियो: तिनले
तिमीलाई
घरमा
स्वागत्
छ
भन्ने अनुभूति गरेका थिए
।
परमेश्वरको
अनुग्रहको महसुस गरेपछि जुडले
ड्रग्सको दलदलबाट पार पाउन
खोजे । तिनले
केही जवान मानिसहरूलाई
भेटे जो हरेक
हप्ता बाइबल अध्ययनको
लागि जम्मा हुन्थे
। ख्रीष्टियानहरूको यही
सानो झुण्डमार्फत तिनले
येशूलाई पाए ।
यस्तो
कुनै ठाउँ छैन
जहाँ परमेश्वरको अनुग्रह
पुग्न सक्दैन भन्ने
बाइबलको यथार्थता जुडको जीवनमा
चरितार्थ हुन पुग्यो
। परमेश्वरले तिनलाई
आफ्नो सन्तान बनाउनुभयो
। जुड र
तिनकी पत्नी लोरीलाई
परमेश्वरले दुई सन्तान
दिनुभएको छ ।
आज जुडले पास्टरसाथै
लेखकको रूपमा प्रभुको सेवा
गरिरहेका छन् ।
तिनी अमेरिकाको नेभाडा
नामक प्रान्तमा अवस्थित
सेन्ट्रल
क्रिस्चियन
चर्चका वरिष्ठ
पास्टर हुन् ।
तिनको सेवाद्वारा हजारौँ
मानिसहरूले प्रभु येशूलाई चिन्ने
मौका पाएका छन्
।
यसरी,
ड्रग्सको सागरबाट उत्रेका जुड
आज अमेरिकाको प्रतिष्ठित
मण्डलीको पास्टर भएका छन्
।