ख्रीष्टाब्द
१९३९ मा स्त्रीहरूका
लागि राभेन्सब्रक बन्दी
शिविर खडा गरियो
। यो शिविर
जर्मनीको राजधानी बर्लिनको ९०
किलोमिटर उत्तरपट्टि राभेन्सब्रक नामक
गाउँको नजिकै स्थापना गरिएको
थियो । यहाँ
९०,००० भन्दा
बेसी स्त्रीसाथै केटाकेटीहरूले
ज्यान गुमाएका थिए
भनी विभिन्न स्रोतहरूले
जनाएका छन् ।
यो एउटा यस्तो
शिविर थियो जसलाई
नाजीहरूले नरक बनाएका
थिए । क्रूरताको
कुनै सीमा थिएन
। न्याय अपरिचित
थियो । स्मरण
रहोस्, यो दोस्रो
विश्वयुद्धको कहानी हो ।
दोस्रो
विश्वयुद्धको बेला सतावटमा
परेका यहूदीहरूका मुक्तिदाताको
रूपमा उदाएकी थिइन्,
कोरी टेन बुम
। उनी हल्यान्डका
एक ख्रीष्टियान महिला
थिइन् जसले आफ्ना
पिता र परिवारका
अन्य सदस्यहरूसित मिलेर
कैयौँ यहूदीहरूको जीवन
जोगाउन मदत पुर्याएकी
थिइन् । तर
नाजीहरूले उक्त कुरो
थाहा पाएपछि तिनीहरूले
बुम र उनको
परिवारलाई पनि उही
शिविरमा थुने ।
रिहा भएपछि बुमले
द
हाइडिङ्ग
प्लेस
नामक एउटा पुस्तक
लेखिन् जसमा उनले
आफ्नो कथालाई सार्वजनिक
गरेकी छन् ।
अकल्पनीय
दु:खकष्टको बिचमा
पनि उक्त शिविरमा
एउटा निकै शक्तिशाली
प्रार्थना फेला पारियो
। यो प्रार्थना
एउटी एक जना मृत बच्चीको वस्त्रमा
पाइएको थियो:
हे
परमप्रभु, भलो गर्ने
पुरुष र स्त्रीहरूलाई
मात्र नसम्झनुस् तर
कुभलो गर्नेहरूलाई पनि
सम्झनुस् । तरै
पनि तिनीहरूले हामीमाथि
ल्याएका सबै दु:खकष्टलाई याद नगर्नुस्
। बरु, यो
दु:खकष्ट, हाम्रो
सङ्गति, एक अर्काप्रति
हाम्रो बफादारी, हाम्रो विनम्रता,
हाम्रो उत्साह, हाम्रो उदारता,
र यस सङ्कष्टबाट
वृद्धि भएको ह्दयको
महानताको कारणले हामीले फलाएका
फलहरूलाई याद गर्नुस्
। हामीलाई सताउनेहरूलाई
तपाईंले न्याय गर्नुहुँदा हामीले
फलाएका यी सबै
फलहरू तिनीहरूका निम्ति
क्षमा बनून् ।