ख्रीष्टाब्द
३२८ मा जन्मेका
भलेन्स पूर्वी रोमका सम्राट्
थिए जसले ख्रीष्टाब्द
३६४–३७८ सम्म
शासन गरे ।
रोमी साम्राज्यका ६६
औँ सम्राट् भलेन्स
युद्धमा पराजित भई ५०
वर्षको उमेरमा मारिएका थिए
।
सामोसाटाका
युसेबियस भलेन्सका समकालिक थिए
। ३६१ मा
तिनी सामोसाटाका बिशप
बने । तिनी
लगभग ३७९ मा
सहिद भएर यस
धरतीबाट बिदा भएर
गएका थिए ।
बिशप
युसेबियस एरिएनवाद नामक झुटा
शिक्षाको खरो विरोधी
थिए जब कि
सम्राट् भलेन्स त्यस शिक्षाको
अनुयायी थिए ।
एक पटक सम्राट्
भलेन्सले युसेबियसका सबै सम्पत्ति
खोसी तिनलाई यातना
दिने, बन्दी बनाउने
र मृत्युदण्डसम्म दिने
धम्की दिँदा ती
निर्भीक ख्रीष्टियानले जवाफ दिएका
थिए, “उसलाई सर्वस्वहरणको
कुनै डर छैन
जससित गुमाउनुपर्ने कुनै
कुरो छैन ।
न त ऊ निर्वासनबाट डराउनुपर्छ जसको
लागि स्वर्ग उसको
देश हो ।
न त यातनादेखि
जब कि एकै
मुक्कामा उसको शरीरलाई
नष्ट गर्न सकिन्छ
। न त मृत्युदेखि जुन पाप
र दु:खदेखि
उसलाई छुटकारा दिने
एउटै मात्र माध्यम
हो ।”