menu bar

Friday, June 10, 2016

पेसेवार घोडचढी प्याट ड्रग्सको राज्यबाट ख्रीष्टको राज्यमा रूपान्तरित भए



तिनको नाउँ हो प्याट डे तिनी विजेता हुन् तिनी पेसेवार घोडचढी हुन् तिनले अश्व दौड प्रतियोगितामा अद्भूत कीर्तिमान रचेका छन् तिनले जीवनमा ,८०४ ओटा प्रतियोगिता जितेका छन् मनग्गे इनामहरू बटुल्न सफल तिनी खरब जति नेपाली रुपियाँका मालिक हुन्

तर प्याटको जीवनमा एउटा ठुलो समस्या पनि थियो: तिनी ड्रगिस्ट थिए तिनी कोकिनको कुलतमा फसेका थिए ख्रीष्टियान परिवारमा हुर्केको भए तापनि तिनले ख्रीष्टियान जीवन शैली जिएका थिएनन्

तर एक दिन प्याटले टेलिभिजनमा जे देखे सुने त्यसले तिनको जीवनमा आमूल परिवर्तन ल्याइदियो यो २७ जनवरी १९८४ को कुरो हो तिनी होटलको एउटा कोठाभित्र थिए तिनले टेलिभिजन खोले जुन तिनको आदत थियो तिनले आफ्ना वस्त्रहरू झुण्डयाउन लाग्दा तिनले याद गरे कि वक्ता जिम्मी स्वागर्तले टेलिभिजनमा प्रचार गर्दै थिए तर प्याट ख्रीष्टियान भएकोले वक्ताले तिनले खोजेको कुरो दिन सक्दैनथ्ये भन्ने लाग्यो तिनलाई त्यसैले, तिनले आफ्नो ध्यान खिँच्ने च्यानलको खोजी गरे तर तिनले त्यस्तो कुनै च्यानल नभेट्टाएकोले तिनले टेलिभिजन बन्द गरी तिनी सुत्नलाई ओछयानमा पल्टे तिनी मस्तसित निदाए जुन अनौठो थियो किनकि मद्यपान सेवन नगरीकन तिनी निदाउन सक्नदैनथ्ये केही समयपछि तिनी ब्युँझे तिनले पुन: टेलिभिजन खोले तिनले उही प्रचारकलाई देखे वक्ताले भर्खरै उद्धारको सन्देशलाई तोडी येशूलाई स्वीकार गर्न निमन्त्रणा दिँदै थिए त्यस बेला जीवित परमेश्वरका आत्मा त्यस कोठामा उपस्थित हुनुहुन्थ्यो भनी महसुस भयो प्याटलाई तिनले आफूमा यस्तो रित्तोपनाको महसुस गरे जसलाई परमेश्वरले मात्र भर्न सक्नुहुन्थ्यो तिनले घुँडा टेके; तिनी रोए; चिच्च्याए येशू ख्रीष्टलाई आफ्नो ह्दयमा निमन्त्रणा दिए

संसार बद्लिएन तर प्याट बद्लिए तिनी ख्रीष्टमा नयाँ सृष्टि बने तिनले ख्रीष्टलाई स्वीकार गरेको क्षणमा नै उहाँले ड्रग्स मादक पदार्थका साङ्लाहरूलाई धुजाधुजा पारिदिनुभयो आफ्नो कुलतबाट मुक्ति पाउनलाई तिनी सुधार केन्द्रमा भर्ती हुनुपरेन अब बाँकी जीवन तिनले येशूको सुसमाचार प्रचारमा लगाउनेछन् भनी तिनले बताएका छन्    

Leave Your Comments Here.