menu bar

Thursday, June 16, 2016

पास्टर मार्टिनले तानाशाही हिटलरको नाजीवादसित सम्झौता गरेनन्



विश्वको इतिहासमा हिटलर निकै परिचित नाउँ हो एडोल्फ हिटलर नाजी दलका अगुवासाथै ख्रीष्टाब्द १९३३१९४५ सम्म जर्मनीका राष्ट्रप्रमुख बनेका थिए जर्मनीका तानाशाह हिटलरले सेप्टेम्बर १९३९ मा पोल्यान्डमाथि आक्रमण गरेपछि दोस्रो विश्वयुद्धको आरम्भ भएको थियो ६० लाख यहूदीहरूको नरसंहारमा तिनकै मुख्य हात रहेको

पास्टर फ्रेडरिक मार्टिन हिटलरका समकालिक थिए १८९२ मा जर्मन साम्राज्यमा जन्मेका मार्टिन नाजी विरोधी ईश्वरशास्त्री थिए तिनी कन्फेसिङ चर्चका एक जना संस्थापक थिए जुन चर्चले जर्मन प्रोटेस्टेन्ट मण्डलीहरूको नाजीकरणको विरोध गथ्र्यो पास्टर मार्टिनले खरो रूपमा नाजीवादको विरोध गरेकाले तिनलाई वर्ष (१९३७१९४५) सम्म बन्दी बनाइएको थियो तिनले केही वर्ष झ्यालखानामा बिताए भने केही वर्ष श्रम शिविरमा

पास्टर मार्टिन पहिलो विश्वयुद्धका नायक पनि थिए हिटलरलाई यो कुरो थाहा थियो कि मार्टिनलाई फकाउन सकिएमा तिनको विरोधको मात्रा स्वात्तै घट्ने थियो त्यसैले हिटलरले मार्टिनका एक जना पुराना मित्रलाई मार्टिनलाई भेट गर्न पठाए ती मित्र नाजीवादको समर्थक बनिसकेका थिए भनिन्छ, बन्दी अवस्थामा देखेपछि आफ्ना पुराना दौँतरी मार्टिनलाई तिनले यसो भनेका थिए, “मार्टिन, हे मार्टिन, तिमी किन यहाँ छौँ ?” मार्टिनको जवाफ यस्तो रहेको थियो, “हे मेरा मित्र, तिमी किन यहाँ छैनौँ ?”    
    

     

Leave Your Comments Here.