डाइट्रिच
बोनहफर जर्मनीका पास्टर, लेखक,
ईश्वरशास्त्रीसाथै तानाशाही नाजी शासनका
कडा विरोधी थिए
। सेकुलर संसारमा
ख्रीष्टियानहरूको भूमिकाबारे लेखिएका तिनका
रचनाहरूले व्यापक प्रभाव पारे
। द कस्ट
अफ
डिसाइपलसिप
नामक तिनको कृति आधुनिक
समयका उत्कृष्ट पुस्तकहरूको
सूचीमा पर्यो ।
ईश्वरशास्त्रीय रचनाहरू कोर्नुका अतिरिक्त
तिनी नाजी तानाशाही
शासनको विरुद्धमा खरो रूपमा
उत्रे ।
पिता
कार्ल र माता
पाउलाबाट ४ फेब्रुअरी
१९०६ मा डाइट्रिच
बोनहफरको जन्म जर्मनीमा
भएको थियो ।
तिनी धार्मिक परिवारमा
जन्मेका थिएनन् । सानै
उमेरदेखि साङ्गीतिक प्रतिभाका धनी
बोनहफरको जीवनभर सङ्गीत एउटा
महत्त्वपूर्ण पाटो बन्यो
। १४ वर्षको
उमेरमा तिनले पास्टर बन्नु
नै आफ्नो लक्ष्य
हो भनी घोषणा
गर्दा तिनको परिवार
छक्क परेको थियो
।
२५
वर्षको उमेरमा बोनहफर पास्टरमा
अभिषेक गरिए ।
तिनले त्यस्तो समयमा
पास्टरको रूपमा सेवा गर्दै
थिए जुन बेला
तिनको देशमा हिटलर
राष्ट्रप्रमुखको रूपमा चुनिए ।
जर्मनीका नागरिकहरू र मण्डलीको
उल्लेखनीय अंशले हिटलरलाई स्वागत
गरे तापनि बोनहफर
हिटलरको नीतिको कडा प्रतिद्वन्द्वी
थिए । १९३३
मा हिटलर जर्मनीको
राष्ट्रप्रमुखमा चुनिएको २ दिनपश्चात्
बोनहफरले रेडियोमार्फत तिनको आलोचना गरिरहँदा
तिनको प्रस्तुतीकरणलाई बिचैमा
रोकिएको थियो ।
यहूदीहरूमाथि भइरहेको हिटलरको ज्यादतीको
विरुद्धमा मण्डली बोल्नुपर्छ भनी
बोनहफरले आवाज उठाए
। नाजी नीतिको
विरुद्धमा मण्डलीले आवाज बुलन्द
पार्नुपर्छ भन्ने उद्देश्यले तिनले
प्रोटेस्टेन्ट मण्डलीलाई एकत्रित गर्न
खोजे तर यसले
मण्डलीमा विभाजन ल्यायो ।
मण्डलीको कमजोरी र एक
अर्काप्रतिको विरोध देखेर बोनहफर
दङ्ग परे ।
किनकि मण्डलीको एउटा
हिस्साले नाजी नीतिको
विरोधमा उत्रनुपर्छ भन्थ्यो भने
अर्कोले समर्थन गर्नुपर्छ भन्थ्यो
। यस्तो परिस्थितिको
उदयभएपछि बोनहफर १९३३ मा
लन्डन लागे ।
लन्डनमा
२ वर्ष बिताएपछि
१९३५ मा बोनहफर
पुन: बर्लिन फर्के
। जस्तोसुकै कठिनाइको
सामना गर्नुपरे तापनि
तिनी आफ्नै मातृभूमिमा
फर्कनुपर्छ भन्ने बोलावटको महसुस
गरेका थिए तिनले
। तिनको आगमनको
केही समय बित्न
नपाउँदै नाजी शासनको
विरोध गर्ने बोनहफरको
समर्थनमा रहेको कन्फेसिङ्ग चर्चको एक
जना अगुवा गिरफ्तार
गरिए भने अर्काचाहिँ
स्विजरल्यान्डतर्फ भागे ।
राज्यमा
नाजी नियन्त्रणको दायरा
फराकिलो हुँदै गएपछि १९३७
मा कन्फेसिङ चर्चका सेमिनारीहरू
बन्द गरिए ।
बोनहफरको लागि परिस्थिति
झन्झन् जटिल हुँदै
गइरहेको थियो ।
हिटलरद्वारा गिरफ्तार हुने डरले
१९३९ मा तिनी
अमेरिका प्रस्थान गरे ।
तर २ वर्ष
पनि बित्न नपाउँदै
आफ्नो पवित्र वासस्थान
छाडेकोमा तिनलाई पछुताउ भयो
र तिनी जर्मनीमा
नै फर्के ।
बोनहफर
हिंसाको विरुद्धमा भए तापनि
दोस्रो विश्वयुद्धको अन्धकारपूर्ण घडीमा तिनले आफ्नो
अडानमाथि प्रश्न तेर्साउन थाले
। हिटलरको जस्तो
तानाशाही शासनको विरुद्धमा हिंसापूर्ण
विरोधको खाँचो देखे तिनले
। परिणाम स्वरूप
१९४३ अप्रिलमा तिनी
पक्राउमा परे ।
तिनलाई साँढे एक वर्षसम्म
तेगेल
मिलिटरी
झ्यालखानामा कैद
गरियो । त्यहाँ
पनि तिनले आफ्नो
लेखनलाई जारी राखे
। तिनीमाथि सहानुभूति
देखाउने पहरेदारहरूमार्फत तिनका रचनाहरू बाहिर
ल्याइन्थे । नाजी
शासन ढल्दै गर्दा
९ अफ्रिल १९४५
मा तिनलाई मृत्युदण्ड
दिइयो ।
बोनहफर
आफूले प्रचार गरेअनुसार
जिउँथे । तिनको
सहादत र तानाशाही
नाजी शासनको विरुद्धमा
तिनको बुलन्द आवाजले
अमेरिका, युरोप र दक्षिण
अफ्रिकामा व्यापक प्रभाव पारे
। परमेश्वरमा समर्पित
बोनहफर सहिद भएर
यस धरतीबाट बिदा
भएर गए ।
तिनको मृत्युदण्डको साक्षी
बनेका एक जना
डाक्टरले पछि लेखेका
थिए:
मैले
पास्टर बोनहफरलाई ... भुइँमा घुँडा टेकी
जोसकासाथ परमेश्वरलाई प्रार्थना चढाइरहेको
देखेँ । यी
मायालाग्दा मानिसले प्रार्थना गरेको
देख्दा मेरो ह्दय
छोयो । ... मैले
डाक्टरको रूपमा झण्डै पचास
वर्षसम्म काम गर्दा
मैले परमेश्वरको इच्छाप्रति
पूर्णत: अधीनस्थ भएर मरेको
मानिसलाई मुश्किलैले देखेको छु
।