घटना
१ जनवरी २०११
को हो ।
मिश्रको दोस्रो सर्वाधिक ठुलो
सहर अलेक्ज्यान्ड्रियास्थित एउटा
मण्डलीबाट ख्रीष्टियान आराधकहरू नयाँ
वर्षको सेवा सकेर
बाहिरिने क्रममा आत्मघाती बम
हमला भयो ।
आक्रमणमा परेर २३
जना ख्रीष्टियानहरूले ज्यान
गुमाए भने ९७
जना घाइते भए
। केही दिनपश्चात्
मिश्रकै अर्को सहर नाग
हमादीमा भएको आक्रमणमा
७ जना ख्रीष्टियानले
ज्यान गुमाएका थिए
। तर यस्ता
घटनाहरूका बाबजुत पनि सरकारको
विरुद्धमा भएको मिश्री
दङ्गाहरूका बिचमा एउटा उदेकको
दृश्य देखा परेको
थियो ।
मिश्रका
सेना र प्रहरीहरू
जताततै छरिएर रहेका थिए
। केहीलाई मारिएको
थियो भने कैयौँलाई
कुटिएको थियो ।
मुसलमानहरूको प्रार्थना गर्ने समय
आयो । मुसलमानहरूले
प्रार्थनाको लागि घुँडा
टेक्दा तिनीहरूका अनुहार जमिनमा
थिए । यस्तो
परिस्थितिमा सरकारी सेनाले तिनीहरूमाथि
आक्रमण गर्ने प्रबल सम्भावना
थियो किनकि सेना
घाइते बाघजस्तो बनिरहेका
थिए ।
नाटकीय
रूपमा ख्रीष्टियानहरू प्रार्थना
गरिरहेका मुसलमानहरूको वरिपरि झुम्मिए ।
ख्रीष्टियानहरूले एकले अर्काको
हात समाई तिनीहरूले
प्रार्थना गरिरहेका मुसलमानहरूको चारैतिर
खडा भई तिनीहरूलाई
पहरा दिए ।
ती
मुसलमानहरू ख्रीष्टियानहरूका शत्रु थिए होलान्
र तिनीहरूले ख्रीष्टियानहरूलाई
हानि पुर्याएका थिए होलान्
। तर ख्रीष्टियानहरूले
बदला लिन चाहेनन्
। तिनहरूले ती
मुसलमानहरूको कुभलो चाहेनन् ।
त्यस दृश्यलाई ट्विटरमा
पोस्ट गर्दै एक
जना पत्रकारले यसरी
लेखेका थिए, “स्मरण रहोस्,
यो चित्र अलेक्ज्यान्ड्रियामा
बम हमला भएको
एक महिना पछाडि
लिइएको थियो जुन
हमलामा धेरै ख्रीष्टियानहरूले
व्यर्थैमा ज्यान गुमाएका थिए
।”
सायद
प्रार्थना गर्ने मुसलमानहरूमध्ये केही
आत्मघाती बम हमलादेखि
अत्यन्तै रमाएका थिए ।
सायद कसैले त्यसो
गर्न सर सल्लाह
पनि दिए होलान्
। तर ख्रीष्टियानहरूले
न्यायलाई आफ्नो हातमा नलिई
परमेश्वरमा सुम्पिदिए । ती
ख्रीष्टियानहरूले बाइबलको वचनलाई पालन
गर्दै थिए, “प्रिय
हो, आफैले कहिल्यै
बदला नलेओ, तर
परमेश्वरको क्रोधमा छाडिदेओ ।
किनभने लेखिएको छ, ‘बदला
लिने काम मेरो
हो, म नै
बदला लिनेछु,’ परमप्रभु
भन्नुहुन्छ” (रोमी १२:१९) ।