menu bar

Thursday, June 9, 2016

सर्वश्रेष्ठ सुसमाचार प्रचारक ग्राहमले यसरी येशूलाई अङ्गालेका थिए



तिनलाई बप्तिस्मा दिइएको थियो तिनी हरेक हप्ता मण्डलीमा जान्थे तिनको परिवारका सदस्यहरू एकै ठाउँमा भेला भएर बाइबल पढ्ने प्रार्थना गर्ने गर्थे तिनी आफ्नो मण्डलीको युवा सङ्गतिका उपाध्यक्ष थिए तरै पनि तिनी आत्मिक रूपमा मृत थिए तिनको रुचि अन्तैतिर थियो: तिनी पेसेवार बेसबल खेलाडी बन्न चाहन्थे

यो ख्रीष्टाब्द १९३४ सालको कुरो हो जुन बेला तिनी आफ्नो किशोर अवस्थामा थिए मोर्दकै हाम नाउँ गरेका प्रचारक तिनकै सहरमा प्रचार गर्न आए त्यो एक दिने प्रवचनको कार्यक्रम थिएन तर ११ हप्ते क्रुसेड थियो केही हप्ता बितेपछि ती किशोर उक्त क्रुसेडमा उपस्थित हुन उत्सुक भए तिनको रुचि बढ्दै गयो प्रचारकद्वारा तोडिएका प्रवचनहरूलाई तिनले मेहनतसाथ टिपोट गर्न थाले तिनी पापी थिए तिनले येशू ख्रीष्टलाई राम्ररी चिनेका थिएनन् भन्ने कुरोमा तिनी विश्वस्त हुन लागे तिनले लिएको बप्तिस्मा मण्डलीमा भएको नियमित उपस्थितिले तिनलाई बचाउँथे भनी तिनले महसुस गर्न लागे

हरेक सेवामा प्रचारक हामले मानिसहरूलाई अगाडि आई येशूलाई स्वीकार गर्न निमन्त्रणा दिन्थे ती किशोरको सोर्हौँ जन्मदिनभन्दा ठिक दिनअगि अर्थात् नोभेम्बर १९३४ का दिन तिनले निमन्त्रणालाई स्वीकार गरे त्यस विशेष साँझमा डाक्टर हामले आफ्नो प्रवचन सके अनि येशूलाई स्वीकार गर्न निमन्त्रणा दिए पापको विरुद्धमा उर्लेपछि वक्ताले स्रोतागणको सामु परमेश्वरको प्रेमलाई झल्काउने वचनलाई पनि व्यक्त गरे, “तर परमेश्वरले हाम्रा निम्ति उहाँको प्रेम यसैमा देखाउनुहुन्छ, कि हामी पापी छँदै ख्रीष्ट हाम्रा निम्ति मर्नुभयो” (रोमी :) सङ्गीत झुण्डको अगुवालेजस्तै छु” (ख्रीष्टीय भजन ३३७) भजनलाई अगुवाइ गरे त्यसपछि अर्को भजन (विश्वासको लागि झण्डै विश्वस्त पारिएको) गाइयो दोस्रो भजनको अन्तिम श्लोक गाइरहँदा ती किशोर अगाडि बढे अगाडि बढ्दै गर्दा तिनका पाउमा सिसाको भारी लादिएको महसुस भएको थियो तिनलाई त्यस रात तिनले आफ्ना पापको पश्चात्ताप गरे अनि ख्रीष्टलाई आफ्नो ह्दयमा निमन्त्रणा दिए तिनले शान्तिको महसुस गरे आफू नयाँ मान्छे भएकोमा निश्चिन्त भए तिनले नयाँ जन्म पाए को थिए ती किशोर ? बिल्ली ग्राहम

नोभेम्बर १९१८ मा अमेरिकामा जन्मेका बिल्ली ग्राहम इतिहासमा सबैभन्दा बेसी मानिसहरूलाई सुसमाचार सुनाउने परमेश्वरका महान् दास हुन् तिनले जीवनमा दुई अरबभन्दा बेसी मानिसहरूलाई सुसमाचार सुनाएका छन् तिनको सुसमाचार सुनेर झण्डै ३२ लाख मानिसहरूले येशूलाई व्यक्तिगत प्रभु मुक्तिदाताको रूपमा स्वीकार गरेका छन् संसारका १८५ ओटा राष्ट्रका मानिसहरूले तिनको सन्देशलाई सुन्ने मौका पाएका छन्

       

Leave Your Comments Here.