विख्यात
फ्रान्सेली साहित्यकार, इतिहासकार, दार्शनिकसाथै
सन्देहवादी भोल्टेयरको जन्म ख्रीष्टाब्द
१६९४ मा भएको
थियो । तिनको
विशेषता भनेको बुद्धिको चमक
र कलमको चहक
थियो । फ्रान्समा
तिनलाई भगवानसरह मानिन्थ्यो ।
भिक्टर हयूगोले तिनको बारेमा
भनेका थिए, “भोल्टेयरको
नाम लिनु भनेको
पूरा अठारौँ शताब्दीको
वर्णन गर्नु हो
।”1 प्रचुर प्रतिभाका धनी
भोल्टेयरले ख्रीष्टिय–मतको विरुद्धमा
यसरी हाँक दिएका
थिए, “यस ख्रीष्टियान
धर्मलाई बार्ह जना
बुद्धू मछुवाहरूले स्थापित गरे,
अब एउटै फ्रान्सवासी
(भोल्टेयर) ले यसलाई
ध्वंस पार्न सक्छु
भन्ने कुरा म
संसारलाई देखाइदिनेछु ।”2 अठारौँ
शताब्दीमा तिनले यो पनि
भविष्यवाणी गरेका थिए कि
तिनको समयबाट एक
सय वर्षमा ख्रीष्टिय–मत अस्तित्ववीहिन
भई इतिहासमा मात्र
सीमित रहनेछ ।
ख्रीष्टिय–मतलाई ध्वंस गर्ने
संकल्प गरेका भोल्टेयरको विषयमा
डा. जोन आर्.
राइस भन्छन्, “ख्रीष्टियान
धर्म मेटिने किसिमको
हुँदो हो ता
मेट्नलाई योग्य व्यक्ति भोल्टेयर
नै थिए ।”3 तर इतिहासले
तिनको भविष्यवाणी पूरा
गरेन । तिनको
मृत्युको पच्चीस वर्षपछि ब्रिटिश एण्ड फोरेन
बाइबल
सोसाइटिको स्थापना
गरियो र यसको
स्थापनाको सय वर्षमा
२२,९०,००,००० बाइबल
छाप्ने घोषणा गरियो ।
जुन घरमा बसेर
तिनले ख्रीष्टिय–मत
इतिहासमा मात्र सीमित हुनेछ
भनी भविष्यवाणी गरेका
थिए त्यही घर
नै तिनको मृत्युको
पचास वर्षपछि जेनेभा
बाइबल सोसाइटिको बाइबल
राख्ने भवन बन्यो,
जहाँबाट यूरोपभरि नै प्रचुर
मात्रामा बाइबल वितरण गरिए
। जुन छापाखाना
प्रयोग गरेर तिनले
ख्रीष्टियान धर्मको विरुद्धमा लेखिएका
साहित्यहरू छापेका थिए त्यही
नै छापाखानाबाट अनगिन्ती
बाइबल छापिए ।
खीष्टिय–मतको विरुद्धमा
यस्तो चुनौती दिने
व्यक्तिले मृत्यु शैयामा पश्चात्ताप
गर्दै पटक–पटक
येशू ख्रीष्टलाई सम्झी ३०
मे १७७८ मा
यस संसारबाट विदा
भएका थिए ।
बाइबलको प्रचार–प्रसारलाई रोक्न
खोज्नु भनेको सूर्यलाई हत्केलाले
छेक्नुजस्तै हो ।
ख्रीष्टाब्द
३०४ मा प्रोफाइरी
नाम गरेको एक
ग्रीक लेखकले बाइबलको
विश्वसनीयतालाई नष्ट गर्ने
प्रयास गरे ।
त्यसको लागि बाइबल
र ख्रीष्टियान धर्मको
विरुद्धमा तिनले पन्ध्र ओटा
पुस्तक लेखे ।
तर के तिनी
सफल भए त
? कदापि भएनन् । बाइबलको
प्रचार–प्रसार झन–झन
बढ्दै गयो ।
तर के तिनले
लेखेका पन्ध्र ओटा पुस्तकको
नाम कसैले बताउन
सक्छ ? के कसैले
एउटा पुस्तकको नाम
भन्न सक्छ ? आज
बाइबल र ख्रीष्टियान
धर्मको नाम नसुन्ने
कमै होलान तर
तिनी र तिनको
पुस्तकको नाम नसुन्ने
अनगिन्ती छन् ।
अर्को व्यक्ति छन्
जसको नाम हो
लुसियन । तिनी
एक ग्रीक व्यङ्ग्यकार
थिए । तिनले
बाइबललाई उपहासमा उडाउनको लागि
दोस्रो शताब्दीमा दुइओटा पुस्तक
लेखे । ती
पुस्तकका नाम हुन्
– देवताहरूका
संवाद र मृतकहरूका संवाद
। यी दुवै
पुस्तकहरू तपाईंको व्यक्तिगत पुस्तकालयमा
सम्भवत: नपाइएला तर तपाईंको
घरको कुनै कुनामा
बाइबल भने अवश्य
होला । तिनीहरूले
बाइबललाई आक्रमण गर्नुको सट्टा
बाइबललाई पढिदिएको भए तिनीहरूले
आÏनो थुप्रै
समय बचाउन सक्थे
र सम्भवत: बाइबलको
विरुद्धमा लेख्ने साहस गर्ने
थिएनन् ।
ख्रीष्टाब्द
३०३ मा रोमी
सम्राट डायोक्लिसनले बाइबलको प्रत्येक प्रति
नष्ट गरिनुपर्छ भन्ने
उर्दी निकाले ।
तिनले धेरै ख्रीष्टियानहरूलाई
मारे, धेरै बाइबलहरू
नष्ट गरे ।
केही समयको लागि
ख्रीष्टियानहरू मौन रही
लुकी बसे ।
तिनले एउटा पदक
निकाले जसमा यस्तो
खोपिएको थियो, “ख्रीष्टियान धर्म
नष्ट गरिएको छ
र देवीदेवताहरूको पूजा
पुर्नस्थापना गरिएको छ ।”
केही वर्षपछि कन्स्टान्टीन
रोमको सम्राट बने
र डायोक्लिसनको उर्दीको
पच्चीस वर्षपछि कन्स्टान्टीनले सरकारी
खर्चमा पचासप्रति बाइबल निकालिनुपर्छ
भनी उर्दी निकाले
। डायोक्लिसनले वास्तवमै
गलत लेखोट निकालेका
रहेछन् ।
नास्तिकवादी
रोबर्ट इङ्गरसोलले एकपटक यस्तो
अभिव्यक्ति दिएर घमण्ड
गरेका थिए, “पन्ध्र
वर्ष भित्रमा म
बाइबललाई मुर्दा घरमा पुर्याइदिनेछु
।”4 कस्तो अचम्म ! पन्ध्र
वर्ष भित्रमा इङ्गरसोल
मुर्दा घरमा लगिए
तर बाइबल सधैँ
बाँचिरहेको छ ।
बाइबलको
भोग्नुपरेको सतावटको विषयमा एच्.
एल्. हेस्टिङ्ग्स् लेख्छन्,
“नास्तिकहरूले अठार शताब्दीसम्म
यस पुस्तक [बाइबल]
लाई खण्डन गर्दै
र गिराउँदै आएका
छन् तर आजसम्म
पनि यो चट्टानझैँ
स्थिर रहेको छ
। यसको प्रचार–प्रसार बढ्दो छ,
र पहिलेभन्दा बढी
आज यसलाई प्रेम
गरिन्छ, पोषण गरिन्छ
र पढिन्छ ।
... यदि यो पुस्तक
परमेश्वरको पुस्तक नभएको भए,
धेरै पहिले नै
मानिसहरूले यसलाई नष्ट गरिसक्ने
थिए । सम्राटहरू
र पोपहरू, राजाहरू
र पूजाहारीहरू, राजकुमारहरू
र शासकहरू सबैले
नै यसलाई नष्ट
गर्ने प्रयास गरेका
छन्, तर तिनीहरू
मर्छन् तर बाइबल
आजपर्यन्त जीवित छ ।”5 पिङ्क उही कुरा
लेख्छन्, “दुइ हजार
वर्षसम्म बाइबलप्रति भएको मानिसको
घृणा दृढ, निर्णीत,
निष्ठुर र घातक
छ । बाइबलको
प्रेरणा र अधिकारमाथि
भएको विश्वासलाई कमजोर
पार्नको लागि हरेक
सम्भाव्य प्रयास गरिएको छ
र यसको विस्मृतीको
लागि अनगिन्ती हिम्मतहरू
गरिए । बाइबलको
प्रत्येक प्रति नष्ट गरिनुपर्छ
भन्ने सम्राटका उर्दीहरू
निकालिए र परमेश्वरको
वचनलाई निर्मूल पार्न जब
त्यो असफल भयो
तब धर्मशास्त्र भएको
प्रत्येक व्यक्ति मारिनुपर्छ भन्ने
आज्ञाहरू निकालिए ।”6
बाइबलले जतिसुकै खेदो सहनु
परे पनि बाइबलप्रति
भएको मानिसहरूको प्रेमलाई
बर्नाड र्याम लेख्छन्,
“[बाइबललाई जस्तै]
अरू कुनै पुस्तकलाई
टुक्रा–टुक्रा पारिएको छैन,
चक्कू रोपिएको छैन,
छानिएको छैन, जाँचपडताल
गरिएको छैन, निन्दा
गरिएको छैन ।
... [तथापि]
बाइबललाई अझै दशौँ
लाखले प्रेम गर्छन्,
दशौँ लाखले पढ्छन्
र दशौँ लाखले
अध्ययन गर्छन् ।”7
सुधारवादको
समयमा जब बाइबललाई
मातृभाषामा अनुवाद गरियो, साधारण
मानिसहरू बाइबलको अर्थ खोल्न
असक्षम हुन्छन् भन्ने कारणलाई
आधार बनाएर रोमन
क्याथोलिक मण्डलीले तिनीहरूलाई बाइबल
पढ्नमा कडा रोक
लगायो । बाइबल
पढ्नको लागि अनुमति
लिनुपथ्र्यो । अनुमति
पाए पनि आफैले
त्यसको अर्थ खोल्न
नपाउने शर्त राखिन्थ्यो
। ख्रीष्ट येशूका
अनुयायीहरू भएकाले र बाइबलमाथिको
भरोसाकै कारणले धेरैले ज्यान
गुमाए । नेउम्यान
बताउँछन्, “अंग्रेजी बाइबललाई उन्मूलन
गर्नको लागि रोमानाइजर्सहरूद्वारा
कडा प्रयास गरिए
। ख्रीष्टाब्द १५४३
मा राजकीय अनुमतिविना
सभामा धर्मशास्त्र पढ्न
नपाइने र टेन्डेलको
संस्करणको प्रयोग पूर्णत: निषेध
गर्नुपर्ने घोषणा गरियो ।”8 प्रथमत: टेन्डेलको बाइबललाई
छाप्न निषेध गरियो
। तर अन्त्यमा
तिनले वर्मस्मा जब
नयाँ नियमलाई छापे,
तिनले लुकाएर व्यापारीका
सन्दूकहरूमा राखेर जहाजद्वारा ती
इङ्गल्याण्डमा पुर्याए ।
जब ती इङ्गल्याण्डमा
पुर्याइए,
पादरीहरूको अधिकारद्वारा ती किनिए
अनि लण्डन, अक्सफोर्ड
र आन्टवेर्पमा ती
जलाइए । ख्रीष्टाब्द
१५२५–१५२८ मा
छापिएका अनुमानित १८,०००
प्रतिहरूमध्ये केवल दुईओटा
बाँकी छन् ।
संसारको
इतिहासमा बाइबलले सबैभन्दा बढी
सतावट भोग्नु परे
तापनि यसले आज
व्यक्ति, परिवार, समाज, प्रान्त
र राष्ट्रलाई गलत
मार्गबाट फर्काई असल मार्गमा
डोर्याएको
छ । इतिहासमा
बाइबलको उन्मूलन भएको भए
संसारले आज यो
सभ्यता देख्न सक्दैनथ्यो भन्दा
अत्युक्ति नहोला । यदि
बाइबलमा मानवीय हात मात्र
समावेश हुँदो हो ता,
नि:सन्देह आज
तपाईं र मेरो
हातमा बाइबल हुने
थिएन । यो
शताब्दीमा बाइबलको उपलब्धता यसमा
भएको ईश्वरीय हातको
संकेत हो ।
तसर्थ, यसलाई नष्ट गर्न
खोज्नेहरू अवश्य हुन्छन् तर
यसलाई कसैले कहिल्यै
नष्ट गर्न सक्दैन
। येशू ख्रीष्टको
भनाइ वास्तवमै कति
सत्य छ, “स्वर्ग
र पृथ्वी बितिजानेछ,
तर मेरा वचन
कहिल्यै बित्नेछैनन् ।”9
सन्दर्भ स्रोतहरू:
1. भीमराना ‘जिज्ञासु’,
भोल्टेयर
(नव
युवा
मासिक,
पूर्णाङ्क
१३१),
पृ.सं.
४९
2. दानियल राई,
हिमालझैँ अचल–सत्य यो अपार
(कालिपौंग,
रेलीरोड:
सिस्टम्याटिक
कम्प्युटराइज्ड
अफसेट
प्रिन्टर्स,
२००३),
पृ.सं.
६४
3. आइबिड २
4. Quoted by David Cloud, Give
Attendance to Doctrine (Port Huron: Way of Life Literature, 2005),
p.39
5. H.L. Hastings, quoted by Josh McDowell, The New Evidence That Demands a Verdict (Nashville: Thomas
Nelson Publishers, 1999), p.11
6. Arthur W. Pink, quoted by Henry Clarence Thiessen, Introductory Lectures in Systematic
Theology (Grand Rapids: Wm. B. Eerdmans Publishing Company, 1977),
p.83
7. Bernard Ramm, quoted by Josh McDowell, The New Evidence That Demands a Verdict (Nashville: Thomas
Nelson Publishers, 1999), p.11
8. A.H. Newman, quoted by Henry Clarence
Thiessen, Introductory Lectures in
Systematic Theology (Grand Rapids: Wm. B. Eerdmans Publishing Company,
1977), p.83
9. मर्कूस १३:३१
(नोट:
कमल
अधिकारीद्वारा
लिखित
बाइबल, विज्ञान र परमेश्वरबाट
साभार)