menu bar

Tuesday, June 21, 2016

भिन्सीको विश्वप्रसिद्ध चित्र प्रभु–भोज पछाडि लुकेको शिक्षामूलक कहानी



लिओनार्दो दा भिन्सी बहुप्रतिभाशाली व्यक्तित्व थिए ख्रीष्टाब्द १४५२ मा फ्लोरेन्स (वर्तमान इटालीमा पर्ने) मा जन्मेका भिन्सी चित्रकार, अन्वेषक, कालिगड, वैज्ञानिक, सङ्गीतकार, गणितज्ञ आदि थिए तिनी मानव इतिहासका महानतम चित्रकारहरूको सूचीमा पर्छन् तिनका चित्रहरूमध्ये मोनालिसा सर्वाधिक प्रसिद्ध

भिन्सीका विश्वचर्चित चित्रहरूको सूचीमा पर्ने अर्को एउटा चित्र पनि जसलाई प्रभुभोजको नाउँले चिनिन्छ यसमा येशूले आफ्ना १२ जना चेलाहरूसँग अन्तिम भोज खान लाग्नुभएको दृश्यलाई चित्रमा उतारिएको (यूहन्ना १३:२१) लगभग १४९५ मा बनाउन सुरु गरिएको यस चित्रको पछाडि एउटा रोचकसाथै शिक्षामूलक कहानी पनि लुकेको

भिन्सीले यस चित्रको आरम्भ गर्नुअगि तिनका एक जना चित्रकार दौँतरीसित तिनको भनाभन भएको थियो आफ्ना मित्रदेखि तिनी यति धेरै रिसाएका थिए कि तिनले यहूदा इस्करियोतको अनुहारको प्रतिनिधित्व गर्न तिनले आफ्ना मित्रको अनुहार बनाउने निधो गरे यसो गरेर तिनले बदला लिन खोजेका थिए ताकि आगामी पुस्ताहरूमा तिनको अनुहारले कुख्याति कमाएको होस् तिनले पहिले इस्करियोतको अनुहारलाई नै बनाएर सिद्धयाए त्यो अनुहार भिन्सीसित झगडा गर्ने मित्रको अनुहार थियो भनी प्रस्ट थियो

तर भिन्सीले येशूको अनुहार बनाउन लाग्दा तिनी अगाडि बढ्नै सकेनन् लाग्थ्यो, तिनलाई केही कुरोले बेचैन बनाइरहेको थियो तिनका प्रयासहरू व्यर्थ बन्दै थिए तिनलाई बेचैन तुल्याइरहेको कुरो अरू केही नभएर इस्करियोतको अनुहारमा तिनले आफ्नो मित्रको अनुहार हाल्नु नै थियो भन्ने निष्कर्षमा पुगे तिनी तिनले इस्करियोतको अनुहारलाई मेटेपछि तिनी अगाडि बढ्न सके तिनले चित्रलाई सम्पन्न गरे जुन संसारका प्रसिद्ध चित्रहरूमा गनिएको

Leave Your Comments Here.