इम्मानुएल
कान्ट जर्मनीका दार्शनिक
थिए जसलाई आधुनिक
दर्शनशास्त्रको मुख्य व्यक्तित्वको रूपमा
आदर गरिन्छ ।
पराभौतिक शास्त्र, ज्ञानशास्त्र, नीतिशास्त्र,
राजनीति शास्त्रजस्ता क्षेत्रहरूमा तिनका विचारहरूले आज
पनि व्यापक प्रभाव
पारिरहेका छन् ।
कान्टको
साँझमा हिँड्ने आदत थियो
। त्यसरी हिँड्दा
तिनी मनन गर्थे
र विचार गर्थे
। एक पटक
तिनी कुनै एउटा
बगैँचामा बसिरहेका थिए ।
तिनी एकै ठाउँमा
धेरै घण्टासम्म बसिरहेको
देखेर एक जना
प्रहरीलाई शङ्का लाग्यो ।
ती प्रहरी तिनीकहाँ
आएर तिनलाई प्रश्न
गरे, “तपाईं के
गर्दै हुनुहुन्छ ?”
दार्शनिकको
जवाफ थियो, “म
सोच्दै छु ।”
प्रहरीले
पुन: सोधे, “तपाईं
को हुनुहुन्छ ?”
कान्टले
जवाफ दिए, “‘म
को हुँ’ भन्ने
विषय नै समस्या
हो जसको बारेमा
म सोचिरहेको छु
।”
यी
तिनै दार्शनिक कान्ट
थिए जसले जीवनलाई
चार ओटा आधारभूत
प्रश्नमा छोट्टयाउन सकिन्छ भनी
व्यक्त गरेका थिए:
- म के जान्न सक्छु ?
- मैले के जान्नैपर्छ ?
- मैले के आशा गर्न सक्छु ?
- मानिस के हो अर्थात् म को हुँ ?
बाइबलअनुसार मानिस परमेश्वरको स्वरूपमा सृजित सर्वश्रेष्ठ प्राणी हो, “यसैकारण परमेश्वरले मानिसलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो । परमेश्वरकै प्रतिरूपमा उहाँले तिनलाई सृष्टि गर्नुभयो नर र नारी नै गरी उहाँले तिनीहरूलाई सृष्टि गर्नुभयो” (उत्पत्ति १:२७) ।