क्यानडाको
ओन्टारिओ प्रान्तको दक्षिणपट्टि पर्ने
पोर्ट होप नामक
नगरपालिकामा एउटा स्मारक
खडा छ । यो स्मारक
कुनै राजनीतिज्ञको सम्मानस्वरूप
स्थापित गरिएको होइन न
त यो कुनै
युद्धको नायकको निम्ति हो
। यो एक
जना गरिब मानिसको
निम्ति निर्माण गरिएको स्मारक
हो जसले आफ्नो
जीवन अरूको निम्ति
जिए । तिनको
नाउँ हो, जोसेफ
स्क्रिभन ।
ख्रीष्टाब्द
१८१९ मा जासेफको
जन्म आएरल्यान्डमा भएको
थियो । उच्च
विचार भएका जोसेफमा
महान् नागरिक बन्ने
खुबी थियो ।
तिनी जवान छँदा
एक जना सुन्दरी
स्त्रीसित तिनको मगनी भयो
। तर बिहे
हुनुभन्दा अगिल्लो साँझ पानीको
तलाउबाट तिनकी मगेतरको मृत
शरीर निकालियो ।
संयोगवश तलाउमा खसेर उनको
निधन हुन पुगेको
रहेछ ।
जोसेफले
त्यस अनपेक्षित आघातमाथि
कहिल्यै विजय हासिल
गर्न सकेनन् ।
तिनले कलेजको पढाइ
सिध्याइसकेका थिए र
तिनले उत्कृष्ट पेसा
अङ्गाल्न सक्ने भए तापनि
आफ्नो पीडाको जालोबाट
उम्कन तिनी भौतारिन
थाले । अन्तत:
२५ वर्षको उमेरमा
तिनी क्यानडा पुगे
जहाँ तिनले ४१
वर्ष बिताए ।
यही समयमा तिनी
एक भक्त ख्रीष्टियान
बने ।
जोसेफले
येशू ख्रीष्टमा नयाँ
जीवन पाएपछि तिनले
गरिब विधवा र
बिरामीहरूको हेरचाह गर्न लागे
। वास्तवमा तिनले
धेरैजसो समय सित्तैँमा
सेवा गर्थे ।
तर तिनमा एउटा
गोप्य खुबी पनि
थियो अर्थात् तिनी
कवि थिए ।
तिनको यो क्षमताबारे
अरू कसैलाई थाहा
थिएन किनकि तिनले
यसलाई सार्वजनिक गरेका
थिएनन् ।
तर
१० अगस्ट १८८६
मा जोसेफको निधन
हुनुभन्दाअगि तिनका एक जना
मित्र तिनीसितै बसेका
थिए जुन बेला
जोसेफ बिरामी परेका
थिए । जोसेफका
मित्रले जोसेफद्वारा लिखित एउटा
कविता फेला पारे
जुन तिनले शोकको
घडीमा आफ्नी आमालाई
लेखेका थिए ।
पछि उक्त कवितामा
सङ्गीत भरियो र त्यो
मनपर्ने भजनमा गनियो ।
नेपाली भाषा (ख्रीष्टीय भजन,
३९७) मा पनि
अनूदित यस भजनको
पहिलो श्लोकमा लेखिएको
छ:
येशू
कस्तो प्यारो मित्र
पापको भार उठाउनुभो’
दु:ख–सुख
ईश्वरकहाँ ल्याउनु हामीलाई वरदान
कत्रो ?
कति
शान्ति–सुख गुमाउँछौँ,
कति दु:ख
छ व्यर्थैमा ?
कारण
ईश्वरकहाँ हामी सब
ल्याउँदैनौँ प्रार्थनामा ।