हाम्रा
प्रभु येशूलाई टाँगिएको
क्रूसको दोष–पत्रमा
वास्तवमा के लेखिएको
थियो भन्ने सम्बन्धमा
बाइबल आलोचकहरूले धेरै
पहिलेदेखि नै प्रश्न
गर्दै आएका छन्
। त्यहाँ एउटै
कुरो लेखिएको हुनुपर्ने
हो । तर
चार ओटा सुसमाचारलाई
पढ्दा हामी बेग्लाबेग्लै
शब्दहरू लेखिएको पाउँछौँ ।
- मत्ती— “येशू, यहूदीहरूको राजा” (२७:३७) ।
- मर्कूस— “यहूदीहरूका राजा” (१५:२६) ।
- लूका— “यो यहूदीहरूको राजा हो” (२३:३८) ।
- यूहन्ना— “नासरतको येशू, यहूदीहरूको राजा” (१९:१९) ।
यहूदीहरूका राजा[1] भन्ने वाक्यांश चार ओटै सुसमाचारमा पाइन्छ । किन चार ओटा सुसमाचारमा फरक–फरक शब्दहरू लेखिए त भन्ने प्रश्नको उत्तर यूहन्नाको सुसमाचारमा उपलब्ध कथनमा पाइन्छ, “अब धेरै यहूदीहरूले यो दोष–पत्र पढे, किनभने येशू क्रूसमा टाँगिनुभएको ठाउँ शहरको नजीकै थियो । यो हिब्रू, ल्याटिन र ग्रीक भाषामा लेखिएको थियो” (१९:२०) । क्रूसमा कम्तीमा पनि तिन ओटा बेग्ला–बेग्लै भाषामा लेखिएको दोष–पत्र टाँगिएको थियो । यसबाट हामी प्रस्ट हुन सक्छौँ कि प्रत्येक सुसमाचारिय लेखकले पूर्णताको केही अंशलाई मात्र उल्लेख गरेका छन् । दोष–पत्रको पूर्ण कथन यस्तो भएको हुन सक्छ, “यो नासरतको येशू, यहूदीहरूका राजा हो ।” यस अर्थमा प्रत्येक सुसमाचारले अत्यावश्यक भाग (यहूदीहरूका राजा) लाई उल्लेख गरेका छन् । तर कुनै पनि सुसमाचारले पूर्ण भागलाई अभिलिखित गरेको छैन । यो त्रुटि होइन, न त अन्तर्विरोध नै । बरु चार ओटै भागलाई जोडेर हेर्दा थप जानकारीचाहिँ मिल्छ ।