यहाँ
उल्लिखित ख्रीष्टियान शब्दले
त्यो व्यक्तिलाई जनाउँछ
जसले येशू ख्रीष्टलाई
क्रूसमा चढ्नुहुने मुक्तिदाता र
पुनरुत्थान हुनुभएका प्रभुको रूपमा
अङ्गालेको छ र
ऊ हरेक दिन
उहाँको पाइलामा हिँड्ने कोसिस
गर्दछ । इतिहासभरि
ख्रीष्टियान शब्दलाई विभिन्न अर्थमा
प्रयोग गरिएको तथ्यबारे यस
पङ्क्तिकार सावधान छ । त्यसैले यहाँ यसको
परिभाषाको खाँचो परेको हो
।
१.
ख्रीष्टविना म मेरो
जीवनमा कुनै अर्थ
देख्दिनँ न त
यसको कुनै उद्देश्य
नै देख्दछु ।
उहाँले मेरो जीवनमा
उद्देश्य देखाइदिनुभएको छ ।
२.
मैले येशूमाथि विश्वास
नगर्ने कोसिस नगरेको होइन
। तर मैले
त्यसो गर्न सकिनँ
। सायद यही
कारणले गर्दा आदि ख्रीष्टियानहरूलाई
“विश्वासीहरू” भनियो । हामी
केही कुराहरूमाथि विश्वास
गर्दछौँ जसलाई स्वाभाविक रूपमा
व्याख्या गर्न सकिँदैन
। मेरो जीवनको
मार्गमा मैले विभिन्न
आशङ्काहरूसित जुध्नु परेको छ
र किन परमेश्वरले
केही कुराहरू हुन
दिनुहुन्छ र केही
हुन दिनुहुन्नँ भन्ने
विषयमा मैले प्रश्न
गरेको छु ।
३.
सुसमाचारिय विवरणहरू (नयाँ करारका
चार ओटा पुस्तकहरू
जहाँ ख्रीष्टियमतका संस्थापक
येशूको जीवनी पाइन्छ) लाई
सफलतापूर्वक खण्डन गरिएको मैले
कहिल्यै देखेको छैनँ ।
इतिहासमा सुसमाचारका विवरणहरूलाई झुटो
साबित गर्न खोज्ने
हरेक समालोचनात्मक विश्लेषण
होसियार जाँचपडताल र विद्वतापूर्ण
अध्ययनमा महत्त्वहीन प्रमाणित ठहरिएका
छन् । सुसमाचारहरू
खरो जाँचमा खडा
भएका छन् ।
४.
येशूको पुनरुत्थानलाई सफलतापूर्वक खण्डन गरिएको
मैले कहिल्यै देखेको
छैनँ । सारा
ऐतिहासिक विवरणबारे गरिएको होसियार
अध्ययनमुताबिक उहाँको पुनरुत्थानलाई स्वीकार
गर्नभन्दा इन्कार गर्न बढी
विश्वास चाहिन्छ । उहाँको
पुनरुत्थानको लागि दरिला
ऐतिहासिक साक्षीहरू छन् ।
५.
नासरतका येशूले आफू जो
हुँ भनी दाबी
गर्नुभयो (मसीह वा
जीवत परमेश्वरका पुत्र)
यदि उहाँ त्यो
हुनुहुन्न भने मलाई
उहाँको जीवनको कुनै अर्थ
लाग्दैन । विश्वको
इतिहासमा येशूले जुन किसिमको
प्रभाव पार्नुभएको छ त्यस्तो
प्रभाव अन्य कुनै
मानिसले पारेको छैन ।
कुनै पनि गम्भीर
इतिहासकारले नासरतको येशूको ऐतिहासिकतालाई
इन्कार गर्दैन । जुलियस
कैसरसाथै अन्य थुप्रै
ऐतिहासिक पात्रहरूको लागि भन्दा
येशूको अस्तित्वको लागि बेसी
ऐतिहासिक प्रमाणहरू छन् ।
लेखक सी. एस.
लेविसको त्रिविधा मेरो लागि
वास्तवमै साँचो छ ।
६.
सृष्टि, पतन र
छुटकाराबारे भएको बाइबलिय
वर्णन हरेक नाटक,
हरेक कला, हरेक
मानवीय इतिहास, हरेक चलचित्र
र मैले दिनदिनै
पढ्ने समाचारमा प्रतिध्वनित
भएको छ । ख्रीष्टियान कथा मानवीय
इतिहास र कलामा
गहिरो गरी घुसेको
छ ।
७.
मैले हरेक चोटि
पहिलो पटक येशूको
कुनै साँचो अनुयायीलाई
भेट्दा मैले जीवनभरि
उसलाई चिनेको छु
जस्तो भान हुन्छ
मलाई ।
८.
मैले चिनेका व्यक्तिहरूमध्ये
येशू सर्वाधिक आश्चर्यपूर्ण,
प्रभावशाली, विश्वसनीय र आकर्षक
हुनुहुन्छ जो महानतम
प्रशंसा, आज्ञापालन, प्रेम र
आराधनाको योग्य हुनुहुन्छ ।
मेरो लागि सत्यता,
न्याय र सौन्दर्य
सबैले नै उहाँमा
जरा गाडेका छन्
र सुसमाचारहरूमा वर्णित
उहाँको कथाले मानव इतिहासमा
ज्ञात अन्य सबै
कथालाई माथ गर्छ
।
९.
कुनै धर्म वा
दर्शनले दासत्वको जीवनबाट आसक्तिको
जीवनमा पुर्याएको मैले देखेको
छैन । मेरो
आफ्नै अनुभव र
अवलोकनमा कम से
कम पृथ्वीको सतहमा
अन्य कुनै कुरोले
भन्दा येशूको जीवनले
मानिसहरूलाई बेसी रूपान्तरण
गरेको छ ।
१०.
प्रभु येशू ख्रीष्ट
मसित हुनुहुन्छ र
उहाँले मेरो हेरचाह
गर्नुहुन्छ ... र मेरो
जीवनभरि गर्नुभएको छ भन्ने
कुरामा म अटल
रूपमा विश्वास गर्दछु
। ख्रीष्टविनाको जीवनको
म कल्पना पनि
गर्न सक्दिनँ ।
११.
मैले (साथै अरूहरू
जसलाई म चिन्दछु)
येशूको
नाउँमा प्रार्थना
गर्दा जुन उत्तरहरू
पाएको छु त्यसको
लागि कुनै तार्किक
व्याख्या छैन ।
१२.
म सजिलैसित रुँदिनँ
तर जब म
मेरा प्रभुका कामहरू
देख्दछु म तुरुन्तै
चिच्च्याउन पुग्छु ।
यो
रचना मूलत: गैरख्रीष्टियानहरूलाई
लक्षित गरी लेखिएकोले
तिनीहरूले येशूलाई नपछ्याउनुका कारणहरू
पेस गर्न सक्छन्
। ख्रीष्टियानहरूले ख्रीष्टलाई
विनाकारण पछ्याएका छैनन् तर
आफ्नो विश्वासको लागि
तिनीहरूसँग तर्कसङ्गत जवाफ छन्
। यी कारणहरूमध्ये
केही तपाईं ख्रीष्टियानहरूको
जीवनमा पनि लागु
हुन सक्छन् र
सजिलैसित तपाईंले यसमा जोड/घटाऊको अपेक्षा गर्न
सक्नुहुन्छ ।
(नोट:
लेखक फ्र्याङ्क भाइलाद्वारा लिखित
आलेखको अनूदितसाथै सम्पादित अंश
हो यो ।)