menu bar

Sunday, October 26, 2014

आफ्नै चुनौतीलाई फिर्ता लिने नास्तिकवादी चाल्र्स


चाल्र्स ब्राडलाफ उन्नाइसौँ शताब्दीका निकै प्रसिद्ध ब्रिटिस नास्तिक थिए प्राइस हुगेस नाउँका प्रखर ख्रीष्टियान वक्ता पनि उही देशमा प्रभुको सेवा गर्दै थिए हुगेसको मिसनद्वारा भएका अनुग्रहका आश्चर्यपूर्ण कामहरूबारे पुरै लन्डन (बेलायतको राजधानी) सचेत थियो

ख्रीष्टियमतका दाबीहरूको प्रामाणिकताबारे वादविवाद गर्न नास्तिकवादी चाल्र्सले ख्रीष्टियान सेवक हुगेसलाई चुनौती दिए लन्डनले यसलाई अत्यधिक चासोका साथ हेरिरहेको थियो हुगेसले उक्त हाँकलाई तुरुन्तै स्वीकार गरे तिनले एउटा सर्त पनि अगि तेर्साए

हुगेसले भने, “ एउटा प्रस्ताव राख्न चाहन्छु हामी दुवैले यस्ता पुरुष स्त्रीहरूलाई ल्याऔँ जो हाम्रो शिक्षाको प्रभावमा परेका छन् हामीले सिकाएको शिक्षाले पापको जीवनबाट तिनीहरू मुक्त भएका होऊन् यस्ता १०० जना पुरुष स्त्रीहरूलाई ल्याउन सक्छु तपाईंले पनि त्यसै गर्नुस् भनी तपाईंलाई चुनौती दिन्छु

यदि तपाईंले १०० जना त्यस्ता मानिसहरूलाई ल्याउन सक्नुहुन्न भने तपाईंको शिक्षाबाट परिवर्तन भएका ५० जना त्यस्ता मानिसहरूलाई ल्याउनुभयो भने पनि सन्तुष्ट हुन्छु यदि ५० जना पनि ल्याउन सक्नुहुन्न भने २० जना ल्याउनुस् जसले तपाईंको नास्तिकवादी शिक्षाको परिणाम स्वरूप जीवनमा आनन्दको महसुस गरेका होऊन् यदि २० जना पनि ल्याउन सक्नुहुन्न भने १० जना मात्र ल्याउनुभए पनि हुन्छ

तपाईं त्यति पनि ल्याउन सक्नुहुन्न भने तपाईंलाई चुनौती दिन्छु कि जम्मा एक जना ल्याउनुस् जसले तपाईंको नास्तिकवादी शिक्षाको कारणले उसको जीवनमा सुधार आएको होस्

लन्डन पुन: उत्तेजित भएको थियो के होला भन्ने उत्सुकतासाथ ब्राडलाफले के गरे ? ज्यादै निराशपूर्ण भएर तिनले वादविवादको चुनौतीलाई सार्वजनिक रूपमा फिर्ता लिए

जीवनमा रूपान्तरण ल्याउन नसक्ने नास्तिकवादको लागि के यो लज्जास्पद हार होइन ?  



Leave Your Comments Here.