menu bar

Sunday, October 19, 2014

सन्देहवादी अनुसन्धानकर्ताले पत्ता लगाए वास्तविक येशूलाई


येशूको पुनरुत्थानलाई काल्पनिक कथाको रूपमा प्रमाणित गर्न तम्सेका सन्देहवादी लेखक कसरी आफै ख्रीष्टको अनुयायी भए ?

जवान ठिटो हुँदा मैले पहिलो पटक ख्रीष्टको जीवनीलाई गम्भीरतापूर्वक अध्ययन गर्न थालेँ उहाँको इतिहास निकै असुरक्षित जगहरूमा निर्मित भन्ने दृढ निश्चयतासाथ अगाडि बढेँ ”, अनुसन्धानपश्चात् येशूको पुनरुत्थानलाई इतिहासको एउटा वास्तविक घटनाको रूपमा देख्ने फ्र्याङ्क मोरिसनले आफ्नो कृति (हु मुभ्ड स्टोन ?) मा लेखेको अंश हो यो

फ्र्याङ्क मोरिसन विज्ञान आश्चर्यकर्महरू हुँदैनन्भन्ने विकासवादका पक्षपोषक थोमास हक्स्लेको अवधारणका कट्टर अनुयायी थिए तथापि तिनी येशूको व्यक्तित्वका प्रशंसक पनि थिए येशूको जीवनीका आखिरी दिनहरूको बारेमा तिनले आफ्नै व्यक्तिगतसाथै ऐतिहासिक अनुसन्धान गर्ने जमर्को गरे

बिसौँ शताब्दीको पूर्वाद्र्धमा यी ब्रिटिस लेखकले येशूको पुनरुत्थानसम्बन्धी स्रोतहरूलाई विश्लेषण गरी जिसस लास्ट फेज (येशूआखरी चरण) नामक शीर्षकमा एउटा सङ्क्षिप्त दस्तावेज लेख्न कस्सिए तिनी लेख्नुको उद्देश्य थियोयेशूको पुनरुत्थानलाई काल्पनिक कथाको रूपमा पुष्टि गर्नु मरेको मान्छे बिउँतेर आउन सक्छ भन्ने अन्धविश्वासलाई यस कृतिले सधैँका लागि निर्मूलन पार्छ भन्ने तिनको विश्वास थियो तिनले आफूलाई चाहिने सामग्रीहरू बटुले अनि लेख्न थाले तर तिनले जे कुरो प्रमाणित गर्न खोजिरहेका थिए स्रोतहरूले ठिक विपरीत दिशातिर लैजाँदै थिए तिनलाई

अन्तत: येशू ख्रीष्ट वास्तवमै बौरी उठ्नुभएको थियो भन्ने तथ्यमा तिनी विश्वस्त हुन पुगे परिणाम स्वरूप तिनले येशूलाई मुक्तिदाताको रूपमा अङ्गाले ती जम्मा भएका स्रोतहरूलाई प्रयोग गरी येशू ख्रीष्टको पुनरुत्थानको पक्षमा तिनले तार्किक रूपमा एउटा गतिलो पुस्तक लेखे जसको नाउँ होहु मुभ्ड स्टोन ? (ढुङ्गा कसले हटायो ?) लेखकको आफ्नै दाबीअनुसार यो लेख्न इन्कार गरिएको पुस्तक थियो १९३० मा पहिलो पटक प्रकाशित ख्रीष्टाब्द २००६ सम्ममा दस पटक पुन: मुद्रित यस पुस्तकलाई पढेर थुप्रै मानिसहरू ख्रीष्टियान भएका छन्

Leave Your Comments Here!