menu bar

Wednesday, October 22, 2014

ओरिगेन: तेस्रो शताब्दीका उल्लेखनीय रक्षाशास्त्री



ओरिगेन आदि मण्डलीका रक्षाशास्त्री, ईश्वरशास्त्री, लेखकसाथै दार्शनिक थिए तिनी ख्रीष्टाब्द १८५ मा मिश्रको अलेक्ज्यान्ड्रियामा जन्मेका थिए ख्रीष्टियान परिवारमा जन्मेका ओरिगेनले प्रतिलिपि समालोचना, बाइबलिय भाष्यविज्ञान, प्रवचन आदि ईश्वरशास्त्रका विभिन्न हाँगाहरूमा कलम चलाएका थिए

विश्वासमा कट्टर आफ्ना पिता लिओनिदेसले सतावटमा परी सहादत पाएपछि तिनको परिवार गरिबीको चपेटामा मुछियो अलेक्ज्यान्ड्रियाका बिशप डेमेत्रिएस कामको खोजीमा भौतारिएका जवान ओरिगेनबाट औधी प्रभावित भए तिनले बप्तिस्माको बारेमा सिकाउनुपर्ने जिम्मेवारी दिए ओरिगेनलाई तिनी विश्वासमा बढ्दै गए थप अध्ययनको लागि रोमतर्फ लागे सिकाउने नयाँ उत्साह बोकेर फर्केका ओरिगेनले आफूलाई धर्मशास्त्रको व्याख्याको लागि हिब्रू भाषाको अध्ययनमा समर्पित गरे       
     
मनग्गे पुस्तकहरूका लेखक ओरिगेनको हेक्साप्ला प्रतिलिपि समालोचनमा सर्वाधिक महत्त्वपूर्ण कृति थियो २८ वर्ष लगाएर लेखिएको यो कृति पुरानो करारको विभिन्न अनुवादहरूको तुलनात्मक अध्ययन थियो अभाग्यवश: ख्रीष्टियान साहित्यमा तिनको यस अद्वितीय पुस्तकको कुनै प्रति अस्तित्वमा छैन रक्षाशास्त्रको निम्ति टेवा दिने यो पुस्तक सातौँ शताब्दीमा मुस्लिमहरूद्वारा नष्ट पारिएको थियो तिनले रक्षाशास्त्रसम्बन्धी सेल्ससको विरुद्धमा नामक कृति पनि लेखे जुन दार्शनिक सेल्ससले ख्रीष्टियमतको विरुद्धमा उठाएका दार्शनिक, नैतिकसाथै ऐतिहासिक आलोचनाहरूको उत्तर थियो यसका अतिरिक्त तिनले प्रथम सिद्धान्तहरूबारे नामक मुख्य ईश्वरशास्त्रीय रचना पनि लेखेका थिए

ओरिगेन ख्रीष्टियान रक्षाशास्त्रीहरूका निम्ति मिश्रित आशिष्को रूपमा देखा पर्छन् तिनी २५४ मा प्रभुमा सुतेका थिए


Leave Your Comments Here.