लगभग
यसै समयतिर येशू
नाउँका एक जना
बुद्धिमान् मानिस थिए ।
तिनलाई मानिस भन्न हुन्छ
कि हुँदैन ? किनकि
तिनी अचम्मका कामहरू
गर्ने व्यक्तिसाथै सत्यतालाई
खुसीसाथ स्वीकार गर्ने मानिसहरूका
शिक्षक थिए ।
तिनले धेरै यहूदीसाथै
अन्यजातिहरूलाई आफूकहाँ आकर्षित गरे
। तिनी ख्रीष्ट
थिए । हाम्रा
बिचमा भएका प्रतिष्ठित
मानिसहरूको सल्लाहमा पिलातसले तिनलाई
क्रूसमा टाँग्ने आज्ञा दिए
तापनि तिनलाई प्रेम
गर्नेहरूले सुरुमा तिनलाई त्यागेनन्
। तेस्रो दिनमा
तिनी फेरि तिनीहरूकहाँ
जीवितै देखा परे
। किनभने परमेश्वरका
अगमवक्ताहरूले तिनको बारेमा यीलगायत
अन्य असङ्ख्य अद्भूत
अगमवाणीहरू बोलेका थिए ।
र, तिनको नामबाट
उदय भएको ख्रीष्टियान
जाति आजको दिनसम्म
लोप भएको छैन
।
योसिफस, यहूदी
इतिहासकार
एथेन्सवासीहरूले
सुकरातलाई मारेर के लाभ
पाए ? तिनीहरूको अपराधको
निम्ति तिनीहरूमाथि अनिकाल र
विपत्ति आइपरे । पाइथागोरसलाई
जलाएर सामोसका मानिसहरूले
के लाभ पाए
? एकै क्षणमा तिनीहरूको
भूमि बालुवाले पुरियो
। आफ्ना बुद्धिमान्
राजालाई मारेर यहूदीहरूले के
लाभ पाए ? ठिक
त्यसपछि तिनीहरूको राज्यको अन्त्य
भयो । परमेश्वरले
यी तिन बुद्धिमान्
मानिसको न्यायपूर्वक बदला लिनुभयो
। एथेन्सवासीहरू भोकले
मरे । सामोसवासीहरू
समुद्रको गर्भमा पुगे ।
यहूदीहरू आफ्नो देशबाट निकालिएर
पूर्णत: छरपष्ट भए ।
तर, सुकरात सदाको
निम्ति मरेनन्, तिनी प्लेटोको
शिक्षामा बाँचिरहे । पाइथागोरस
सदाको निम्ति मरेनन्,
तिनी हेराको मूर्तिमा
बाँचिरहे । न
त बुद्धिमान् राजा
सदाको निम्ति मरे,
आफूले दिएको शिक्षामा
तिनी बाँचिरहे ।
मारा बार
सेरापिओन
समय
समयमा केही मानिसहरूले
येशूको अस्तित्वलाई इन्कार गर्ने
प्रयास गरेका छन् ।
तर यो वास्तवमा
गायब भएको एउटा
उद्देश्य हो ।
येशू साँच्चै अस्तित्वमा
हुनुहुन्थ्यो भन्नाका लागि प्रचुर
साक्षीहरू छन् ।
एडविन एम.
यामूची, इतिहासका विश्वविख्यात प्राध्यापक
यी
स्वतन्त्र विवरणहरूले प्रमाणित गर्छन्
कि प्राचीन समयमा
ख्रीष्टिमयतका वैरीहरूले पनि येशूको
ऐतिहासिकतामाथि कहिल्यै शङ्का गरेनन्
जस [उहाँको
ऐतिहासिकता] लाई पहिलो
पटक अपर्याप्त आधारहरूमा
अठारौँ शताब्दीको अन्त्य, उन्नाइसौँ
शताब्दी र बिसौँ
शताब्दीको आरम्भमा मनग्गे लेखकहरूले
विवादमा मुछेका थिए ।
ब्रिटानिका विश्वकोश
ख्रीष्टियमतका
संस्थापक वास्तवमै अस्तित्वमा थिए
भन्ने सत्यतालाई स्वीकार
नगरी ख्रीष्टियान मण्डलीको
उदय वा सुसमाचारिय
लेखहरू र तिनमा
आधारित परम्पराका धारहरूलाई व्याख्या
गर्न सम्भव छैन
।
आई. होवार्ड
मार्सल, नयाँ करारका
विद्वान्
हामीसँग
नयाँ करार वा
ख्रीष्टियान रचनाहरू नभएको भए
तापनि तिबेरिअसको शासनकालमा
पिलातसले उहाँ [येशू]
लाई क्रूसमा टाँग्ने
आज्ञा दिएका थिए
भनी योसिफस, ताल्मुड,
टासिटस र प्लिनी
द योङ्गरजस्ता गैरख्रीष्टियानका
रचनाहरूबाट हामी निष्कर्षमा
पुग्न सक्छौँ ।
एडविन एम.
यामूची, इतिहासका विश्वविख्यात प्राध्यापक
के
तपाईं सुकरात, अलेक्ज्यान्डर
महान् र जुलियस
कैसरको अस्तित्वमाथि विश्वास गर्नुहुन्छ ? यदि
ऐतिहासिकता मूल रूपमा
लेखिएका समकालिक स्रोतहरू नजिकै
भएका मनग्गे लिखित
अभिलेखहरूको आधारमा
स्थापित हुने हो
भने अन्य कसैको
लागि भन्दा ख्रीष्टको
अस्तित्वको लागि प्रमाण
बेसी छन् ।
दिनेश डिसुजा
ब्रिटानिका
विश्वकोशको पन्ध्रौँ संस्करणले येशू
ख्रीष्टको व्यक्तित्वको लागि २०,००० शब्दहरू
खर्चेको छ र
उहाँ अस्तित्वमा हुनुहुन्थेन
भनेर एक पटक
पनि अङ्कित गर्दैन
।
जोन एङ्करवर्ग
आज
कुनै पनि दक्ष
विद्वान्ले येशूको ऐतिहासिकतालाई इन्कार
गर्दैन ।
ब्रुस मेजगर,
प्रिन्सेटोनका प्राध्यापक