menu bar

Saturday, October 18, 2014

यहोराम उज्जियाहका पिता नभए तापनि किन मत्तीले “यहोराम उज्जियाहका पिता” थिए भनी अभिलिखित गरे (मत्ती १:८) ?



मत्ती : अनुसारयहोराम उज्जियाहका पिताहुन् तर इतिहास :११ मुताबिक यहोराम अहज्याहका पिता हुन् कुनचाहिँ विवरण सही हो ?

मत्ती अध्यायले येशूका वैध पिता योसेफद्वारा उहाँको वंशावलीलाई प्रस्तुत गर्दछ मत्तीले प्रस्तुत गरेको येशूको वंशावलीको विवरणलाई पुरानो करारको अभिलेखसित तुलना गरेर हेर्दा छर्लङ्ग हुन्छ कि मत्तीले यहोराम उज्जियाहका बिचमा भएका तिन जना व्यक्तिको नाउँलाई छुटाएका छन्

मत्ती :                              इतिहास :१११२
यहोराम                                   यहोराम
......                                        अहज्याह
......                                        योआश
......                                        अमस्याह
उज्जियाह                             उज्जियाह (जसलाई अजर्याह पनि भनिन्छ)

किन यस्तो ? के मत्तीले भुल गरेका हुन् ? कदापि होइन नेपाल बाइबल सोसाइटीद्वारा प्रकाशित पवित्र बाइबलले मत्ती अध्यायमा फलानो फलानोका पिता थिए भनेर अनुवाद गरे तापनि ग्रिक अङ्ग्रेजी बाइबलले फलानोले फलानोलाई जन्माए अर्थात् फलानो फलानोका छोरा थिए भनी उल्लेख गर्छन् यसले अर्थमा भिन्नता नपार्ने भए तापनि यहाँ अङ्ग्रेजी अनुवादलाई हेर्नु मुनासिब नै हुन्छ: Joram begot Uzziah.

बाइबलमा जसरीपुत्रशब्दको अर्थनातिपनि हुन सक्छ त्यसै गरीबिगट” (जन्माए) को अर्थका पूर्वज बनेभन्ने पनि हुन सक्छ तब यो प्रस्ट कि यहोराम उज्जियाहका पिता थिएनन् बरु पुर्खा थिए यहूदी वंशावलीहरूमा नाउँ छुटाउनु असामान्य थिएन मत्तीले ख्रीष्टको पूर्ण वंशावलीलाई उल्लेख गर्दैनन्, तर सङ्क्षिप्त वंशावलीलाई

मत्तीले किन तिन जना राजाको नाउँ छुटाएका होलान् भनेर यहाँ मनन गर्नु जायज नै हुन्छ अहज्याह, योआश अमस्याह यहूदाका तिन राजाहरू थिए जसले क्रमश: वर्ष, ४० वर्ष २९ वर्ष शासन गरे ( राजा :२६; १२:; १४:) यी तिन राजाले यहोराम उज्जियाहको बिचमा राज्य गरेका थिए मत्तीले तिनीहरूका नाउँ वंशावलीको सूचीमा समावेश नगर्नुको कारण तिनीहरूको शासन अवधि हुन सक्दैन मत्तीलाई प्रतिलिपि गर्दा दृष्टिभ्रम भयो भन्न नै सकिन्छ ती राजाहरूको दुष्टताको कारणले गर्दा पनि होइन किनकि तीभन्दा पनि दुष्ट राजाहरू (जस्तै: मनश्शे अमोन) तिनको सूचीमा अटाएका छन् पवित्रता झल्काउने वंशावलीलाई प्रस्तुत गर्नु मत्तीको उद्देश्य होइन अहज्याह तिनकी आमापट्टिबाट दुष्ट रानी ईजेबेलको नाति पथ्र्यो त्यसैले आहाब ईजेबेललाई दिइएको सराप तेस्रो पुस्तासम्म फैलियो भनी एउटा प्राचीन व्याख्याले बताउँछ यो विचार घतलाग्दो भए तापनि अपर्याप्त किनकि अन्यजाति स्त्रीहरू पनि मसीहको प्रत्यक्ष पुस्ता बनेका छन् मत्तीले तिन ओटै समूह (अब्राहामदेखि दाऊदसम्म, पदहरू ; दाऊददेखि निर्वासनसम्म, पदहरू ११ निर्वासनदेखि येशूसम्म, पदहरू १२१६) मा १४/१४ ओटा नाउँ प्रस्तुत गर्न चाहेकाले जानाजानी ती तिन अनुक्रमिक राजाहरूको नाउँलाई आफ्नो सूचीमा समावेश नगरेको हुनुपर्छ तेस्रो समूहमा पनि केही नाउँहरू समावेश नगरी १४ जनाको नाउँ मात्र उल्लेख भएको यथार्थताले यस कारणलाई पुष्टि गर्छ     

Leave Your Comments Here!