बाइबल
आधुनिक समयमा लेखिएको वैज्ञानिक
पाठ्यपुस्तक होइन तर
प्राचीन समयमा लेखिएको धार्मिक
ग्रन्थ हो ।
तरै पनि बाइबलले
यस्ता वैज्ञानिक सत्यताहरूलाई
अभिलिखित गरेको छ जसले
एउटा सचेत, तार्किकसाथै
बौद्धिक व्यक्तिलाई छक्क पार्छन्
। आधुनिक समयमा
पत्ता लगाइएका ती
मनग्गे वैज्ञानिक आविष्कारहरूलाई बाइबलले
हजारौँ वर्ष पहिले
नै उल्लेख गरेका
थिए भन्ने सत्यताले
हाम्रो आश्चर्यको सिमा झनै
बढ्छ । यहाँ
हामी दस ओटा
त्यस्ता आविष्कारलाई सङ्क्षिप्त रूपमा
ध्यान दिनेछौँ ।
१.
यो विश्व–ब्रम्हाण्डको
एउटा निश्चित बिन्दुमा
आरम्भ भयो ।
बाइबलको
पहिलो पदमा नै
लेखिएको छ, “आदिमा
परमेश्वरले आकाशमण्डल र पृथ्वी
सृष्टि गर्नुभयो” (उत्पत्ति १:१) ।
स्मरण रहोस्, यो
हजारौँ वर्ष पहिले
लेखिएको कथन हो
। वैज्ञानिकहरूलगायत सामान्य
मानिसहरूले लामो समयदेखि
यो विश्व अनन्त
छ अर्थात् यसको
सुरु पनि छैन
र अन्त्य पनि
छैन भनी विश्वास
गर्दै आएका थिए
। तर बिसौँ
शताब्दीका नयाँ खोजहरूले
त्यस सिद्धान्तलाई झट्का
दिए । सम्पूर्ण
समय, सम्पूर्ण पदार्थ
र सम्पूर्ण अन्तरिक्षको
एउटा निश्चित बिन्दुमा
आरम्भ भएको छ
भन्ने महानतम वैज्ञानिक
अल्बर्ट आइन्स्टाइनको सामान्य सापेक्षतावादको सिद्धान्तलगायत
अन्य नव वैज्ञानिक
खोजहरूले विश्व–ब्रम्हाण्डको एउटा
निश्चित बिन्दुमा आरम्भ भएको
छ भनी पुष्टि
गर्छन् ।
२.
सूर्यले परिक्रमा गर्छ ।
३,००० वर्षअगि
भजनका लेखकले यी
वचनहरू कोरे, “आकाशको एक
छेउमा उस [सूर्य]
को उदय हुन्छ,
र अर्को सीमासम्म
परिक्रमा गर्छ” (भजनसंग्रह १९:६) ।
पृथ्वीले सूर्यको परिक्रमा गर्छ
तर सूर्य आफै
भने स्थिर छ
भनी वैज्ञानिकहरूले लामो
समयदेखि विश्वास गर्दै आएका
थिए । तर
पछिल्ला खोजहरूले उदाङ्गो पारेका
छन् कि सूर्य
पनि स्थिर छैन
जस्तो बाइबलमा लेखिएको
छ । सौर्यमण्डलमा
भएका सबै ग्रह,
उपग्रह र आकाशिय
पिण्डहरूलाई साथमा लिई प्रतिघन्टा
६ लाख माइलको
गतिमा सूर्य आकाशगङ्गाको
वरिपरि घुमिरहेको छ ।
३.
यो विश्व–ब्रम्हाण्ड
अदृश्य तत्त्वबाट बनेको छ
।
२,००० वर्षअगि
हिब्रूका लेखकले लेखे, “विश्वासद्वारा
हामी बुझ्दछौं कि
सारा विश्व परमेश्वरको
वचनद्वारा सृष्टि भयो, र
जो दृश्य छ
त्यो अदृश्य कुराबाट
बन्यो” (११:३)
। सम्पूर्ण पदार्थ
परमाणुहरूबाट बनेका छन् ।
विगतमा यस विषयबारे
विज्ञान पूर्णत: अज्ञान थियो
। हालै मात्र
विज्ञानले पत्ता लगाएको छ
कि हामीले देख्ने
हरेक कुरो हाम्रा
नाङ्गा आँखाले देख्न नसक्ने
मसिना कणहरूबाट बनेका
छन् जसलाई परमाणु
भनिन्छ ।
४.
आकाशमा ताराहरू अनगिन्ती छन्
।
२,५०० वर्षअगि
यर्मियाले लेखे, “आकाशका तारा
गन्न नसकिने र
समुद्रका किनारका बालुवा जोखिन
नसकिने ...” (यर्मिया ३३:२२)
छ । सत्रौँ
शताब्दीमा ग्यालिलियो ग्यालिलीले दूरदर्शक
यन्त्रको आविष्कार गर्नुअगि धेरै
विद्वान्हरूले ताराहरूको सङ्ख्या गन्न
कोसिस गरे र
तिनीहरूले करिब १,००० ओटा
ताराको सूची लगाए
। तर आज
हामीलाई थाहा छ
कि आकाशमा ताराहरू
खरबौँको सङ्ख्यामा छन् ।
५.
पृथ्वी शून्यतामा झुण्डिएको छ
।
अय्यूबले
लेखे, “उहाँ [परमेश्वर] ले
खाली ठाउँमा उत्तरीय
आकाशलाई फैलाउनुहुन्छ, र शून्यतामा
पृथ्वीलाई झुण्डयाउनुहुन्छ” (अय्यूब २६:७)
। आजभन्दा ३,५०० वर्ष
पहिले नै यसलाई
लेखिएको थियो ।
पृथ्वीलाई एउटा अजङ्गको
जनावर वा एटलस
नाउँ गरेको राक्षसले
बोकेको थियो भनी
प्राचीन समयका मानिसहरूले विश्वास गर्थे ।
वैज्ञानिक ज्ञान नभएका मानिसहरूका
बिचमा यस्तै खालका
अवधारणाहरू अझै पनि
विद्यमान छन् ।
बाइबलले भनेजस्तै गरी पृथ्वी
शून्यतामा झुण्डिएको छ भन्ने
सत्यता पोल्यान्डका गणितज्ञसाथै खगोलविद्
निकोलस कोपर्निकस (१४७३–१५४३)
को समयदेखि वैज्ञानिक
रूपमा साँचो ठहरिएको
छ । गुरुत्वाकर्षणको
शक्तिले गर्दा यो पृथ्वी
हावामा तैरन सकेको
हो भनी आज
विज्ञानको साधारण विद्यार्थीलाई पनि
थाहा छ ।
६.
पृथ्वी गोलो छ
।
यशैयाले
लेखे, “उहाँ पृथ्वीको
परिधिभन्दा माथि विराजमान
हुनुहुन्छ” (४०:२२)
। २,८००
वर्षअगि लेखिएको यस पदले
पृथ्वी गोलो छ
भनी बताउँछ ।
एउटा यस्तो समय
थियो जुन समयमा
पृथ्वी चेप्टो थियो भनी
साधारणतया विश्वास गरिन्थ्यो ।
जनमानसबिच त्यस्तो विश्वास भए
तापनि क्रिस्टोफर कोलम्बस
(ख्रीष्टाब्द १४५१–१५०६)
लाई पृथ्वीको जलयात्रा
गर्न बाइबल धर्मशास्त्रले
नै प्रेरणा दिएको
थियो । आज
विज्ञानको साधारण चिन्तकलाई पनि
थाहा छ कि
पृथ्वी वास्तवमै गोलो छ,
चेप्टो होइन ।
७.
जीवको उत्पत्ति जीवबाट
मात्रै हुन्छ ।
जीवको
उत्पत्ति जीवबाट मात्रै हुन्छ
निर्जीव वस्तुबाट होइन भन्ने
नियमलाई विज्ञानको भाषामा जीवजननको
नियम भनेर चिनिन्छ
। थप रूपमा
यस नियमले बताउँछ
कि जीवले सधैँ
उही किसिमको जीवलाई
जन्म दिन्छ, अर्को
किसिमको जीवलाई होइन ।
प्राचीन समयका वैज्ञानिक अरस्तुले
अजैविक पदार्थबाट जीवको उदय
हुन्छ भनी सिकाएका
थिए जसलाई लुई
पास्चरको समयसम्म विश्वास गरिन्थ्यो
। तर उन्नाइसौँ
शताब्दीका वैज्ञानिक पास्चरले अजैविक
पदार्थबाट जीवको उदय हुँदैन
भनी प्रयोगात्मक रूपमा
सिद्ध गरिदिए ।
उत्पत्ति १:११–१२; २४–२५ मा
यस पुस्तकका लेखक
मोशाले जीवजननको नियमलाई उल्लेख
गरेका छन् ।
८.
पानीको एउटा चक्र
छ ।
३,५०० वर्षअगि
लेखिएको थियो, “उहाँले समुद्रबाट
पानीको थोपा खिँच्नुहुन्छ,
र आफूले बनाउनुभएको
मेघबाट झरी बर्साउनुहुन्छ
। वृष्टिको मेघले
मुसलधारा पानी बर्साउँछ,
मानिस–जातिमाथि ती
झरी भएर झर्छन्”
(अय्यूब ३६:२७–२८) । खोला,
नदी हुँदै समुद्रमा
झर्ने ती करडौँ
लिटर पानी कहाँ
जान्छ ? यसको उत्तर
दिन्छ जलचक्रले ।
सूर्यको तापको कारणले गर्दा
पानी बाफमा परिणत
हुन्छ अनि आकाशमा
बादलको रूप धारण
गरी वृष्टि बनेर
फेरि पृथ्वीमा खस्दछ
। सोर्हौँ/सत्रौँ
शताब्दीसम्म पानीको यस चक्रलाई
पूर्णत: स्वीकार गरिएको थिएन
।
९.
जीवधारीको प्राण त्यसको रगतमा
हुन्छ ।
३,४०० वर्षअगि
मोशाले लेखे, “जीवधारीको प्राण
त्यसको रगतमा हुन्छ” (लेवी
१७:११) ।
आज यो स्थापित
सत्यता हो कि
तपाईंले आफ्नो शरीरको रगत
प्रचुर मात्रामा गुमाउनुभयो भने
तपाईंले आफ्नो जीवन गुमाउनुहुन्छ
। प्राचीन कालदेखि
उन्नाइसौँ शताब्दीसम्म डाक्टरहरूले बिरामीको
रोगको उपचारको लागि
उसको शरीरबाट रगत
बग्न दिन्थे जुन
अज्ञानताको परिणाम थियो ।
आज जीवन दिने
रगतको महत्त्व छर्लङ्ग
भएको छ ।
१०.
समुद्रका पिँधहरूमा पहाडहरू छन्
।
समुद्रको
गहिराइमा पुगेका योनाले व्यक्त
गरे, “म त डाँडाहरूका फेदीसम्मै तल
डुबें” (योना २:६) ।
योनाले यो पुस्तक
झन्डै २,८००
वर्षअगि लेखेका थिए ।
विगतमा समुद्रका पिँधहरू चेप्टा
छन् भनी विश्वास
गरिन्थ्यो । तर
हालैका खोजहरूले समुद्रका पिँधहरूमा
डाँडा–काँडाहरू रहेछन्
भनी देखाएका छन्
।