बिसौँ
शताब्दीको पुर्वाद्धसम्म एन्टोनी फ्लु विश्वप्रसिद्ध
नास्तिक थिए ।
दार्शनिक फ्लुले अक्सफोर्ड, योर्कजस्ता
विश्वका नामी विश्वविद्यालयहरूमा
पढाए । रिचार्ड
डाउकिन्स, क्रिस्टोफर हिचेन्स र
साम हेरिसजस्ता व्यक्तिहरू
जसले धर्ममाथि आक्रमण
गरेका थिए तिनीहरूको
सूचीमा फ्लुको नाउँ पनि
आउँछ । अविश्वासका
प्रवक्ता थिए फ्लु
। आफ्नो पुस्ताका
प्रखर नास्तिक फ्लुले
ख्रीष्टाब्द २००४ मा
संसारलाई तिनछक पारिदिए, परमेश्वरको
अस्तित्वमाथि विश्वास गरेको घोषणा
गरेर । जीवनको
अधिकांश समय नास्तिकवादको
पक्षपोषकको रूपमा चिनिएका फ्लुले
८१ वर्षको उमेरमा
परमेश्वरमाथि विश्वास गरे ।
२००७ मा प्रकाशित
आफ्नो पुस्तक (देएर
इज
अ
गड:
हाउ
द
वल्र्ड
मोस्ट
नोटोरियस
एथिइस्ट
चेन्ज्ड
हिज
माइन्ड)
मा तिनले नास्तिकवादबाट
ईश्वरवादतर्फ भएको आफ्नो
यात्रालाई उल्लेख गरेका छन्
। केले तिनलाई
नास्तिकवादप्रतिको जीवनभरिको आफ्नो अडानलाई
त्याग्न उत्प्रेरित गर्यो ? तिनका
आफ्नै शब्दहरूमा— “[विगत]
५० वर्षभन्दा बेसी
लगाएर डीएनए अनुसन्धनबारे
पत्ता लागेका खोजहरूले
संरचनाको पक्षमा नयाँ र
अत्यधिक शक्तिशाली तर्कका लागि
सामग्रीहरू जुटाएका छन् ।”
बिसौँ शताब्दीको पूर्वाद्र्धमा
जन्मेका फ्लु २०१०
मा ८७ वर्षको
उमेरमा यस धरतीबाट
बिदा भए । यसरी
एक पटक विश्व
हल्लाएका नास्तिकले वैज्ञानिक साक्षीको
आधारमा परमेश्वरको अस्तित्वलाई स्वीकारे
।