तिन
[येशूका वचनहरू]
लाई धेरै पढिन्छ;
धेरै उद्धृत गरिन्छ;
धेरै प्रेम गरिन्छ;
धेरै विश्वास गरिन्छ
अनि धेरै अनुवाद
गरिन्छ किनकि अहिलेसम्मकै ती
महानतम वचनहरू हुन् ।
तिनको महानता कहाँ
छ ? तिनको महानता
मानवीय छातीमा स्पन्दित हुने
महानतम समस्याहरूलाई प्रस्टसँग, निश्चयतासाथ र
आधिकारिक रूपमा हल गर्ने
शुद्ध प्रकाशमय आत्मिकतामा
पाइन्छ।
बर्नाड र्याम,
रक्षाशास्त्रीसाथै ईश्वरशास्त्री
प्लेटो
र सिसेरोका किताबहरूमा
मैले ज्यादै बुद्धिमान्
र सुन्दर कथनहरू
पढेको छु; तर
ती दुवैमा मैले
योचाहिँ पढेको छैनँ, “हे
सबै थाकेका र
बोझले दबिएका हो,
मकहाँ आओ ।”
अगस्टिन,
ईश्वरशास्त्रीसाथै दार्शनिक
बुद्धले
म ईश्वर हुँ
भनी कहिल्यै दाबी
गरेनन् । मोशाले
म यहोवे हुँ
भनी कहिल्यै दाबी
गरेनन् । मोहम्मदले
म अल्लाह हुँ
भनी कहिल्यै दाबी
गरेनन् । तथापि
येशू ख्रीष्टले साँचो
र जीवित परमेश्वर
हुँ भनी दाबी
गर्नुभयो । बुद्धले
यति मात्र भने,
“सत्यताको खोजी गर्ने
म एक शिक्षक
हुँ ।” येशूले
भन्नुभयो, “म सत्य
हुँ ।” कन्फ्युसियसले
भने, “पवित्र छु
भनी मैले कहिल्यै
दाबी गरिनँ ।”
येशूले भन्नुभयो, “तिमीहरूमध्ये कसले
मलाई पापको दोष
लाउन सक्छ ?” मोहम्मदले
भने, “अल्लाहले ममाथि
दयाको आवरण नपहिराउञ्जेलसम्म
मसँग कुनै आशा
छैन ।” येशूले
भन्नुभयो, “तिमीहरूले ममाथि विश्वास
नगरूञ्जेलसम्म तिमीहरू आफ्ना पापहरूमा
मर्नेछौ ।”
अज्ञात
आधारभूत
रूपमा हाम्रा प्रभुको
सन्देश उहाँ आफै
हुनुहुन्थ्यो । उहाँ
केवल सुसमाचार प्रचार
गर्न आउनुभएन; उहाँ
आफै त्यो सुसमाचार
हुनुहुन्छ । उहाँ
केवल रोटी बाँड्न
आउनुभएन; उहाँले भन्नुभयो, “म
रोटी हुँ ।”
उहाँ केवल ज्योति
बाल्न आउनुभएन; उहाँले
भन्नुभयो, “म ज्योति
हुँ ।” उहाँ
केवल ढोका देखाउन
आउनुभएन; उहाँले भन्नुभयो, “म
ढोका हुँ ।”
उहाँ केवल गोठालाको
नाउँ दिन आउनुभएन;
उहाँले भन्नुभयो, “म गोठालो
हुँ ।” उहाँ
केवल बाटो देखाउन
आउनुभएन; उहाँले भन्नुभयो, “बाटो,
सत्य र जीवन
म नै हुँ
।”
जे.
सिड्लो बाक्स्टर, पास्टरसाथै ईश्वरशास्त्री
विज्ञान
र विद्याविना नै
उहाँ [येशू] ले मानवीय
र ईश्वरीय कुराहरूमा
सबै दर्शनशास्त्री र
विद्वान्हरूलेभन्दा बढी उज्यालो
छर्नुभयो । स्कुलको
वाकपटुताविना नै उहाँले
जीवनबारे यस्ता वचनहरू बोल्नुभयो
जुन न त पहिले बोलिएका थिए
न पछि बोलिनेछन्
। ... प्राचीन र
आधुनिक महान् मानिसहरूका सम्पूर्ण
फौजभन्दा वचन, भाषण,
संवाद, गहिरा–गहिरा पुस्तकहरू,
प्रशंसाका भजनहरूका लागि उहाँले
एक हरफ पनि
नलेखीकन बढी विषयवस्तुहरू
जुटाउनुभयो ।
फिलिप स्काफ,
इतिहासकारसाथै ईश्वरशास्त्री
प्लेटो,
सुकरात र अरस्तुका
सिद्धान्तहरू पढेपछि तिनका वचनहरू
र ख्रीष्टका वचनहरूको
बिचमा हामी विशिष्ट
भिन्नताको महसुस गर्छौं ।
त्यो भिन्नता खोजतलास
र प्रकाशबिचको हो
।
जोसेफ पार्कर
उहाँले
यस वैभवशाली अभिव्यक्ति
(स्वर्ग र पृथ्वी
बितेर जानेछ, तर
मेरा वचन बितेर
जानेछैन) दिनुहुँदा बाहेक उहाँ
कहिल्यै पूर्णत: एकलै खडा
हुनुभएको थिएन जस्तो
देखिन्थ्यो । यो
कहिल्यै पुरा होलाजस्तो
देखिएको थिएन ।
तर जब हामी
इतिहासलाई फर्केर हेर्छौं यसलाई
कसरी महसुस गरिएको
छ भनी हामी
देख्छौँ । ... तिनीहरू कहिल्यै
‘बितेर गएका छैनन्
।’ के आफ्ना वचनहरूका
लागि अनन्तताको दाबी
गर्न साहस गर्ने
अर्को कुनै मानवीय
शिक्षक थियो ?
जी. एफ.
माक्लिन
यो
विश्वव्यापी रूपमा स्वीकार गरिएको
छ ... कि नीतिशास्त्रको
सम्बन्धमा ख्रीष्टले सबैभन्दा शुद्ध
र सबैभन्दा उकृष्ट
प्रणालीलाई सिकाउनुभयो ।
फिलिप स्काफ, इतिहासकारसाथै ईश्वरशास्त्री