यहूदा
इस्करियोतको मृत्युको सम्बन्धमा मत्तीले
लेखेका छन्, “तब चाँदीका
ती सिक्काहरू मन्दिरमा
फ्याँकेर त्यो गयो,
र त्यसले झुण्डेर
आत्महत्या गर्यो” (मत्ती
२७:५) ।
त्यसको मृत्यु वरिपरिको क्षणको
विषयमा प्रेरितको पुस्तकका लेखक
डा. लूकाले प्रेरित
पत्रुसको भनाइलाई यसरी अभिलिखित
गरेका छन्, “त्यस
मानिसले अधर्मको कमाइबाट एउटा
जग्गा किन्यो, र
उँधोमुन्टो भई खस्यो
र त्यसको भुँडी
फुटयो, र त्यसका
सबै आन्द्रा–भुँडी
निस्के” (प्रेरित १:१८)
। बाइबल त्रुटिविहीन
छ भन्ने ख्रीष्टियान
शिक्षालाई यो प्रस्ट
विरोधाभासले गलत साबित
गर्छ भनी केही
बाइबल आलोचकहरू निर्धक्कसँग
बोल्न हिच्किचाउँदैनन् ।
येशू
ख्रीष्टको जीवनी अध्ययन गर्ने
व्यक्तिको लागि यहूदा
इस्करियोत अपरिचित नाउँ होइन
। सुसमाचारहरूमुताबिक त्यसले
येशू अर्थात् आफ्ना
गुरुलाई तिस ओटा
चाँदीको सिक्कामा बेचिदियो ।
त्यसो गरेकोमा पछि
त्यसलाई अत्यधिक पछुतो भयो
र त्यसले आत्महत्यालाई
नै अन्तिम उपचारको
रूपमा देख्यो ।
यहाँ
मत्ती र लूकाको
विवरणलाई हामीले होसियारीपूर्वक पढ्नु
आवश्यक छ ।
यहूदा खसेनन् भनेर
मत्तीले भनेका छैनन् न
त यहूदाले आफूलाई
झुण्ड्याएनन् भनी लूकाले
व्यक्त गरेका छन् ।
यहाँ एक जनाले
एउटै वस्तुलाई कालो
र अर्कोले सेतो
भनेको अवस्था छैन
। दुवै खण्डलाई
ध्यान दिएर पढ्दा
वास्तवमा ती खण्डहरू
एक अर्काको अन्तर्विरोधी
नभई परिपूरक छन्
।
यहूदाले
आफैलाई हिन्नोमको बेँसीमाथि भएको
पहरोको छेउमा झुण्ड्यायो भनी
परम्परागत रूपमा विश्वास गरिएको
छ । बेँसीको
फेँददेखि त्यो चट्टानको
भिर झण्डै चालिस
फिटसम्म अग्लो छ, त्यो
पनि ठाडै ।
यहूदाले आफूलाई आत्महत्याको लागि
जुन रूखमा बाँधेको
थियो त्यो सुकेको
हाँगा परेकोले हावाको
झोक्काको कारणले त्यो हाँगा
भाँचियो वा डोरी
चुँडेकोले त्यो भुइँमा
पछारियो र परिणाम
स्वरूप त्यसका आन्द्रा–भुँडी
निस्के भन्ने व्याख्या त्यो
भूगोलको संरचनासित पूर्णत: स्वाभाविक
छ । सारांशमा
भन्नुपर्दा, मत्तीले यहूदाको मृत्युको प्रयासको निम्ति त्यसले
अपनाएको विधिलाई अभिलिखित
गर्छन् भने लूकाले
त्यसको आखिरी नतिजालाई ।