menu bar

Tuesday, October 7, 2014

अचम्मको मानवीय दिमाग





मैले अचम्मको मानवीय दिमाग शीर्षक अन्तर्गतको लेख पढ्दै छु यस वाक्यलाई तपाईंले केही सेकेन्डभित्रै पढेर सिध्याउनुहुँदा तपाईंको दिमागले कैयौँ कार्यहरू फत्ते गरिसकेको हुन्छ सर्वप्रथमत: यो वाक्य लेखिएको यस पेजमा तपाईंका आँखा केन्द्रित हुन्छन्  अनि आँखा मस्तिष्कसँग सम्बन्ध राख्ने नसाद्वारा यो तपाईंको दिमागमा प्रेषण गराइन्छ तपाईंले यसरी पढिरहनुहुँदा तपाईंको नाकले गन्ध पनि लिइरहेको हुन्छ भने कानले सुनी पनि रहेको हुन्छ यही समयमा मुटुले ढुकढुक गरिरहेको हुन्छ भने तपाईंको फोक्सोले सास फेरिरहेको हुन्छ दिमाग यससित गाँसिएका स्नायुहरूले शारीरिकक्रिया विज्ञानसँग सम्बन्धित अनगिन्ती कार्यहरू गर्छन् जसको विषयमा हामी आधारभूत कुराहरू मात्र जान्न सक्षम भएका छौं यस अद्वितीय अङ्गले एकै समयमासाथै एकदमै ठिक तरिकाले कसरी यी सबै कार्यहरू गर्न सक्छ भन्ने कुरा मानवजातिलाई अझै बुझ्न बाँकी रहेको कुरो हो

जम्मा तिन पाउन्ड तौल भएको यो मानवीय दिमाग यति सानो ठाउँ भए तापनि यसमा नै हाम्रो सम्पूर्ण शिक्षा, स्मरण शक्ति, सञ्चारको क्षमता, भावना, मनपर्ने कुराहरूसाथै मन नपर्ने कुराहरू छुट्याउन सक्ने क्षमता अटेको हुन्छ यसका अतिरिक्त त्यही तिन पाउन्डको पदार्थले हाम्रो मुटुको ढुकढुकीलाई चालू राख्छ हाम्रो फोक्सोलाई सास फेर्न लगाउँछ केरा सुन्तलाको बिचमा फरक छुट्याउन सक्ने क्षमता कहाँ अडेको हुन्छ ? यही नै सुन्तला हो भन्नको लागि कुनचाहिँ रासायनिक प्रतिक्रिया घट्छ ? हाम्रो स्मरणशक्ति कहाँ सञ्चित हुन्छ ? हाम्रो दिमागको कुनचाहिँ भागले हाम्रा भावनाहरूमाथि नियन्त्रण गर्छ ? प्रेम घृणाजस्ता हाम्रा भावनाहरूलाई हामीले कहाँ लुकाईराखेका हुन्छौं ? केले गर्दा हामीलाई एउटा आवाजले आँसु झार्न लगाउँछ भने अर्को आवाजले हाँस्न लगाउँछ ? यसका अतिरिक्त मानिसले प्रेम नै किन गर्नुपर्ने हो ?

यी प्रश्नहरू जति व्याकुल तुल्याउने खालका छन्, डार्बिनवादअनुसार यो दिमाग प्राकृतिक नियमद्वारा यहाँसम्म आइपुगेको हो भन्नेहरूको लागि ती अझै कष्टप्रद छन् मानवीय दिमाग आधुनिक कम्प्युटरभन्दा बढी केही होइन भनी विकासवादीहरू हामीलाई विश्वास गर्न लगाउँछन् के दिमाग केवल विकासवादको उत्पादन हो वा मानिस जनावरभन्दा फरक तरिकाले सृष्टि गरिएको ?

केही वर्षअगि प्राकृतिक इतिहास नामक ख्यातिप्राप्त पत्रिकाले जानकारी दिएको थियो कि एउटा स्टार फिस (ताराको आकार भएको माछा) को स्नायु प्रणाली लन्डनको टेलिफोन आदानप्रदानभन्दा बढी जटिल हुन्छ यदि यो सत्य हो भने एउटा सामान्य माछाको स्नायु प्रणाली त्यति जटिल हुन्छ भने मानवीय स्नायु प्रणाली कति जटिल होला ?

दिमागमा जोडिएका न्युरोनहरूलाई हाम्रो आकाशगङ्गामा भएका ताराहरूसँग तुलना गर्न सकिन्छ तपाईंको दिमागमा एक खरबभन्दा बढी मस्तिष्क कोषका न्युरोनहरू छन् एकएक न्युरोनको क्षमता सामान्य एउटा कम्प्युटरको जतिकै हुन्छ अनि यो सबै समय, प्राकृतिक नियम संयोगको नतिजा हो भन्न विकासवादीहरू लजाउँदैनन् मानवीय दिमागमा एक खरबभन्दा बढी विद्युतीय जोर्नीहरू हुन्छन् अनि यो भनेको संसारमा भएका सम्पूर्ण विद्युतीय उपकरणहरूमा उपलब्ध विद्युतीय जोर्नीहरूभन्दा बढी हो विकासवादी लेखक कार्ल सागनअनुसार हाम्रो दिमागमा दुई करोड पुस्तकहरूमा उपलब्ध सन्देश अटाउँछ सानो स्थानमा भएको ज्यादै ठुलो क्षेत्र हो मानवीय दिमाग

तर्कसङ्गत यो भन्न सकिन्छ कि सम्पूर्ण मानवीय शरीरमा दिमाग सबैभन्दा अद्वितीय अङ्ग हो यसको भौतिक संरचनाको कारणले मात्रै होइन तर यसले के गर्छ कसरी गर्छ भन्ने कारणले गर्दा पनि हो मानवीय दिमागको महत्त्व विकासवादीहरूले दिन चाहेको भन्दा बढी भनी हामी विश्वास गर्छौं मानवीय दिमागब्रम्हाण्डमा नै सबैभन्दा जटिल ज्यादै व्यवस्थित भौतिक पदार्थहो भनी आइज्याक एसिमोभले उल्लेख गरे गणितसाथै भौतिकशास्त्रका प्राध्यापक पावल डेभिजले यसलाईविज्ञानले जानेको सबैभन्दा विकसित सबैभन्दा जटिल प्रणालीभन्दा उनले बढाईंचढाईं गरेनन्

१५० पाउन्ड तौल भएको व्यक्तिको शरीरमा तिन पाउन्डको यस दिमागले मात्र दुई प्रतिशत ओगट्ने भए तापनि यो यति सक्रिय हुन्छ कि हाम्रो फोक्सोबाट लिइने बिस प्रतिशत अक्सिजन यसले नै प्रयोग गर्छ शरीरका क्रियाकलापहरू समायोजन गर्ने यो एउटा मुख्य माध्यम हो दिमाग पृथ्वीमा मात्र नभई सम्भवत: ब्रम्हाण्डमा नै विद्यमान सबैभन्दा जटिल संरचना भए तापनि यस पदार्थलाई राम्ररी परिभाषित गरिएको यो खप्परभित्र भएको भौतिक संरचना हो यो रासायनिक पदार्थ, एन्जाइम हर्मोनहरूद्वारा बनेको हुन्छ जसलाई नाप्न विश्लेषण गर्न सकिन्छ मानवीय दिमागलाई कम्प्युटरसित तुलना गर्नु ठिकै होला तर हालसम्म कुनै पनि मानवनिर्मित कम्प्युटर क्षमतामा संरचनामा मानवीय दिमागसित तुलना गर्न सकिन्छ के कम्प्युटरले सोच्न सक्छ ? के कम्प्युटर दिमागको तहसम्म पुग्न सक्छ ?

मानवजाति मात्र यस्तो प्राणी हो जसले आफ्नो दिमागको विषयमा सोच्छ मानवीय दिमागको भण्डार गर्ने क्षमता अविश्वसनीय मानवीय दिमागमा सञ्चित जानकारीलाई बाहिर ल्याउने हो भने एक अनुमानअनुसार ५०० माइल लामो आलमारीको आवश्यक पर्छ

कुनै पनि विकसित सहरको कार्यालय, अस्पताल, स्कुलमा तपाईं जानुस् तपाईंले मानिसहरूलाई कम्प्युटरमा बसिरहेको भेट्टाउनुहुन्छ कम्प्युटर दैनिक जीवनको अभिन्न अङ्ग बनेको यो लेख तपाईंकहाँ आइपुग्नमा यसले ठुलो भूमिका खेलेको सबै विवेकशील मानिसहरू सहमत छन् कि यी कम्प्युटरहरू हाम्रो यस पृथ्वीरुपी ग्रहमा समय, प्राकृतिक नियम संयोगद्वारा आइपुगेको होइन

कम्प्युटरहरू निर्माण गरिनुका कारणहरू छन् तिनीहरूको गति क्षमतामा निरन्तर वृद्धि गरिंदै छन् तर मानवीय दिमागको तुलनामा कम्प्युटर ज्यादै तल्लो स्तरको उपकरण हो एउटा लघुकथा वा कविता लेख्नको लागि कम्प्युटरले कलम समातेको अन्तिम समय कहिले हो ? काठका टुक्राहरूलाई एकत्रित गरी तिनीहरूलाई गितारको आकार दिई दृष्टिविहीन लेखिका फेन्नी जे. क्रज्बीद्वारा रचित भजनयेशू हुन् मेरो कस्तो विलाश” (ख्रीष्टिय भजन २८१) बजाउन कति कम्प्युटरहरू सक्षम भएका छन् ? तथापि कम्प्युटरभन्दा ज्यादै जटिल संरचनासाथै ज्यादै क्षमतावान् मानवीय दिमाग हामीलाई स्मरणशक्ति, भावना, तर्कशक्ति विचार आदानप्रदान प्राप्त गर्ने क्षमता प्रदान गर्नको लागि आफै विकसित भएको हो भनी विकासवादीहरू जिद्दी गर्छन्

थप रूपमा हामीलाई थाहा कि मानवीय दिमागले तर्क गर्न सक्छ सोच्न सक्छ अर्थात् यसमा आत्मजागरुकता कम्प्युटरले दर्जनौं कार्यहरू गर्न सक्छ जटिल कार्यहरू गर्न त्यो सक्षम तर मानिसबाट निर्देशित नभईकन होइन कम्प्युटरमा तर्क गर्ने क्षमता हुँदैन जस्तो मानवीय दिमागमा हुन्छ एक पटकआत्मा इच्छुक तर शरीर कमजोर भन्ने वाक्यलाई रसियन भाषामा अनुवाद गर्न लगाईंदा कम्प्युटरले नतिजा निकाल्यो, “भोड्का राम्रो मासु स्वादरहित हुन्छ यो वास्तविक अर्थसँग कति पनि मेल खाँदैन कम्प्युटरहरू आत्मजागरुक नै हुन्छन्

कसैले अनुमान गरेका छन् कि हाम्रो जीवनको प्रत्येक सेकेन्डमा हामीले एउटाएउटा नयाँ कुरो सिक्दै जाने हो भने मानवीय दिमागको क्षमतालाई रित्तो पार्नको लागि तिन लाख वर्ष लाग्छ साधारण भाषामा भन्नुपर्दा दिमाग विकसित कम्प्युटर मात्र अवश्य होइन दिमागका ती सबै गुँडुल्काहरू स्नायुका जालहरू प्रज्ञावान् रचनाकारका परिणाम हुन् टुँडिखेलको बिचमा पाइएको एउटा कम्प्युटर संयोगवश: त्यहाँ देखा परेको होइन भन्न सक्ने विकासवादी तर्कले त्यो भन्दा पनि जटिल मानवीय दिमाग संयोगवश: देखा परेको होइन भनी स्वीकार गर्न किन इच्छुक नभएको होला ? यदि कम्ती जटिल कम्प्युटरको लागि निर्माणकर्ताको आवश्यकता पर्छ भने अपरिमित रूपमा जटिल मानवीय दिमागको लागि के रचनाकारको आवश्यकता पर्दैन ?

दिमागको चकित पार्ने तत्त्वहरूमध्ये एउटा होएकै समयमा थुप्रै बेग्लाबेग्लै परिस्थितिहरूलाई प्रतिक्रिया देखाउन सक्ने क्षमता दिमागको आज्ञामा आफ्नो हातको प्रयोग गरी चित्र बनाइरहको एक कलाकारले उही समयमा विभिन्न कार्यहरू गर्न सक्छभान्छामा मासु पाकिरहेको कि साग पाकिरहेको भनी उसको नाकले सुँघ्न सक्छ; कुकुर भुकेको सुन्दा त्यो आफ्नो हो वा छिमेकीको हो भनी छुट्याउन सक्छ; आफ्नो अनुहारमा बतासको झोक्काको अनुभव गरी पानी पर्नै लागेको भनी थाहा पाउन सक्छ; विगतको न्यानो मित्रतालाई मनमा विचार गर्न सक्छ यी सबै कार्यहरू भइरहँदा दिमागले शरीरभित्रका लाखौँ क्रियाकलापहरूलाई पनि चालू गरिरहेको हुन्छ जसको विषयमा हामीले कहिल्यै सोच्दैनौं

मान्छेको दिमागमा भएको मस्तिष्क कोष यति सानो हुन्छ कि सियोको टुप्पोमा नै सयभन्दा बढी अटाउँछ अनुसन्धानकर्ताहरूको भनाइअनुसार ती जम्मै कोषलाई एकपछि अर्को गरी धागोमा उन्ने हो भने यस धागोले चन्द्रमालाई छोएर फेरि पृथ्वीमा फर्कन भ्याउँछ वैज्ञानिकहरूको भनाइअनुसार तपाईंको दिमागले जीवनभरीमा ब्रम्हाण्डमा भएका अणुहरूको सङ्ख्याजतिकै काम लाग्ने विचार गर्न सक्छ तपाईंजस्तै सबै काम गर्न सक्ने सोच्न सक्ने मेशिन प्रयोगशालामा बनाउन सकिने हो भने ब्रिटिस वैज्ञानिकहरूको भनाइअनुसार त्यसको मूल्य एक खरबभन्दा बढी पर्छ तपाईं जति उमेरको हुनु भए तापनि तपाईंले नयाँनयाँ कुरा सिक्न थाल्नुभयो भने मस्तिष्कको न्युरोनका डेन्ड्राइट्स सिन्याप्सहरू पनि बढ्न थाल्छन् परिणाम स्वरूप सिक्ने क्षमता पनि झन्झन् वृद्धि हुँदै जान्छ

नासाका वैज्ञानिक रोबर्ट ज्यास्ट्रोले बताएका छन्, “मानिसमा भएको विवेक आत्माको उल्लेखनीय शक्तिहरूलाई विचार गर्दा पृथ्वीको धूलोबाट संयोगवश : बनेको हो भन्ने कुरा के सम्भव ? संयोगको उत्पादनको रूपमा मानवीय आँखाको उद्विकासलाई पनि स्वीकार गर्न कठिन हाम्रा पूर्वजहरूको दिमागमा भएको उद्देष्यविहीन फूटको उत्पादनको रूपमा मानवीय बुद्धिको उद्विकासलाई स्वीकार गर्न झनै कठिन मानवीय शरीरमा भएका अङ्गहरूमध्ये विकासवाद्वारा व्याख्या गर्नको लागि दिमागभन्दा अन्य कुनै कठिन छैन दिमागमा भएका शक्तिहरूले मानिसलाई अन्य प्राणीहरूभन्दा फरक बनाउँछन् दिमागको बारेमा भएका सत्यताहरूको तार्किक विचारले हामीलाई दिमागका सुप्रसिद्ध शल्यचिकित्सक रोबर्ट ह्वाइटसित सहमत हुन बाध्य बनाउँछ जसले लेखे, “अविश्वसनीय दिमाग समझको सम्बन्धको रचना विकासको लागि अलौकिक चेतनाको अस्तित्व उत्तरदायी भनी महसुस गर्नुबाहेक मसित अर्को विकल्प छैन यो मानवीय क्षमताभन्दा परको कुरो हो जुन बुझ्न कठिन ”  हाम्रो दिमागको अचूकपन जटिलता अनि हाम्रो समझसित अन्तरक्रिया गर्न सक्ने यसको क्षमताले स्पष्टत: प्रज्ञावान् रचनाकारलाई देखाउँछ

कैयौँ वैज्ञानिकहरूले शताब्दीऔँसम्म दिमागको अध्ययन गरेका छन् दिमागलाई व्याख्या गर्नको लागि तिनीहरूले भेट्टाएको एउटै शब्द होअचम्मको
                 



Leave Your Comments Here!