menu bar

Tuesday, October 14, 2014

येशूको पापहीनताबारे प्रसिद्ध भनाइहरू



येशू पूर्णत: निर्दोष व्यक्तित्व हुनुहुन्थ्यो जसले आफ्ना शत्रुहरूसाथै अरूहरूका निम्ति आफैलाई बलिदान गर्नुभयो उहाँ संसारको प्रायश्चित्त बन्नुभयो यो एउटा सिद्ध कार्य थियो
                महात्मा गान्धी, भारतीय स्वाधीन अभियानका सर्वश्रेष्ठ अगुवा

येशूले यस धरतीमा एक करोड पचास लाख मिनेटको जीवन बिताउनुभयो उहाँले आफ्नो जीवन दुष्ट भ्रष्ट पुस्ताको बिचमा बिताउनुभयो तरै पनि पृथ्वीमा जन्म लिनुभएदेखि क्रूसमा प्राण त्याग नगरुन्जेलसम्म उहाँको हरेक विचार, हरेक कार्य, हरेक उद्देश्य, हरेक काम जुन व्यक्तिगत रूपमा गरिएका हुन् वा सार्वजनिक रूपमा गरिएका हुन् ती सबै नै परमेश्वरद्वारा अनुमोदित थिए एकै पटक पनि हाम्रा प्रभुले पापको स्वीकार गर्नुभएन किनकि उहाँमा कुनै पाप थिएन
विल्बर स्मिथ

येशूको जीवनबाट हामीले प्राप्त गर्ने पहिलो प्रभाव भनेकै पापले भरिएको संसारको बिचमा उहाँको सिद्ध निर्दोषता पापहीनता हो निष्कलङ्क बाल्यावस्थाको पापरहित शुद्धतालाई उहाँले मात्र युवावस्था प्रौढावस्थासम्म जोगाउनुभयो तसर्थ, थुमा ढुकुर उहाँका उपयुक्त प्रतीकहरू हुन्
फिलिप स्काफ, प्रसिद्ध मण्डली इतिहासकार
                 
पापरहित सिद्धता सिद्ध पापरहितत्व त्यो कुरो हो जुन अवतारी परमेश्वरबाट हामीले अपेक्षा गर्नुपर्छ येशूमा हामी यो पाउँछौँ
बर्नाड र्याम

पृथ्वीमा येशूभन्दा निष्पाप व्यक्ति कोही बाँचेन उहाँले कसैलाई चोट पुर्याउनुभएन; उहाँले कसैबाट कुनै फाइदा लिनुभएन; उहाँले कहिल्यै अनुचित वचन बोल्नुभएन; उहाँले कहिल्यै गलत काम गर्नुभएन
फिलिप स्काफ, प्रसिद्ध मण्डली इतिहासकार

तब यो प्रष्ट कि जसरी येशूले आफू मसीह परमेश्वरका पुत्र हुनुभएको विश्वास गर्नुभयो त्यसै गरी उहाँले आफू पापरहित हुनुभएको विश्वास गर्नुभयो
जोन स्टट

[येशू ख्रीष्ट] सदाचारी मिलनसार मानिस हुनुहुन्थ्यो उहाँले प्रचार अभ्यास गर्नुभएको नैतिकता सबैभन्दा बढी उपकारी किसिमको थियो
थोमस पाइने

ख्रीष्टको पापहीनता हामीलाई उदाहरणको लागि मात्र होइन यो हाम्रो उद्धारको लागि आधारभूत अपरिहार्य यदि ख्रीष्टनिष्खोट थुमाहुनुहुन्थेन भने उहाँले कसैको उद्धारलाई सुरक्षित राख्न नसक्नुहुने मात्र होइन तर उहाँ आफैलाई मुक्तिदाताको खाँचो पथ्र्यो येशूले क्रूसमा बोक्नुभएको मनग्गे पापहरूका लागि एउटा सिद्ध बलिदानको खाँचो पथ्र्यो त्यो बलिदान त्यस्तो व्यक्तिले गर्नुपथ्र्यो जो सिद्ध हुनुहुन्थ्यो
आर. सी. स्प्रौल

उहाँको पापहीनताबाट नै येशूले आफैलाई हाम्रा पापको निम्ति सिद्ध बलिदानको रूपमा योग्य ठहराउनुभयो ... येशू असिद्धहरूका निम्ति सिद्ध पापीहरूका निम्ति पापरहित मानिसको रूपमा मात्र मर्नुभएन तर उहाँले हाम्रो उद्धारको निम्ति आवश्यक सिद्ध आज्ञापालनको जीवन पनि जिउनुभयो
आर. सी. स्प्रौल

तब उहाँ [येशू] को मिसनसाथै एकैनासको चालचलन सुस्पष्ट समर्पणबाट यो सत्यता निर्विवाद कि ख्रीष्टले आफैलाई पाप दोषबाट मुक्त भएको रूपमा चिन्नुहुन्थ्यो यस सत्यताको लागि एउटै मात्र तर्कसङ्गत व्याख्या यही हो कि ख्रीष्ट पापी हुनुहुन्थेन
फिलिप स्काफ, प्रसिद्ध मण्डली इतिहासकार

येशूको चेतनामा यस्तो कुनै कुरो छैन जसले उहाँ कुनै पापको दोषी हुनुहुन्थ्यो भनी अङ्कित गर्छ
सी. . जेफरसन 

अहिलेसम्म देखा पर्ने सबै मानिसहरूमध्ये येशू सर्वाधिक सिद्ध हुनुहुन्छ
राल्फ वाल्डो इमर्सन

उहाँ [येशू] सद्गुणको महानतम नमुना मात्र हुनुभएको छैन तर यसको अभ्यासको लागि सर्वाधिक मजबुत प्रेरक व्यक्तित्व पनि बन्नुभएको

विलियम लेके, इतिहासकार  

Leave Your Comments Here!