अगस्टिन
ईश्वरशास्त्री, दार्शनिक, रक्षाशास्त्रीसाथै लेखक
थिए । पाश्चात्य
ख्रीष्टियमत र पाश्चात्य
दर्शनशास्त्रको विकासमा तिनका रचनाहरूले
उल्लेखनीय भूमिका निभाए ।
१०० भन्दा बेसी
कृतिहरू लेखेका अगस्टिनका परमेश्वरको सहर र
स्वीकारोक्ति सर्वाधिक
महत्त्वपूर्ण रचनाहरू हुन् ।
ख्रीष्टाब्द
३५४ मा उत्तर
अफ्रिका (हाल अल्जेरिया)
को रोमी सहर
तागास्तेमा अगस्टिनको जन्म भएको
थियो । तिनकी
आमा मोनिका एक
भक्त ख्रीष्टियान थिइन्
भने तिनका बुबा
प्याट्रिक अन्यजाति थिए जो
मृत्युशैय्यामा ख्रीष्टियान भएका थिए
।
आफ्नो
युवा अवस्थालाई अनैतिकताको
खाडलमा हिँडाएका अगस्टिनको परिवर्तन
नाटकीय पाराले भएको छ
। ख्रीष्टाब्द ३८६
को ग्रीष्म ऋतुमा
इटालीको मिलान सहरको बगैँचामा
बसिरहँदा तिनले एउटा बच्चाको
आवाज सुने ।
त्यो आवाजले भन्दै
थियो, “उठाऊ र
पढ । उठाऊ
र पढ ।”
गीतको भाकामा आएको
बच्चाको यस आवाजलाई
सुरुमा तिनले बेवास्ता गरे
तापनि यो परमेश्वरबाट
आएको आज्ञा हो
भनी ठानी तिनले
बाइबल खोले र
तिनका आँखा यी
वचनहरूमा परे, “दिउँसोजस्तै गरी
हामी ठीकसँग चलौं
। मोजमज्जामा, मतवालीपनामा,
व्यभिचारमा, भ्रष्टचारमा, झगडामा र डाहमा
होइन । तर
प्रभु येशू ख्रीष्टलाई
धारण गर र
पाप–स्वभावको अभिलाषा
पूरा गर्ने कुरामा
ध्यान नदेओ ।”
यी वचनहरू रोमी
१३:१३–१४
का हुन् ।
अगस्टिनले
३२ वर्षको उमेरमा
येशूलाई आफ्नो प्रभु र
मुक्तिदाताको रूपमा स्वीकार गरे
। ख्रीष्टाब्द ३८७
मा मिलानका बिशप
एम्ब्रोजले अगस्टिन र उनका
छोरा अदेदातसलाई बप्तिस्मा
दिए ।
ख्रीष्टमा
आइसकेपछि तिनले आफ्नो शिक्षण
पेशालाई त्यागिदिए र बाँकी
जीवन प्रभुको सेवकको
रूपमा बिताउने प्रण
गरे । ३५
वर्षसम्म हिप्पोका बिशप बनेका
अगस्टिनले पास्टरिय सेवामा दिएका
योगदानहरूका अतिरिक्त तिनले कैयौँ
प्रवचनहरू र पत्रहरू
कोरे जसमध्ये झन्डै
१,००० ओटा
प्रवचन र २५०
ओटा पत्रहरू विद्यमान
छन् । हिप्पोको बगालको
रक्षा गर्ने आफ्नो
प्रतिबद्धतामा तिनले विभिन्न झुटासाथै
बाइबल विपरीत गैरख्रीष्टियान
शिक्षाहरूको सामना गरे ।
अगस्टिनलाई
प्राचीन मण्डलीको एक महत्त्वपूर्ण
प्रतिभाको रूपमा आदर गरिन्छ
। पाश्चात्य ख्रीष्टियमतमा
तिनको प्रभाव आजसम्म
पनि छ । तिनको शिक्षालाई धर्मको
उच्चतम प्राप्तिको रूपमा व्याख्या
गरिन्छ । सुसमाचारको
प्रतिरक्षाको लागि मण्डली
तिनीप्रति ऋणी छ
। परमेश्वरले एउटा
पतित मान्छेलाई उठाई
उहाँको एउटा असल
भाँडो बनाउन सक्नुहुन्छ
भन्ने ज्वलन्त उदाहरण
हो अगस्टिनको जीवनी
।