मण्डलीद्वारा प्राचीन
रोमको
परिवर्तन
पाश्चात्य
इतिहासमा यस्ता कालखण्डहरू छन्
जहाँ परमेश्वरले समाज
रूपान्तरणको लागि मण्डलीलाई
प्रयोग गर्नुभएको छ । रोड्नी स्टार्कद्वारा लिखित
द
राइज
अफ
क्रिस्चियानिटी
नामक पुस्तकमा लेखकले
नाटकीय उदाहरणहरू प्रस्तुत गरेका
छन् । स्टार्क
अन्तर्राष्ट्रिय रूपमा चिरपरिचित समाजविद्साथै
धार्मिक अभियानको अध्ययनमा विशेषज्ञ
हुन् । तिनी
बाइबल विद्वान् होइनन्
। पहिलो शताब्दीको
मण्डली वृद्धिमा ईश्वरीय हस्तक्षेपको
भूमिकालाई तिनले जाँच गरेका
छैनन् । बरु,
समाज विज्ञानका सिद्धान्त
र विधिहरूलाई तिनले
उपलब्ध ऐतिहासिक जानकारीमा लागु
गराएका छन् ।
तिनको अवलोकनमा ख्रीष्टियमतको
उदय पाश्चात्य इतिहासको
विगत २,०००
वर्षमा भएको महानतम
सामाजिक परिवर्तन हो ।
आफ्नो कृतिमा लेखक जाँच
गर्छन् कि १२०
जना मानिसको एउटा
सानो, सतावट भोगेको,
उत्पीडित, तिरस्कृत, आलोचित समूह
३०० वर्षभित्र पुरै
रोमलाई रूपान्तरण गर्न सक्षम
भयो (प्रेरित १:१५) ।
लेखक
अवलोकन गर्छन् कि आदि
ख्रीष्टियानहरूको सानो समूहले
मानव–जातिबारे नयाँ
दर्शनलाई परिचित गरायो ।
एउटा यस्तो दर्शन
जुन ग्रिक र
रोमी संस्कृतिमा अपरिचत
थियो । लेखकले
यस्ता केही प्रारम्भिक
ख्रीष्टियान विश्वास र अभ्यासहरूको
पहिचान गरेका छन् जसले
रोमी समाजमा एउटा
क्रान्तिकारी परिवर्तन ल्याए र
संसारलाई मानव–जातिबारे
एउटा नयाँ दृष्टिकोणको
सूत्रपात गराए ।
(१)
गैरख्रीष्टियान संसारमा पहिलो पटक
यस्तो परमेश्वरको परिचय
गराइयो जसले उहाँलाई
प्रेम गर्नेहरूलाई प्रेम
गर्नुहुन्छ । यो
एउटा क्रान्तिकारी परिवर्तन
थियो । गैरख्रीष्टियान
रोममा देवताहरूका आ–आफ्नै एजेन्डाहरू हुन्थे
। प्रेम र
प्रभुत्वको प्रतिस्पर्धा गर्दै तिनीहरूले आफ्नो धेरैजसो
समय एक अर्कासँग
झगडा गर्न बिताउँथे
। तिनीहरूको पूजा
गर्ने मानिसहरूमा तिनीहरूको
खासै रुचि थिएन
। तर ख्रीष्टियानहरूको
परमेश्वरले उहाँलाई प्रेम गर्नेहरूलाई
वास्तवमै प्रेम गर्नुहुन्छ ।
(२)
यसका अतिरिक्त, परमेश्वरले
मानव–जातिलाई प्रेम
गर्नुहुने भएकोले र बलिदानद्वारा
आफ्नो प्रेमलाई
देखाउनुभएकोले ख्रीष्टियानहरूले पनि अरूलाई
प्रेम गरी तिनीहरूको
सेवा गर्नुपर्छ ।
यो क्रान्तिकारी अवधारणा
थियो । साधारणतया
गैरख्रीष्टियान रोमीहरूले आफ्नै परिवार,
तिनीहरूकै वर्गका मानिसहरू र
राजनीतिसाथै आर्थिक रूपमा फाइदा
हुने बाहेकका मानिसहरूलाई
प्रेम गर्दैनथ्ये ।
तर यो नयाँ
परमेश्वरले तत्त्वत: भन्दै हुनुहुन्थ्यो,
“म तिमीहरूलाई प्रेम
गर्दछु र मैले
तिमीहरूलाई प्रेम गरेकाले रगतको
सम्बन्ध, वर्ग, राजनीतिकसाथै आर्थिक
साँठगाँठका बाबजुत पनि मैलेजस्तै
तिमीहरूले प्रेम गरेको म
चाहन्छु । तिमीहरूले
गरिब र मर्कामा
परेकाहरूलाई प्रेम गरेको म
चाहन्छु । खास
गरी संसारमा मामुली
दर्जामा भएकाहरूलाई तिमीहरूले प्रेम
गरेको म चाहन्छु
।”
(३)
विश्वासीहरूको बिचमा भएको एउटा
विश्वास र अभ्यास
यस्तो थियो— कुनै
श्रेणी वा जातिय
विभेद छैन ।
यो एउटा पृथक्
विचार थियो ।
आराधना सङ्गतिमा एउटा खानदानी
व्यक्ति र नोकर
सँगसँगै आउँथे र एक
अर्कालाई दाजुभाइ भन्थे ।
किन एउटा खानदानी
व्यक्तिले एउटा नोकरलाई
दाजु भन्न दिने
? किन खानदानी व्यक्तिले
नोकरलाई भाइ भन्ने
? मानवीय सम्बन्धको बारेमा भएको
यो पूर्णत: नयाँ
दर्शन थियो ।
(४)
अर्को एउटा अद्वितीय
ख्रीष्टियान विश्वास थियो— परमेश्वर
करुणामय परमेश्वर हुनुहुन्छ जसले
करुणाको अपेक्षा गर्नुहुन्छ ।
यो गैरख्रीष्टियान रोमीहरूको
अवधारणाभन्दा ठिक विपरीत
थियो । रोम
क्रूरताको लागि परिचित
थियो । स्टार्कले
एक जना सम्राट्को
बारेमा उल्लेख गरेका छन्
जसले आफ्नो छोरोको चौधौँ जन्म
दिवस अनौठो तरिकाले
मनाए । तिनले
पेशेवार लडाकु मानिसहरूलाई लडाईंको
निम्ति मनोरञ्जन स्थलमा ल्याए
ताकि तिनीहरूले एक
अर्कासँग लडाईं गरेर एकले
अर्कालाई मारोस् अनि तिनको
छोरोले त्यस दृश्यलाई
देखोस् । ख्रीष्टियानहरू
खास गरी गरिबहरूप्रति
करुणामय भएकाले रोमीहरूले तिनीहरूको
उपहास गर्थे ।
गरिबहरूलाई किन हेरचाह
गर्ने भनी तिनीहरूले
बुझ्न सक्दैनथे तर
ख्रीष्टियान अभियानको त्यो एउटा
केन्द्रिय विश्वास र अभ्यास
थियो ।
(५)
महिलाभन्दा पुरुष बढी मूल्यवान्
हुन्छ भनी रोमीहरूले
विश्वास गर्थे । पतिले
आफ्ना पत्नी र
छोराछोरीहरूलाई प्रेम गर्नुपर्छ भन्ने
ख्रीष्टियान अवधारणालाई तिनीहरूले खिल्लिमा
उडाउँथे । रोमी
पतिहरूले पत्नीहरू र छोराछोरीहरूलाई
सम्पत्ति ठान्थे । कानुनी
नतिजाहरूको ख्यालै नगरी रोमी
पुरुषहरूले आफ्ना छोराछोरीको हत्या
गर्थे किनकि छोराछोरी
तिनीहरूका सम्पत्ति थिए ।
त्यसैले आफ्नो सम्पत्तिमाथि
आफ्नो इच्छाअनुसार
तिनीहरूले रजाइँ गर्न सक्थे
। नव ख्रीष्टियान
धर्ममा मानिसहरूले आफ्ना पत्नीहरूलाई
आफैलाई झैँ
प्रेम गर्नुपथ्र्यो ।
(६)
यसका अतिरिक्त, ख्रीष्टियानले
गर्भपतन र शिशुहत्यालाई
इन्कार गर्यो जुन
रोममा उच्चस्तरीय अभ्यास
थियो । युद्ध
मैदानबाट आफ्नी श्रीमतीलाई एक
रोमी सिपाहीले पठाएको
चिठीलाई स्टार्कले उद्धृध गरेका
छन्, “[म
घरमा आउनुअगि]
तिमीले बच्चा जन्मायौ भने
छोरो रहेछ भने
सुरक्षित राख तर
छोरी रहेछ भने
मिल्काइदेऊ ।” शिशुहरूका
दर्जनौँ हड्डीहरू रोमका ढलहरू
उत्खनन गर्दा फेला पारिए
। स्टार्कको अनुमान
छ कि यी
ती अनपेक्षित बच्चीहरूका
हड्डीहरू हुन् ।
तर यस नयाँ
धर्ममा चाहे ती
अपाङ्ग, अजात (नजन्मेको), स्त्री
वा पुरुष, नोकर
वा खानदानी सबैको
जीवनको मूल्य उही छ
। कस्तो क्रान्तिकारी
अवधारणा !
(७)
आखिरी अवलोकन उत्तेजक
छ । स्टार्क
अवलोकन गर्छन् कि यी
विश्वासीहरूले अरू मानिसहरूलाई
प्रेम गर्थे चाहे
ती ख्रीष्टियान हुन्
या नहून् ।
यो
सजिलो कदम भने
थिएन । स्टार्क
बताउँछन् कि रोमका
केही सार्वजनिक स्थल
र पम्पे सहरमा
गरिएको उत्खननको बारेमा सुन्दा
रोममा जिउने विषयमा
मानिसहरू सोच्न पनि सक्दैनन्
। यी ठाउँहरूमा
उच्च र मध्यम
वर्गीय मानिसहरू बस्थे ।
गरिबहरू दूरस्थ क्षेत्रका फोहर
र अति साँघुरा
ठाउँहरूमा बस्थे । भत्कनै
लागेका ती घरहरूमा
तिनीहरू सुत्ने बेला मात्रै
जान्थे । सरसफाइसम्बन्धी
अभ्यास गौण थियो
। बगिरहेको पानी
थिएन न त पाइखाना । मानिसहरूले
दिशापिसाब गरेर झ्यालबाट
त्यसै बाटोमा फ्याँक्थे
। जब प्रचण्ड
रोगले त्यस फोहोरी
इलाकालाई पक्रन्थ्यो तब हरेक
मानिस बिरामी पथ्र्यो
। महामारीले कैयौँको
ज्यान लान्थ्यो ।
ख्रीष्टियमतले
विश्वासको प्रमुख कर्तव्यको रूपमा
प्रेम र परोपकारलाई
जोड दियो ।
महामारीको उचाइमा ख्रीष्टियानहरूले बिरामीहरूप्रति
करुणा र उदारता
देखाउँदा के फरक
पाथ्र्यो त ? विस्मयकारी
ढङ्गमा स्टार्क बताउँछन् कि त्यस्तो
बेलामा थोरै मात्र
स्याहारसुसार, वास्ता, खाना र
वासस्थान पाउँदा तिनीहरूको जिउने
अवसर वृद्धि हुन्थ्यो
। ख्रीष्टियानहरूले त्यो
अवसर जुटाइदिन्थे ।
ख्रीष्टियानहरू मर्नको लागि डराउँदैनथ्ये
किनकि मृत्यु अन्त्य
होइन भनी तिनीहरूलाई
थाहा थियो ।
अर्कोतिर,
डाक्टरहरूलगाएत गैरख्रीष्टियान रोमीहरूले बिरामीहरूको सेवा
गर्नुको कुनै कारण
थिएन । सम्भव
भएसम्म तिनीहरू सङ्क्रमित सहरहरूबाट
भाग्ने गर्थे । सहरभित्रै
बस्नेहरूले बिरामीहरूलाई बाहिर निकाल्थे अनि
तिनीहरूलाई बाटोमा त्यसै छाडिदिन्थे
।
ख्रीष्टियान
धर्मले मानव–जातिको
विषयमा मन छुने
नयाँ दर्शनलाई अगाडि
ल्यायो जसले धेरै
मानिसहरूलाई ख्रीष्टियमततर्फ आकर्षित गर्यो ।
ख्रीष्टाब्द ४० मा
६ करोड २०
लाख जनसङ्ख्यामध्ये केवल
१,००० (०.००१७%) विश्वासीहरू थिए
। ख्रीष्टाब्द ३००
सम्म आइपुग्दा यो
सङ्ख्या बढेर ६०
लाख (जम्मा जनसङ्ख्याको
१०.५०%) पुग्यो
। साँढे दस
प्रतिशत जनसङ्ख्याले समाज र
संस्कृतिमा यस्तो उल्लेखनीय रूपान्तरण
ल्याइदियो कि सम्राट्
कन्स्टेन्टाइनले ख्रीष्टाब्द ३१३ मा
मिलानको विज्ञप्ती जारी गरे
जसमा गैरख्रीष्टियान रोमी
साम्राज्य ख्रीष्टियान रोम भएको
घोषणा उल्लेख थियो
।
सुधारवाद र
वेस्लीको
जागृतिको
समयमा
मण्डलीको
प्रभाव
मण्डलीले
पारेको महान् सामाजिक प्रभावको
सम्बन्धमा मण्डली इतिहासले अर्को
साक्षी पनि उपलब्ध
गराउँछ । सुधारवादको
समयमा स्वीजरल्यान्ड, जर्मनी
र हल्यान्डमा समाजहरू
रूपान्तरित भए ।
वेस्लीको जागृतिको समयमा इङ्गल्यान्डमा
पनि उही कुरो
भयो । वेस्लीको
जागृतिअगि पाश्चात्य जगत्का सबैभन्दा
भ्रष्ट र अनैतिक
समाजहरूमध्ये इङ्गल्यान्ड एक थियो
। श्रमिकहरूको बिचमा
केटाकेटी र स्त्रीहरूलाई
दुव्र्यवहार गरिन्थ्यो । अनैतिकता
व्याप्त थियो ।
लोभले साम्राज्यमाथि शासन
गरेको थियो र
ब्रिटिस दासप्रथालाई इन्धन हालेको
थियो । ब्रिटिस
दासप्रथा संसारले अहिलेसम्मै जानेको
मानव–जातिको सबैभन्दा
ठुलो व्यापार थियो
। तर वेस्लीको
जागृतिद्वारा जब बाइबलिय
दृष्टिकोणलाई इङ्गल्यान्डमा भित्रयाइयो समाजमा उल्लेखनीय
रूपान्तरणको अनुभूति भयो ।
इङ्गल्यान्डमा
दासप्रथाको उन्मूलनको लागि परमेश्वरले
ब्रिटिस राजनीतिज्ञ विलियम विल्बरफोर्सलाई
अगाडि सार्नुभयो ।
पहिलो वर्षमा विल्बरफोर्सले
संसदमा दासप्रथाको निर्मूलनको कानुनलाई
परिचित गराउँदा तिनको पक्षमा
केवल एक मत
खसेको थियो ।
त्यो पनि तिनको
मात्रै । वर्षैपिच्छे
दासप्रथा विरुद्धको कानुन निर्माणमा
तिनी लागिरहे ।
तिस वर्षभन्दा बढी
समयसम्म तिनी निरन्तर
रूपमा लागिरहे ।
हरेक वर्ष तिनको
पक्षमा भोट हाल्नेहरूको
सङ्ख्या बढ्दै गयो ।
अन्ततोगत्वा १८०७ मा
दासप्रथालाई कानुनबाट निर्मूलन गराइयो
। कानुनत: दासप्रथा
सधैँको लागि इङ्गल्यान्डबाट
हट्यो । किन
? ती वर्षहरूमा जागृति
इङ्गल्यान्डभरि नै फैलँदै
थियो । विल्बरफोर्सले
आफ्नो आवश्यक भूमिका
निभाए तापनि ख्रीष्टको
देहको उल्लेखनीय प्रभावले
गर्दा नै त्यो
सोचाइको उदय भएको
थियो । त्यस
परिवर्तनले विल्बरफोर्सको दासप्रथा विरुद्धको अभियानलाई
वास्तविकतामा परिणत गरिदियो ।
वास्तवमा विल्बरफोर्सले मेथोडिज्मका संस्थापक जोन
वेस्लीलाई आफ्ना आत्मिक पिताको
रूपमा हेर्थे ।
(नोट:
डा. रोबर्ट मोफिटद्वारा
लिखित आलेख द रोल अफ
द
चर्च
इन
सोसाइटीको अंश
हो यो ।
यो अनुमति पाएर
अनुवाद गरिएको हो ।)