प्रेरित
७:१५–१६
ले बताउँछ, “याकूब
मिश्रदेशमा गए, र
त्यहीँ उनको देहान्त
भयो, र हाम्रा
पुर्खाहरूको पनि त्यहीँ
नै देहान्त भयो
। त्यसपछि तिनीहरूका
मृत शरीर शकेममा
लगे, र अब्राहामले
शकेममा हमोरका छोराहरूबाट दाम
तिरेर किनेको चिहानमा
राखे ।” तर
मोशाको विवरणअनुसार याकूबले मर्ने
बेलामा आफ्ना छोराहरूलाई दिएको
आज्ञालाई तिनीहरूले शिरोपर गरे,
“तिन [याकूब] का छोराहरूले
तिनलाई कनानसम्मै पुर्याए, र
हित्ती एप्रोनसँग खेतसमेत अब्राहामले
चिहान बनाउनलाई किनेको
ओडार, अर्थात् मम्रेनेरको
मक्पेलाको खेतमा भएको ओडारमा
तिनलाई गाडे” (उत्पत्ति ५०:१३) ।
यी दुई ओटा
विवरणहरूलाई तुलनात्मक रूपमा अध्ययन
गर्दा याकूबको समाधि
स्थलबारे प्रस्ट विरोधाभास देखिन्छ
। केही बाइबल
आलोचकहरूले स्तिफनसले यहाँ भुल
गरेका छन् भन्नेसम्मको
दुस्साहस गरेका छन् ।
तर होसियार अध्ययनले
स्तिफनसको भनाइलाई गम्भीरतापूर्वक बुझ्नुपर्दोरहेछ
भन्ने निष्कर्षतर्फ डोर्याउँछ
।
उत्पत्तिको
पुस्तकले प्रस्टसँग बताउँछ कि
अब्राहाम र तिनकी
पत्नी सारा अनि
इसहाक र तिनकी
पत्नी रिबेका अनि
याकूब र तिनकी
पत्नी लेआ मम्रेनेरको
मक्पेलाको खेतमा भएको ओडारमा
गाडिए (उत्पत्ति ४९:२९–५०:१४)
। प्रेरित ७:१५–१६
अनुसार याकूबलाई शकेममा गाडिएको
जस्तो देखिए तापनि
शकेममा गाडिएका लाशहरूमा तिनको
लाश पर्दैन तर
निश्चय नै योसेफ
र तिनका दाजु–भाइहरूका लाशहरू भने
पर्छन । योसेफको
लाशलाई पहिले मिश्रमा नै
राखियो (उत्पत्ति ५०:२६)
तर तिनको अस्थिलाई
पुन: शकेममा गाडियो
(यहोशू २४:३२)
। यो साँचो
हो कि यहोशू
२४:३२ ले
योसेफको अस्थिलाई मात्र उल्लेख
गर्छ र तिनका
दाजु–भाइका शवहरूबारे
केही पनि भन्दैन
। पुरानो करार
तिनीहरूको समाधि स्थलबारे मौन
रहे तापनि स्तिफनसले
पहिलो पटक आफ्नो
भाषणमा उल्लेख गरे कि
तिनीहरू शकेममा नै गाडिए
। तब हामी
तर्कसङ्गत यो निष्कर्षमा
जान सक्छौँ कि
प्रेरित ७:१६
मा उल्लिखित सर्वनाम
“तिनीहरूका” ले अब्राहाम,
इसहाक र याकूबलाई
समावेश नगरी पद
१५ को “हाम्रा
पुर्खाहरू” तिर फर्की
योसेफ र तिनका
दाजु–भाइहरूलाई मात्र
उल्लेख गर्छ ।