menu bar

Saturday, January 31, 2015

यदि परमेश्वरले चौथो दिनमा सूर्यलाई सृष्टि गर्नुभयो (उत्पत्ति १:१६) भने अगिल्ला तिन दिनको उज्यालो कहाँबाट आयो ?



अगिल्ला तिन दिनको सृष्टिपछि चौथो दिनमा परमेश्वरले सूर्य, चन्द्रमा ताराहरूको सृष्टि गर्नुभयो भनी मोशा लेख्छन्, “अनि परमेश्वरले दुई विशाल ज्योतिहरू सृष्टि गर्नुभयोठूलो ज्योति [सूर्य] दिनमाथि प्रभुत्व गर्न, सानो ज्योति [चन्द्रमा] रातमाथि प्रभुत्व गर्न उहाँले ताराहरू पनि बनाउनुभयो” (उत्पत्ति :१६) तब स्वाभाविक प्रश्न यो हो कि यदि परमेश्वरले चौथो दिनमा सूर्यलाई सृष्टि गर्नुभएको थियो भने अगिल्ला तिन दिनसम्मको उज्यालो कहाँबाट आयो ? के सूर्यविना दिन रात सम्भव ? के सूर्यविना बिहान बेलुकाको कल्पना गर्न सकिन्छ ?  

आज हामीलाई थाहा कि सूर्यको प्रकाश पृथ्वीको घुमाइको कारणले गर्दा दिन रात हुन्छ हामीलाई यो पनि थाहा कि सूर्यविना पनि हामी प्रकाश पाउन सक्छौँ प्रकाशका विभिन्न माध्यमहरू छन्: मैनबत्ती, दाउरा, चिम, सलाई आदि निश्चय नै पृथ्वीको लागि सूर्य सबैभन्दा बेसी प्रकाश उत्पादन गर्ने स्रोत हो तर यो मात्र एउटै स्रोत भने अवश्य होइन

परमेश्वर असीमित सर्वशक्तिमान् हुनुहुन्छ भनेर जब हामी बुझ्दछौँ तब सूर्यलगायतका आकाशिय पिण्डहरूविना नै उहाँले ज्योतिको उदय गराउन सक्नुहुन्छ भन्ने कुरा छर्लङ्ग यूहन्ना : मा लेखिएको , “परमेश्वर ज्योति हुनुहुन्छ उहाँमा कत्ति पनि अँध्यारो छैन अगिल्ला तिन दिनको लागि परमेश्वर स्वयम् नै ज्योति हुनुहुन्थ्यो पृथ्वीको सृष्टि हुनेबित्तिकै यो आफ्नो अक्षमा घुम्न सुरु गर्यो अनि एक दिशाबाट परमेश्वर आफैले ज्योतिको काम गर्नुभयो भनी व्यक्त गर्नु तर्कसङ्गत छैन ? नयाँ स्वर्ग नयाँ पृथ्वीमा पनि सूर्यविना नै उज्यालो हुनेछ, “त्यहाँ फेरि रात हुनेछैन, तिनीहरूलाई बत्ती वा घामको उज्यालो चाहिनेछैन, किनकि परमप्रभु परमेश्वर नै तिनीहरूको उज्यालो हुनुहुनेछ, तिनीहरूले सदासर्वदै राज्य गर्नेछन्” (प्रकाश २२:)   

निष्कर्षमा, सुरुका ती दिनमा परमेश्वर स्वयम् नै प्रारम्भिक ज्योतिको स्रोत हुनुहुन्थ्यो उहाँ नै अगिल्ला तिन दिनको ज्योतिको लागि जिम्मेवार हुनुहुन्थ्यो सूर्यको सृष्टिपछि प्राकृतिक स्रोतद्वारा पृथ्वीले दिन रातको अनुभव गर्न थाल्यो      

Leave Your Comments Here.


Thursday, January 29, 2015

के येशू क्रूसमा मर्नुभएन र ?



जनसङ्ख्याको आधारमा संसारको दोस्रो ठुलो धर्म इस्लामको धर्मशास्त्र कुरआनमा लेखिएको , “तिनीहरूले ईसा मसीह [येशू ख्रीष्ट] को हत्या कदापि गरेका छैनन्” (सूरह :१५७) मुस्लिमहरूको विश्वासअनुसार येशू क्रूसमा मारिनुभएन बरु उहाँको सट्टामा अरू कसैलाई क्रूसमा झुण्ड्याइयो; येशू नमरीकनै स्वर्ग लगिनुभयो मुस्लिमहरू मात्र नभई भारतका राष्ट्रिय हिन्दु सङ्घका अगुवा के. एस. सुदर्सनले २००७ को भाषणमा येशू कहिल्यै क्रूसमा मारिनुभएन भनी बताए, “उहाँलाई केवल चोट लागेको थियो उपचारपछि उहाँ भारत फर्कनुभयो जहाँ उहाँको वास्तवमा मृत्यु भएको थियो

येशू ख्रीष्टको मृत्यु पुनरुत्थान ख्रीष्टियमतको कुनेढुङ्गो हो येशू नै क्रूसमा मारिनुभएको थिएन भने मुक्तिबारे ख्रीष्टियान शिक्षाको कुनै औचित्य हुँदैन ख्रीष्टियमतको जग येशूको पुनरुत्थान भएकोले पुनरुत्थान उहाँको मृत्युसित प्रत्यक्ष रूपमा जोडिएकोले उहाँको मृत्युविना ख्रीष्टियमत गल्र्यामगुर्लुम ढल्छ जसले जस्तो दाबी गरे तापनि एउटा बौद्धिक व्यक्तिले पक्ष विपक्षमा उदाङ्गो पारिएका साक्षीहरूलाई तराजुमा जोख्छ काँटा जतातिर ढल्कन्छ त्यतैपट्टि खडा हुन्छ येशू क्रूसमा मर्नुभएको थियो भन्ने बाइबलिय शिक्षाको लागि यहाँ ओटा साक्षीहरू पेस गरिएका छन्

. पहिलो प्रमाणबाइबल बाहिरका रचनाहरू 
येशूलाई क्रूसमा टाँगिएको थियो भनी बाइबलले मात्र बताउँदैन तर प्राचीन समयका चर्चित बाइबलेतर अर्थात् बाइबल बाहिरका लेखकहरूले पनि यसको उल्लेख गरेका छन् प्राचीन रोमी इतिहासकार टासिटसले करिब ११५ तिर उल्लेख गरे कितिनीहरूका संस्थापक ख्रीष्टलाई तिबेरिअसको शासनकालमा यहूदीयाका बडाहाकिम पन्तियस पिलातसद्वारा मृत्युदण्ड दिइएको थियो यहूदी इतिहासकार योसिफसको अभिलेखअनुसार पिलातसले येशूलाई क्रूसमा टाँगिने आज्ञा दिए सामोसाटाका ग्रिक व्यङ्ग्यकार लुसियनले क्रूसारोहणको उल्लेख गरेका छन् येशूलाई मृत्युदण्ड दिइएको थियो भनी मारा बारसेरापियोनले पनि पुष्टि गरेका छन् येशूलाई झुण्ड्याइएको थियो भनी यहूदी ताल्मुडले पनि गवाही दिन्छ

. दोस्रो प्रमाणऔषधी विज्ञान 
क्रूसारोहण एउटा यस्तो खालको विधि थियो जसले मान्छेलाई सास अवरोधद्वारा बिस्तारै मृत्युको मुखमा धकेलिदिन्थ्यो उसको श्वासप्रश्वासको गति कम हुँदै जान्थ्यो जसलाई रेस्पिरेटरी एसिडोसिस भनिन्छ यसमा कार्बोनिक एसिडले रगतको अम्लीयतालाई बढाउनाले रगतमा भएको कार्बनडाइअक्साइ विलिन हुन पुग्छ अन्ततोगत्वा, यसले मुटुको अनियमित ढुकढुकीतर्फ डोर्याउँछ वास्तवमा येशूको मुटुको धडकन अनियमित भएपछि उहाँ मृत्युको सङ्घारमा पुगिसक्नुभएको थियो भनी उहाँले जानेको हुनुपर्छ त्यसैले उहाँले भन्नुभयो, “हे पिता, मेरो आत्मा तपाईंको हातमा सुम्पन्छु” (लूका २३:४६) अनि त्यसपछि उहाँको मृत्यु भयो पहिलो शताब्दीका मानिसहरूले मात्र येशू मर्नुभएको थियो भनी विश्वास गरेनन् तर येशू वास्तवमै मर्नुभएको थियो भनी आधुनिक डाक्टरहरू पनि सहमत छन् एक जना प्याथोलोजिस्टसहित तिन जना चिकित्सकीय डाक्टरहरूले निकालेको निष्कर्ष यस्तो , “स्पष्टत:, ऐतिहासिक चिकित्सकीय साक्षीले अङ्कित गर्छ कि उहाँको दायाँपिट्ट भएको चोटलाई खलबल्याउनुअगि उहाँ मरिसक्नुभएको थियो उहाँको दायाँ करङको बिचमा घुसारिएको भालाले सम्भवत: दाहिने फोक्सोलाई मात्र छेडेन तर मुटुको थैली मुटुलाई नै छेड्यो जसबाट उहाँको निश्चित तवरले मृत्यु भयो भन्ने परम्पारगत दृष्टिकोणलाई पनि यसले समर्थन गर्छ तदनुसार, येशू क्रूसमा मर्नुभएन भन्ने अनुमानमा आश्रित अर्थ खोलाइहरू आधुनिक चिकित्सकीय ज्ञानसित बेमेल देखा पर्छन्

. तेस्रो प्रमाणयेशूका आफ्नै भविष्यवाणीहरू
मत्ती १६:२१ मा येशूको मृत्युबारे पहिलो भविष्यवाणी उल्लेख , “उहाँ कसरी यरूशलेममा जानुपर्छ, धर्मगुरु मुख्य पूजाहारीहरू शास्त्रीहरूबाट धेरै कष्ट भोग्नुपर्छ, मारिनुपर्छ तेस्रो दिनमा जीवित भइउठ्नुपर्छ भनी उहाँले त्यस बेलादेखि आफ्ना चेलाहरूलाई बताउन थाल्नुभयो येशू उहाँका चेलाहरू गालीलबाट फर्कंदै गर्नुहुँदा उहाँले आफ्नो मृत्युको सम्बन्धमा दोस्रो भविष्यवाणी गर्नुभयो (मत्ती १७:२२२३) येशू आफ्ना चेलाहरूसित यरूशलेम जाँदै गर्नुहुँदा चेलाहरूलाई एकापट्टि लगेर येशूले आफ्नो मृत्युबारे तेस्रो चोटि भविष्यवाणी गर्नुभयो (मत्ती २०:१८१९) कुरआनले भनेजस्तै यदि येशू भर्नुभएको थिएन भने उहाँ झुटो अगमवक्ता हुनुहुन्छ तर उहाँ महान् अगमवक्ता हुनुहुन्छ भनी कुआनले बताउँछ यसरी यस विषयमा कुरआन गलत हुन पुग्छ   अर्कोतिर, यदि येशूले भविष्यवाणी गर्नुभएजस्तै उहाँ साँच्चै मर्नुभएको थियो भने उहाँ वास्तवमै महान् अगमवक्ता हुनुहुन्छ तर यो कुरआनको शिक्षासित मेल खाँदैन जसले उहाँ मर्नुभएन भनी बताउँछ जुन दृष्टिकोणबाट हेरे पनि यस विषयमा कुरआन सही देखिँदैन मेरो सामान्य तर्कले यही भन्छयदि येशू मारिनुभएको थिएन भने उहाँको भविष्यवाणी चुक्यो परिणामत: उहाँ झुटो अगमवक्ता ठहरिनुभयो

. चौथो प्रमाणनयाँ करारको साक्षी
प्राचीन संसारको सबैभन्दा विश्वसनीय ग्रन्थ होनयाँ करार यसको अंशको रूपमा देखा पर्छ चार ओटा सुसमाचारहरू जुन येशू ख्रीष्टका जीवनी हुन् यी नै चार ओटा सुसमाचारहरूमा येशूको मृत्युको सम्बन्धमा प्राचीनतम सबिस्तार ऐतिहासिक विवरण पाइन्छ नयाँ करारका पत्रहरूमा पनि अन्य थुप्रै सन्दर्भहरू उल्लेख छन् सुसमाचारिय वर्णनअनुसार येशूलाई खप्परे भनिने डाँडामा लगियो अनि दुई जना डाँकूसितै उहाँलाई क्रूसमा टाँगियो सिपाहीहरूले उहाँको वस्त्रलाई चिट्ठा हाले उहाँको मृत्युपश्चात् अरिमाथियाका योसेफले पिलातसलाई अनुरोध गरी येशूको मृत शरीर मागे अनि त्यसलाई नयाँ चिहानमा गाडे नयाँ करारलाई पढी येशू ख्रीष्टको मृत्युलाई नदेख्नु भनेको घाम लागेको बेलामा माथि आकाशमा हेरी सूर्यलाई नदेखेको जस्तै हो

इतिहासलाई अध्ययन गर्ने विधिको प्रयोग गरी पूर्वाग्रही नभई निष्पक्ष दृष्टिकोणबाट येशूको जीवनीलाई पढ्ने कुनै पनि व्यक्तिले उहाँको मृत्युमाथि शङ्का गर्ने आँट गर्दैन क्रूसारोहणबाट येशूको मृत्यु एउटा स्थापित सत्यता हो बाइबललाई परमेश्वरको वचन नमानी केवल एउटा ऐतिहासिक ग्रन्थको रूपमा उल्लेख गर्ने खोजकर्ता पनि सजिलैसित यही निष्कर्षमा पुग्छ नै तब यो प्रस्ट कि येशूको मृत्यु भएको थिएन भन्नु धर्मान्ध दाबीबाहेक केही होइन जोन डोमिनिक क्रोसानजस्ता लिवरल लेखकले लेखेका छन्, “पन्तियस पिलातसको समयमा क्रूसारोहणद्वारा येशूको मृत्यु कुनै पनि ऐतिहासिक कुरोजत्तिकै निश्चित किनकि उहाँको क्रूसारोहणको एक सय वर्षपछि येशूको कुनै पनि अनुयायीले कुनै कुरो नलेखेको भए तापनि दुई जना लेखकबाट उहाँको विषयमा हामी अझै थाहा पाउने थियौँ जो उहाँका समर्थकहरूमध्ये थिएनन् तिनीहरूका नाउँ फ्लाभियस योसिफस कर्नेलियस टासिटस हुन्

Leave Your Comments Here.


Wednesday, January 28, 2015

रिचार्ड उम्ब्रान्ड: पूर्वी साम्यवादी युरोपका पावल



रिचार्ड उम्ब्रान्डको जन्म ख्रीष्टाब्द १९०९ मा मध्य युरोपेली मुलुक रोमानियाको राजधानी बुखारिस्टमा भएको थियो यहूदी परिवारमा जन्मेका रिचार्डले केही समय आफ्नो परिवारसँगै टर्कीमा बिताए तिनी वर्षको हुँदा तिनको पिताको मृत्यु भयो १५ वर्षको भएपछि तिनी आफ्नो जन्मभूमि रोमानिया फर्के, परिवारका अन्य सदस्यहरूसितै

१४ वर्षको उमेरमा नास्तिक बनाइएका रिचार्ड १९३६ मा सबिना ओस्टरसँग विवाह बन्धनमा बाँधिए एक दिन रिचार्डको भेट रोमानियाली वृद्ध ख्रीष्टियान सिकर्मीसँग भयो जसले तिनलाई येशूको बारेमा बतायो एउटा बाइबल पनि दियो परिणामत: रिचार्ड येशूको अनुयायी बने रिचार्डको बप्तिस्माको दिनमा तिनकी पत्नी सबिनाले आत्महत्या गर्ने निर्णय लिइन् तर पछि उनले आफ्नो विचार बद्लिन् उनी पनि प्रभु येशूमा आइन्

दोस्रो विश्वयुद्धको बेलामा नाजी सेनाहरू रोमानिया आइपुगे तिनीहरूले हत्याकाण्ड मच्चाउन थाले आफूलाई कट्टर राष्ट्रवादी मान्ने जर्मनीको एउटा राजनीतिक दल हो, नाजी नाजीहरूले यहूदीहरूलाई देखि सहँदैनथे दोस्रो विश्वयुद्धको अन्त्यसम्ममा रोमानियका लाख यहूदीमध्ये लाख ६० हजारलाई नाजीहरूले मृत्युको मुखमा पुर्याएका थिए तर राजधानी बुखारिस्ट जहाँ रिचार्डको परिवार बस्थ्यो त्यो सहर भने ती आक्रमणहरूको क्रूर शिकारबाट बच्यो

ख्रीष्टाब्द १९४४ बाट रुसी सेनाहरू दस लाखको सङ्ख्यामा रोमानिया भित्रिन थाले त्यसपछि रोमानियामा साम्यवादीहरू शासनमा आए पछिल्ला दिनहरूमा साम्यवादीहरूले ख्रीष्टियानहरूमाथि गरेको अत्याचारलाई विचार गर्दा नाजीहरूले ल्याएको कष्ट सामान्य नै थियो साम्यवादीहरूले तातो फलामका डण्डी चक्कुले यातना दिन्थे निर्ममतापूर्वक पिट्थे बन्दी बनाइएका कोठाहरूमा भोकाएका मुसाहरू छाडिदिन्थे कोर्रा लगाउँथे अर्धपागल हुने गरी चुट्दा पनि तिनीहरूको अनुहारमा दयाको झल्को पाईंदैनथ्यो ख्रीष्टियानहरूलाई आफूभन्दा अलिकति ठुला काठका बाकसहरूमा राखिन्थ्यो जसमा किलाहरू ठोकिएका हुन्थे घण्टौँसम्म त्यसभित्र राख्दा शरीर थकित भई चलायमान हुँदा ती किलाहरूले तिनीहरूलाई घोच्दथे हामी शैतान हौँभनी चिच्च्याउँदै तिनीहरूले यातना दिन्थे मान्छेको दिसा पिसाबलाई पवित्र तुल्याउन लगाएर ख्रीष्टियानहरूलाई प्रभुभोज दिन लगाइन्थ्यो साम्यवादीहरूले दिने यातनाका रूपहरू अवर्णनीय ज्यादै अश्लील छन् वास्तवमा नरकको पीडाको विषयमा बाइबलले गरेको व्याख्यालाई त्यसबेला साम्यवादी जेलहरूमा अनुभव गर्न सकिन्थ्यो

यस्ता क्रूर यातनाहरूका बारेमा ज्ञान हुँदाहुँदै पनि रिचार्ड येशूको गवाही हुनदेखि डराएनन् तिनले भूमिगत मण्डलीको थालनी गरे भूमिगत मण्डली सरकारबाट मान्यता नपाएको मण्डली थियो भूमिगत मण्डलीमा सहभागी हुनु गैरकानुनी थियो त्यस्ताहरूलाई जेलमा हालिन्थ्यो

२९ फेब्रुअरी १९४८ आइतबारको दिनमा मण्डलीतर्फ जाँदै गर्दा रिचार्ड उम्ब्रान्ड गोप्य प्रहरीहरूद्वारा पक्राउमा परे साँढे आठ वर्षसम्म तिनलाई जेलमा यसरी गोप्य रूपमा राखियो कि तिनी मरेको बाँचेको दुनियाँलाई पत्तै भएन मुक्त भएका कैदीहरूको भेषमा गोप्य प्रहरीहरू रिचार्डकी पत्नीकहाँ आउँथे तिनी मरेको खबर सुनाउँथे तिनीहरूले उनलाई रिचार्डको अन्त्येष्टीमा सहभागी भएका कथाहरू सुनाउँथे रिचार्डका आफन्तहरू विदेशमा रहेका तिनका शुभचिन्तकहरूलाई तिनी मरिसकेकोले बिर्सन आग्रह गरियो तिनको पहिलो यस लामो जेल जीवनबाट ख्रीष्टाब्द १९५६ मा तिनी जेलमुक्त नभएसम्म तिनलाई भयानक यातनाहरू दिइयो उँधोमुन्टो पारी तिनलाई पैतलामा दयामाया नगरी पिटिन्थ्यो तिनका हड्डीहरू नभाँचिएसम्म पिटिन्थ्यो तिनको शरीरमा घाउका अठार ओटा दाग बनाइएका थिए तिनको तौल ख्यात्तै घटेको थियो पिटाइले तिनको रूप नै बद्लिदिएको थियो यति धेरै यातनाका बाबजुद पनि तिनी जीवित हुनु परमेश्वरको महान् आश्चर्यकर्म हो

तिनी जेलमुक्त भए तिनले भूमिगत मण्डलीको कामलाई पुन: आरम्भ गरे वर्षपछि १९५९ मा तिनी फेरि पक्राउ गरिए अनि जेलमा हालिए तिनलाई २५ वर्षको जेल सजाय तोकियो साँढे पाँच वर्षसम्मको दोस्रो जेल जीवनपछि १९६४ मा तिनले आममाफी पाए तिनी जेलमुक्त भए तेस्रो पटक पनि जेलमा हालिने ठुलो खतरालाई मध्यनजर गर्दै नर्वेका ख्रीष्टियानहरूले तिनलाई रोमानियाबाट बाहिर लैजानको लागि पहल गरे साम्यवादी सरकारले त्यसबेला कैदीहरूलाई पैसाको मूल्यमा छाड्न सुरु गरेको थियो एउटा कैदीको औसत मूल्य ,९०० अमेरिकी डलर थियो तर रिचार्डको लागि भने तिनीहरूले १०,००० अमेरिकी डलर तोकेको थियो विदेशमा बसी परमेश्वरको काम गर्नु उचित ठानी तिनी अमेरिकामा बस्न थाले साम्यवादी संसारको निम्ति येशूलाई मुक्तिदाताको रूपमा चिनाउनु नै तिनको जीवनको लक्ष्य थियो

ख्रीष्टाब्द १९६६ को मे महिनामा वासिङ्गटन डी. सी. मा अमेरिकी संसदीय आन्तरिक सुरक्षा उपसमितिसामुन्ने रिचार्डले गवाही दिए त्यहाँ तिनले आफ्नो वस्त्र खोली शरीरमा लागेका घाउका अठार ओटा दाग देखाए तिनको गवाहीपश्चात् तिनले भोगेको दु: कष्टलाई दुनियाँले वास्तवमै बुझ्न पायो यसले संसारको ध्यानलाई खिँच्यो सञ्चारमाध्यमहरूद्वारा उनको कथा तुरुन्तै संसारभरि फैलियो

१९६७ अप्रिलमा तिनले साम्यवादी संसारको लागि येशू नामक संस्था खोले पछि यसको नाम सहिदहरूको आवाज राखियो रिचार्डले अङ्ग्रेजीमा मात्रै १८ ओटा रोमानियाली भाषामा केही पुस्तकहरू लेखेका छन् तिनका कृतिहरूमध्ये ख्रीष्टको निम्ति प्रताडित सर्वाधिक चर्चित पुस्तक हो जसलाई नेपाली भाषामा पनि अनुवाद गरिएको छ । ६५ ओटा भाषामा अनूदित यो कृति १९६७ सालमा पहिलो पटक छापिएको थियो ।  १७ फेब्रुअरी २००१ मा क्यालिफोर्नियाको एउटा अस्पतालमा रिचार्ड प्रभुमा सुते

स्वर्गीय रिचार्ड उम्ब्रान्डलाई आज विश्वलेभूमिगत मण्डलीको आवाजपूर्वी साम्यवादी युरोपका पावलको रूपमा चिन्छ मिहाइ रिचार्डका छोरा हुन् जो बुबाआमाको गवाहीको परिणाम स्वरूप ख्रीष्टियान भएका थिए ख्रीष्टाब्द १९५६ मा रिचार्ड जेलमुक्त हुँदा मिहाइले बुबालाई सोधे, “तपाईंले भोग्नुभएका यी सबै दु: कष्टबाट तपाईंले के सिक्नुभएको ?” बुबाले उत्तर दिए, “पहिलो कुरा, परमेश्वर अस्तित्वमा हुनुहुन्छ दोस्रोमा, ख्रीष्ट हाम्रा मुक्तिदाता हुनुहुन्छ तेस्रोमा, अनन्त जीवन चौथोमा, प्रेम नै सर्वोत्तम मार्ग हो



Leave Your Comments Here.