येशूले
आफूलाई एउटा मानिसको
रूपमा मात्र देख्नुभयो
परमेश्वरको रूपमा होइन भनी
मानिसहरू भन्ने गर्छन् ।
उहाँलाई असल शिक्षक,
रब्बी वा अगमवक्ताको
रूपमा स्वीकार गर्न
मानिसहरू इच्छुक हुन्छन् तर
उहाँलाई परमेश्वरको पुत्रको रूपमा
अङ्गाल्न भने मानिसहरू
हिचकिचाउँछन् । उहाँको
मृत्युको वर्षौंपछि मात्र उहाँका
अनुयायीहरूले उहाँलाई परमेश्वरको रूपमा
उभ्याएका हुन् भनी
कतिले आरोप लगाउँछन्
। जोसुकैले जे–जे भने
तापनि येशूले आफूलाई
जुन रूपमा बुझ्नुभयो
हामीले पनि उहाँलाई
त्यही रूपमा नै
बुझ्नुपर्दछ । नयाँ
करारका अगिल्ला चार ओटा
पुस्तकहरू उहाँको बारेमा लेखिएका
अगिल्ला जीवनीहरू हुन् ।
उहाँको बारेमा लेखिएका विवरणहरूलाई
नियाल्दा हामी प्रस्ट
हुन्छौँ कि कम
से कम दस
किसिमले येशूले आफैलाई परमेश्वरको
रूपमा उभ्याउनुभएको छ
।
१. येशूले
आफू
पितासित
समान
हुनुभएको
दाबी
गर्नुभयो
।
येशूले
भल्नुभयो, “पिता र
म एक हौं”
(यूहन्ना १०:३०)
। यस भनाइबाट
यहूदीहरू यति क्रोधित
भए कि तिनीहरूले
येशूलाई हान्न भनी ढुङ्गा
टिपे किनकि तिनीहरूको
बुझाइमा येशूले ईश्वर–निन्दा
गर्दै हुनुहुन्थ्यो ।
येशूले प्रयोग गर्नुभएको अभिव्यक्तिअनुसार
येशू र पिता
परमेश्वर “सार” मा
एकै हुनुहुन्छ अर्थात्
पिता र पुत्र
बराबर हुनुहुन्छ ।
पितामा भएका सबै
ईश्वरीय गुणहरू पुत्रमा पनि
छन् । येशूले
आफू परमेश्वरको समान
हुनुभएको दाबी गर्दै
हुनुहुन्थ्यो ।
२. येशूले
आफू
अनन्त
हुनुभएको
दाबी
गर्नुभयो
।
यहूदीहरूसँगको
विवादमा तिनीहरूले येशूलाई प्रश्न
गरे, “तिमी अझै
पचास वर्ष पुगेका
छैनौ त के
तिमीले अब्राहामलाई देखेका छौ
?” (यूहन्ना ८:५७)
। उहाँको जवाफ
थियो, “साँच्चै म तिमीहरूलाई
भन्दछु, अब्राहाम हुनुभन्दा अघिबाटै
म छँदैछु” (यूहन्ना
८:५८) ।
अब्राहाम विश्वासका पिता थिए
जो येशूभन्दा करिब
२,००० वर्षअगि
बाँचेका थिए ।
येशूले आफ्नो जवाफमा उहाँको
पूर्वअस्तित्वको दाबी गर्दै
हुनुहुन्थ्यो । वर्तमान
कालमा भएको उहाँको
वाक्यको संरचनाले उहाँको कुनै
सुरुआत नै छैन
भनी अङ्कित गर्छ
अर्थात् उहाँले आफू अनन्त
हुनुभएको दाबी गर्दै
हुनुहुन्थ्यो । अनन्तता
केवल परमेश्वरको गुण
हो ।
३. येशूले
आफू
“मानिसको
पुत्र”
हुँ
भनी
दाबी
गर्नुभयो
।
येशूले
आफ्नो बारेमा भन्नुभयो,
“किनकि मानिसको पुत्र सेवा
पाउन होइन, तर
सेवा गर्न र
धेरैका छुटकाराको मोलको निम्ति
आफ्नो प्राण दिन
आएको हो” (मर्कूस १०:४५) ।
येशूले आफैलाई बारम्बार “मानिसको
पुत्र” को रूपमा
उल्लेख गर्नुभयो । चार
ओटा सुसमाचारमा यो
नाउँ झण्डै ८२
पटक देखा पर्छ
। दानिएल ७:१३–१४
अनुसार “मानिसको पुत्र” मसीहको
एउटा नाउँ हो
जससँग अधिकार, महिमा
र सार्वभौम शक्ति
छ । दानिएलको
विवरणअनुसार उहाँलाई नै सबै
मानिसहरूले आराधना गरे र
उहाँको प्रभुत्व अनन्त छ
। येशूले यस
नाउँद्वारा आफूलाई अनन्त न्यायकर्ताको
रूपमा उभ्याउँदै हुनुहुन्थ्यो
। मानिसको पुत्र
हुँ भन्ने दाबी
परमेश्वर हुँ भन्ने
दाबीसँग बराबर छ ।
४. येशूले
आफू
“परमेश्वरको
पुत्र”
हुँ
भनी
दाबी
गर्नुभयो
।
आफूलाई
ढुङ्गाले हान्न खोज्ने यहूदीहरूलाई
येशूले प्रश्न गर्नुभयो, “पिताले
पवित्र तुल्याएर संसारमा पठाउनुभएको
व्यक्तिले ‘म परमेश्वरको
पुत्र हुँ’ भन्दा
कसरी ईश्वर–निन्दा
हुन्छ ?” (यूहन्ना १०:३६)
। येशूले आफू
परमेश्वरको पुत्र हुँ भनी
दाबी गर्नुहुँदा पितासँग
भएको उहाँको अद्वितीय
सम्बन्धलाई उहाँले उल्लेख गर्दै
हुनुहुन्थ्यो । येशू
परमेश्वरको पुत्र हुनुहुन्छ भन्दा
पिताका गुणहरू उहाँसित थिए
भन्नु हो ।
५. येशूले
परमेश्वरलाई
“मेरा
पिता”
भनी
सम्बोधन
गर्नुभयो
।
येशूले
शबाथ–दिनमा चङ्गाइ
गर्नुभएपछि यहूदीहरूले उहाँको खेदो
गरे । अनि
येशूले भन्नुभयो, “मेरा पिताले
अहिलेसम्म काम गरिरहनुभएको
छ, र म पनि काम
गरिरहेछु” (यूहन्ना ५:१७)
। येशूले “तिमीहरूका
पिता” वा “हाम्रा
पिता” भनी सम्बोधन
गर्नुभएन, तर “मेरा
पिता ।” परमेश्वर
पितासित भएको आफ्नो
सम्बन्ध अद्वितीय थियो भनी
येशूले भन्दै हुनुहुन्थ्यो ।
येशूको यस अभिव्यक्तिमा
उहाँले आफैलाई परमेश्वरको रूपमा
व्यक्त गर्नुभएको थियो भन्ने
तथ्य यहूदीहरूको प्रतिक्रियामा
छर्लङ्ग हुन्छ, “यसकारण यहूदीहरूले
येशूलाई मार्न अझ बढी
प्रयत्न गर्न लागे,
किनकि उहाँले ... आफैलाई
परमेश्वरको बराबरी तुल्याएर उहाँले
परमेश्वरलाई आफ्नै पिता भन्नुभएको
थियो” (यूहन्ना ५:१८)
।
६. येशूले
आफू
स्वर्ग
र
पृथ्वीको
अधिकारी
हुनुभएको
दाबी
गर्नुभयो
।
पुनरुत्थान
हुनुभएपछि येशूले आफ्ना चेलाहरूलाई
आफ्नो स्वामित्को बारेमा
बताउनुभयो, “स्वर्ग र पृथ्वीमा
समस्त अधिकार मलाई
दिइएको छ” (मत्ती
२८:१८) ।
येशूको यो असाधारण
दाबी थियो ।
स्वर्ग र पृथ्वीको
समस्त अधिकार केवल
परमेश्वरसँग हुन्छ ।
७. येशूले
पापको
क्षमा
दिनुभयो
।
येशूले
एक जना पक्षाघातीलाई
भन्नुभयो, “‘ए छोरा,
तिम्रा पापहरू क्षमा भए,’
तर त्यहाँ केही
शास्त्रीहरू बसिरहेका थिए, र
आफ्ना मनमा यसो
भनेर विचार गरिरहेका
थिए, ‘यस मानिसले
किन यसरी बोल्दछ
? यो त ईश्वर–निन्दा हो ।
केवल एक, अर्थात्
परमेश्वरले बाहेक अरू कसले
पाप क्षमा गर्न
सक्छ ?’” (मर्कूस २:५–७) ।
क्षमा परमेश्वरको परमाधिकार
थियो । त्यस
पक्षाघातीलाई निको पारी
आफूले त्यसको पाप
क्षमा गरेको पुष्टि
गरिदिनुभयो येशूले । परमेश्वरले
मात्रै पापको क्षमा दिन
सक्ने भएकोले र
येशूले पापको क्षमा दिनुभएकोले
यो प्रस्ट छ
कि येशूले आफूलाई
परमेश्वर तुल्याउँदै हुनुहुन्थ्यो ।
८. येशूले
अधिकारसहित
सिकाउनुभयो
।
येशूले
भन्नुभयो, “तिमीहरूले सुनेका छौ,
प्राचीन समयका मानिसहरूलाई यसो
भनिएको थियो ... तर म
तिमीहरूलाई भन्दछु” (मत्ती ५:२१–२२)
। येशूले सिकाउन
थाल्नुहुँदा उहाँले बारम्बार यस्तो
वाक्य (तर म
तिमीहरूलाई भन्दछु) को प्रयोग
गर्नुभयो । यो
पूर्णत: नयाँ तरिका
थियो । यहूदी
धर्ममा कुनै कुरो
पुष्टि गर्नको लागि कम
से कम दुई
साक्षीको दरकार पथ्र्यो ।
तर येशूका भनाइहरूका
लागि उहाँ आफै
नै साक्षी हुनुहुन्थ्यो
। आफ्नो शिक्षालाई
अरूहरूको अधिकारको आधारमा पुष्टि
गर्नुको सट्टा उहाँले आफ्नै
अधिकारद्वारा पुष्टि गर्नुभयो ।
उहाँले आफैलाई पुरानो करारका
अगमवक्ताहरूभन्दा माथि देख्नुभयो
। बाइबलले पटक–पटक बताउँछ
कि उहाँको सिकाउने
शैली सुनेर भिड
छक्क पथ्र्यो किनकि
उहाँले अधिकार भएको मान्छेले
जस्तो सिकाउनुहुन्थ्यो ।
येशूले नयाँ शैलीमा
सिकाउनुभयो जुन शैलीमार्फत
उहाँले आफू परमेश्वर
हुँ भनी दाबी
गर्दै हुनुहुन्थ्यो ।
९. येशूले
आराधनाको
स्वीकार
गर्नुभयो
।
येशूलाई
परमेश्वरको पुत्रको रूपमा स्वीकार
गर्दै चेलाहरूले “उहाँलाई
दण्डवत् गरे” (मत्ती १४:३३) ।
आराधनालाई नयाँ करारमा
पटक–पटक “दण्डवत्
गर्नु” भनी उल्लेख
गरिएको छ ।
आराधनालाई स्वीकार गर्ने अधिकार
केवल परमेश्वरलाई थियो
। अन्य कुनै
मान्छेसाथै स्वर्गदूतले पनि स्वीकार
नगरेको आराधनालाई येशूले स्वीकार
गर्नुभयो । मानिसले
आराधना स्वीकार गर्न सक्दैन
। येशूले आराधनाको
स्वीकार गर्नुभयो । तसर्थ,
उहाँले आफू परमेश्वर
हुनुभएको दाबी गर्दै
हुनुहुन्थ्यो ।
१०. येशूले
आश्चर्यकर्महरू
गर्नुभयो
।
येशूले
आँधीलाई शान्त पार्नुभएपछि छक्क
पर्दै चेलाहरूले भने,
“यिनी त कस्ता
मानिस हुन्, किनभने
बतास र समुद्रले
पनि यिनका आज्ञा
मान्दारहेछन्” (मत्ती ८:२७)
। येशूले थुप्रै
आश्चर्यकर्महरू गर्नुभयो भनी चार
ओटा सुसमाचारलाई सरसरती
पढ्ने कुनै पनि
पाठक छर्लङ्ग हुन्छ
। बाइबलमा परमेश्वरका जनहरूले पनि
मनग्गे आश्चर्यकर्महरू गरेको भए तापनि
येशूका आश्चर्यकर्महरू र प्रभुका
अन्य महान् दासहरूका
आश्चर्यकर्महरूको बिचमा भएको एउटा
स्पष्ट भिन्नता यो हो
कि तिनीहरू सबैले
उहाँको शक्तिमार्फत आश्चर्यकर्महरू गरे
तर येशूले आफ्नै
शक्तिबाट गर्नुभयो र
येशूले आश्चर्यकर्महरूद्वारा आफू परमेश्वरको
पुत्र हुनुभएको दाबी
गर्नुभयो ।