पवित्र
धर्मशास्त्रले कहिल्यै गल्ती गर्न
सक्दैन । ... यसका आदेशहरू
पूर्ण र अकाटय
सत्यता हुन् ।
ग्यालिलियो ग्यालिली,
विख्यात
खगोलविद्
सर्वप्रथम,
मेरो विचारमा बाइबलको
सही अर्थ बुझिएमा
पवित्र बाइबलले कहिल्यै असत्य
बोल्न सक्दैन भन्नु
ज्यादै धर्मपरायण हो भने
यसको पुष्टि गर्नु
ज्यादै बुद्धिमान् ।
ग्यालिलियो ग्यालिली,
विख्यात
खगोलविद्
परमेश्वरको
त्रुटिविहीन वचनमाथि भरोसा गर्नु
भनेको जीवनदातामाथिको विश्वासलाई
देखाउनु हो ।
इतिहास र मानवीय
स्वभावले हरेक दिन
बाइबलको सत्यतालाई प्रमाणित गर्दछ
तर महानतम साक्षी
भने परिवर्तित जीवनहरूमा
देखिन्छ जसलाई इन्कार गर्न
सकिँदैन । यो
अकाट्य पुस्तक यसको आफ्नै
टिप्पणी हो, “तपाईंका
सम्पूर्ण वचनहरू सत्य छन्”
(भजनसंग्रह ११९:१६०)
।
फ्राङ्कलिन ग्राहाम,
मिसनरीसाथै
प्रचारक
[बाइबल]
धर्मशास्त्रको त्रुटिहीनता आधारभूत सिद्धान्त
हो जसमा अन्य
सबै सिद्धान्तहरू आश्रित
छन् । भजनका
लेखकले ठिकसँग भने, “यदि
जग नै नष्ट
हुन्छन् भने, धर्मी
जनले के गर्न
सक्छन् र ?”
नर्मन गेइस्लर,
ईश्वरशास्त्री,
दार्शनिकसाथै
रक्षाशास्त्री
बाइबलिय
त्रुटिहीनता येशू ख्रीष्टद्वारा
सुस्पष्ट रूपमा निश्चयतासाथ स्वीकार
गरिएको मात्रै होइन तर
बाइबलमा भएका परमेश्वरका
प्रतिज्ञाहरू र प्रकाशहरूमाथि
हाम्रो दृढ भरोसाको
लागि पनि आधारभूत
छ ।
डेभिड लिम्बाक,
टिप्पणीकारसाथै
लेखक
बाइबल
परमेश्वरको वचन हो
। परमेश्वरले भुल
गर्न सक्नुहुन्न ।
तसर्थ, बाइबलले भुल गर्न
सक्दैन । यदि
बाइबलले भुल गर्छ
भने कि कुनै
अर्थमा यो परमेश्वरको
वचन होइन कि
भने कुनै अर्थमा
परमेश्वरले भुल गर्न
सक्नुहुन्छ । तर्क
अखण्डनीय छ ।
रिचार्ड होवे,
दर्शनशास्त्रका
प्राध्यापक
बाइबल
परमेश्वरको वचन हो
र परमेश्वरले भुल
गर्न सक्नुहुन्न ।
तसर्थ, सही किसिमले
बुझिएको खण्डमा त्रुटिहीनतालाई इन्कार
गर्नु भनेको परमेश्वरको
चरित्रमाथि नै आक्रमण
गर्नु हो ।
त्रुटिहीनतालाई इन्कार गर्नेहरू चाँडै
नै सिद्धान्त र
अभ्यास दुवै क्षेत्रमा
धर्मशास्त्रको सम्पूर्ण अधिकारलाई इन्कार
गर्ने खतरनाक प्रभाव
क्षेत्रमा प्रवेश गर्छन् ।
रबी जकरिया,
लेखकसाथै
रक्षाशास्त्री