menu bar

Wednesday, January 21, 2015

युसेबियस: मण्डली इतिहासका पिता



प्रभु येशू ख्रीष्टको स्वर्गारोहणपश्चात् उहाँको शिक्षालाई उहाँका चेलाहरूले अगाडि बढाए प्रेरितको पुस्तकले करिब तिस वर्षको इतिहासलाई अभिलिखित गरेको प्रेरित पावललाई रोममा पुर्याइएको तिनले दुई वर्षसम्म परमेश्वरको राज्यको प्रचार गरेको विवरणसँगै उक्त पुस्तकको अन्त्य हुन्छ यो लगभग ख्रीष्टाब्द ६२ को कुरो हो पछिल्ला तिन सय वर्षसम्मको मण्डली इतिहासको लागि हामी युसेबियसको कृतिप्रति ऋणी छौँ जसले आफ्नो मण्डली इतिहासको कृतिलाई पुरा गर्न थुप्रै उल्लेखनीय स्रोतहरूबाट मिहिनेतसाथ जानकारी बटुले तिनले हामीलाई अगिल्ला केही शताब्दीको महत्त्वपूर्ण ज्ञान दिएर गएका छन् जुन अन्यथा प्राप्त हुँदैनथ्यो

युसेबियस इतिहासकार, धर्मशास्त्रको व्याख्याकारसाथै बिशप थिए तिनी आफ्नो युगका ख्रीष्टियान ज्ञाता थिए मण्डली इतिहासमा तिनको अभूतपूर्व योगदानको कारणले तिनलाई उचित किसिमलेमण्डली इतिहासका पिताभनेर चिनिन्छ

युसेबियसको जन्म लगभग ख्रीष्टाब्द २६३ मा प्यालेस्टाइनमा भएको थियो तिनको बाल्यकालसाथै जवान अवस्थाबारे हामी अनभिज्ञ छौँ तिनी ख्रीष्टियान परिवारमा हुर्केका थिए भन्ने कुनै सङ्केत छैन यद्यपि हेरोद महान्द्वारा स्थापित सहर कैसरियामा तिनले ख्रीष्टियान शिक्षा पाएका थिए त्यहीँ नै तिनको बप्तिस्मा भएको थियो

ईश्वरशास्त्री ओरिगेन तिनका अनुयायी पाम्फिलसको समयमा कैसरिया ख्रीष्टियान शिक्षाको केन्द्र थियो उचित शिक्षाको फैलावटको निम्ति समर्पित पाम्फिलस ख्यातिप्राप्त विद्वान् थिए तिनले कैसरियामा एउटा विचारणीय पुस्तकालयसाथै बाइबल स्कुलको स्थापना गरेका थिए युसेबियसको जीवनमा पाम्फिलसको उल्लेखनीय प्रभाव परेको थियो कैसरियामा पाम्फिलसले युसेबियसलाई सिकाउन थाले ती दुईको बिचमा प्रगाढ मित्रता स्थापित हुन पुग्यो ख्रीष्टियानसाथै गैरख्रीष्टियान दुवै थरीका पुस्तकहरू पढ्नमा युसेबियसले आफैलाई समर्पित गरे जुन अध्ययन तिनको आफ्नै भावी लेखनमा निकै फलदायी साबित भयो

पाम्फिलसको नेतृत्वमा युसेबियसले बाइबल धर्मशास्त्रका अंशहरूको प्रतिलिपि गरे अनि तिनलाई सच्च्याउने काम गरे तिनले ईश्वरशास्त्री ओरिगेनका कृतिहरूको पनि प्रतिलिपि गरे विद्यार्थी छँदा नै तिनले आफ्नो दुई ओटा मुख्य कृतिहरूको लागि सामग्रीहरू बटुले
ख्रीष्टाब्द ३०३ मा रोमी सम्राट् डायोक्लिसनले ख्रीष्टियानहरूमाथि सतावटको थालनी गरे परिणामत: मण्डली भवनहरू भत्काइए; धर्मशास्त्रका कैयौँ प्रतिहरू जलाइए; विश्वासीहरूलाई यातना दिइयो अनि कति मृत्युको शिकार बने डायोक्लिसनको सतावटमा परी पाम्फिलस सहिद बने युसेबियस झ्यालखानामा हालिए तर तिनी जेलमुक्त हुन सफल भए

३१४ मा युसेबियस कैसरियाको बिशपमा चुनिए ३२५ मा डाकिएको नैसियाको परिषद्मा तिनले महत्त्वपूर्ण भूमिका निभाए युसेबियस शिक्षितसाथै प्रसिद्ध लेखक भएकोले तिनले सम्राट् कन्स्टेन्टाइनको निगाह पाएका थिए सम्राट्ले तिनलाई निकै आदर गर्थे

युसेबियसले विभिन्न विद्यामा कलम चलाएका थिए तिनले दस ठेलीको मण्डली इतिहास लेखे जुन मण्डली इतिहासको बारेमा लेखिएको पहिलो विद्यमान कृति हो तिनको अर्को महत्त्वपूर्ण कृति क्रोनिकलमा तिनले विश्वको इतिहासको रूपरेखा तयार पारेका छन् तिनले कन्स्टेन्टाइनको जीवनी, पाम्फिलसको जीवनीसाथै ख्रीष्टियान विषयहरूमा अन्य दर्जनजति कृतिहरू लेखेका छन् आफ्नो जीवनकालमा तिनले रक्षाशास्त्रसम्बन्धी पुस्तकहरूसाथै बाइबलको टिप्पणी पनि लेखेका छन्

इतिहासकारको रूपमा ख्यातिप्राप्त युसेबियसको मृत्यु करिब ख्रीष्टाब्द ३३९ मा भएको थियो  
  

  

  

Leave Your Comments Here.