menu bar

Saturday, January 24, 2015

खासमा हारूनको मृत्यु कहाँ भयो ? गन्ती २०:२८ र ३३:३८–३९ अनुसार तिनी होर पर्वतमा मरे भने व्यवस्था १०:६ मुताबिक तिनको देहान्त मोसेरामा भयो ।



मिश्रीहरूको चार सय वर्षे दासत्वबाट छुटकारा पाई इस्राएलीहरू प्रतिज्ञाको मुलुक कनानतर्फ अगाडि बढ्ने क्रममा तिनीहरू होर पर्वतमा आइपुगे त्यहीँ नै पर्वतको टाकुरामा हारूनको देहान्त भयो” (गन्ती २०:२८) होर पर्वतमा तिनको मृत्यु हुँदा हारून एक सय तेईस वर्ष पुगेका थिए” (गन्ती ३३:३९) तर व्यवस्थाको विवरणमुताबिक तिनी मोसेरामा मरे, “इस्राएलीहरू याकानीहरूका इनारहरूबाट हिँडेर मोसेरामा आए त्यहाँ हारून मरे, गाडिए अनि तिनका छोरा एलाजारले तिनको स्थानमा पूजाहारीको काम गर्न लागे” (व्यवस्था १०:) वास्तवमा हारून कहाँ मरेहोर पर्वत वा मोसेरा ?

तात्कालीन भूगोललाई अध्ययन गर्दा दुवै ठिक देखा पर्छन् इस्राएलीहरू मिश्रदेखि प्रतिज्ञात मुलुकतर्फ यात्रा गर्दा तिनीहरूले मोसेरामा शिविर हालेका थिए सम्भवत: मोसेरा एदोमको सिमाना नजिकैको क्षेत्र थियो मोसेरा जिल्लाको नाउँ थियो जहाँ होर पर्वत अवस्थित थियो भनी निष्कर्ष निकाल्नु न्यायसङ्गत हुन्छ

यी दुवै विवरणहरू अन्तर्विरोधी नभई एक अर्काका परिपूरक देखिन्छन् व्यवस्थाको विवरणले हामीलाई ठुलो क्षेत्रको नाउँ दिन्छ भने गन्तीको विवरणले सानो क्षेत्रको निष्कर्षमा, हारून मोसेरा जिल्लामा अवस्थित होर पर्वतको टाकुरामा मरे         

Leave Your Comments Here.