३२
वर्षको उमेरमा विलियम कुपरले
आफ्नो जीवनमा ठुलो
सङ्कष्टमय परिस्थितिको सामना गर्नुपर्यो
। अफिमबाट निर्मित
औषधि पिएर तिनले
आत्महत्या गर्ने कोसिस गरे
। तर मरेनन्
। त्यसपछि तिनले
घोडाले तान्ने वाहन भाडामा
लिए र चालकलाई
थेम्स नदीको पुलमाथि
निर्मित साँघुमा लैजाने आज्ञा
दिए । त्यहाँबाट
हाम्फालेर आत्महत्या गर्ने मनसाय
थियो कुपरको ।
त्यसबेला लन्डनमा बेसरी कुइरो
लागेको थियो ।
तिनीहरूले आफ्नो यात्रालाई एक
घण्टासम्म जारी राखे
तापनि छनौट गरिएको
स्थल आइपुगेन ।
दिक्क मानेर कुपर
ओर्लन खोज्दा तिनी
छक्क परे किनकि
कुइरोको कारणले तिनीहरूले उही
ठाउँमा पो चक्कर
लगाइरहेका रहेछन् ! र, अन्त्यमा
तिनी आफ्नै घरको
ढोकाको सङ्घारमा देखा परे
।
भोलीपल्ट
बिहान चक्कुले आत्महत्या
गर्ने प्रयत्न गरे
। फेरि पनि
बाँचे । आफैलाई
झुण्ड्याएर यस धरतीबाट
बिदा हुन खोजे
तर बेहोस मात्र
भए । पटक–पटक आत्महत्या
गर्न खोज्दा पनि
तिनी सफल भएनन्
।
एक
बिहानको कुरो हो
। तिनी प्रसन्न
मुद्रामा हुँदा तिनले बाइबल
हातमा लिई पावलले
रोमीहरूलाई लेखेको पत्रको एउटा
पद पढे, “परमेश्वरले
ख्रीष्टलाई उहाँको रगतद्वारा प्रायश्चितको
बलिदान स्वरूप प्रस्तुत गर्नुभयो,
जुन प्रायश्चित विश्वासद्वारा
ग्रहण गर्नुपर्दछ ।
यो काम परमेश्वरले
आफ्नो धार्मिकता देखाउनलाई
गर्नुभयो, किनभने उहाँको ईश्वरीय
धैर्यमा अगाडिका पापहरूलाई उहाँले
वास्ता गर्नुभएको थिएन” (रोमी
३:२५) ।
तत्कालै विश्वास गर्ने शक्ति
प्राप्त गरे कुपरले
। परमेश्वरको क्षमा
दिन सक्ने शक्तिमा
हर्षित भए तिनी
। तिनले आफ्नो
जीवन येशूको पाउमा
सुम्पे ।
पछि
तिनी अठारौँ शताब्दीको
निकै लोकप्रिय भजन
लेखक कहलाइए । बारम्बार
असफल हात्महत्या गर्ने
चेष्टा गरेका कुपर बाइबलिय
खण्डको परिणामस्वरूप सामान्य विश्वासीको रूपमा
मात्र बाँचेनन्, तर
लोकप्रिय भजन लेखक
पनि बने ।