रिचार्ड
उम्ब्रान्डको जन्म ख्रीष्टाब्द
१९०९ मा मध्य
युरोपेली मुलुक रोमानियाको राजधानी
बुखारिस्टमा भएको थियो
। यहूदी परिवारमा
जन्मेका रिचार्डले केही समय
आफ्नो परिवारसँगै टर्कीमा
बिताए । तिनी
९ वर्षको हुँदा
तिनको पिताको मृत्यु
भयो । १५
वर्षको भएपछि तिनी आफ्नो
जन्मभूमि रोमानिया फर्के, परिवारका
अन्य सदस्यहरूसितै ।
१४
वर्षको उमेरमा नास्तिक बनाइएका
रिचार्ड १९३६ मा
सबिना ओस्टरसँग विवाह
बन्धनमा बाँधिए । एक
दिन रिचार्डको भेट
रोमानियाली वृद्ध ख्रीष्टियान सिकर्मीसँग
भयो जसले तिनलाई
येशूको बारेमा बतायो र
एउटा बाइबल पनि
दियो । परिणामत:
रिचार्ड येशूको अनुयायी बने
। रिचार्डको बप्तिस्माको
दिनमा तिनकी पत्नी
सबिनाले आत्महत्या गर्ने निर्णय
लिइन् । तर
पछि उनले आफ्नो
विचार बद्लिन् र
उनी पनि प्रभु
येशूमा आइन् ।
दोस्रो
विश्वयुद्धको बेलामा नाजी सेनाहरू
रोमानिया आइपुगे र तिनीहरूले
हत्याकाण्ड मच्चाउन थाले ।
आफूलाई कट्टर राष्ट्रवादी मान्ने
जर्मनीको एउटा राजनीतिक
दल हो, नाजी
। नाजीहरूले यहूदीहरूलाई
देखि सहँदैनथे ।
दोस्रो विश्वयुद्धको अन्त्यसम्ममा रोमानियका ६ लाख
यहूदीमध्ये २ लाख
६० हजारलाई नाजीहरूले
मृत्युको मुखमा पुर्याएका थिए ।
तर राजधानी बुखारिस्ट
जहाँ रिचार्डको परिवार
बस्थ्यो त्यो सहर
भने ती आक्रमणहरूको
क्रूर शिकारबाट बच्यो
।
ख्रीष्टाब्द
१९४४ बाट रुसी
सेनाहरू दस लाखको
सङ्ख्यामा रोमानिया भित्रिन थाले
र त्यसपछि रोमानियामा
साम्यवादीहरू शासनमा आए ।
पछिल्ला दिनहरूमा साम्यवादीहरूले ख्रीष्टियानहरूमाथि
गरेको अत्याचारलाई विचार
गर्दा नाजीहरूले ल्याएको
कष्ट सामान्य नै
थियो । साम्यवादीहरूले
तातो फलामका डण्डी
र चक्कुले यातना
दिन्थे । निर्ममतापूर्वक
पिट्थे । बन्दी
बनाइएका कोठाहरूमा भोकाएका मुसाहरू
छाडिदिन्थे । कोर्रा
लगाउँथे । अर्धपागल
हुने गरी चुट्दा
पनि तिनीहरूको अनुहारमा
दयाको झल्को पाईंदैनथ्यो
। ख्रीष्टियानहरूलाई आफूभन्दा
अलिकति ठुला काठका
बाकसहरूमा राखिन्थ्यो जसमा किलाहरू
ठोकिएका हुन्थे । घण्टौँसम्म
त्यसभित्र राख्दा शरीर थकित
भई चलायमान हुँदा
ती किलाहरूले तिनीहरूलाई
घोच्दथे । “हामी
शैतान हौँ” भनी
चिच्च्याउँदै तिनीहरूले यातना दिन्थे
। मान्छेको दिसा
पिसाबलाई पवित्र तुल्याउन लगाएर
ख्रीष्टियानहरूलाई प्रभु–भोज दिन
लगाइन्थ्यो । साम्यवादीहरूले
दिने यातनाका रूपहरू
अवर्णनीय र ज्यादै
अश्लील छन् ।
वास्तवमा नरकको पीडाको विषयमा
बाइबलले गरेको व्याख्यालाई त्यसबेला
साम्यवादी जेलहरूमा अनुभव गर्न
सकिन्थ्यो ।
यस्ता
क्रूर यातनाहरूका बारेमा
ज्ञान हुँदाहुँदै पनि
रिचार्ड येशूको गवाही हुनदेखि
डराएनन् । तिनले
भूमिगत मण्डलीको थालनी गरे
। भूमिगत मण्डली
सरकारबाट मान्यता नपाएको मण्डली
थियो । भूमिगत
मण्डलीमा सहभागी हुनु गैरकानुनी
थियो र त्यस्ताहरूलाई
जेलमा हालिन्थ्यो ।
२९
फेब्रुअरी १९४८ आइतबारको
दिनमा मण्डलीतर्फ जाँदै
गर्दा रिचार्ड उम्ब्रान्ड
गोप्य प्रहरीहरूद्वारा पक्राउमा
परे । साँढे
आठ वर्षसम्म तिनलाई
जेलमा यसरी गोप्य
रूपमा राखियो कि
तिनी मरेको र
बाँचेको दुनियाँलाई पत्तै भएन
। मुक्त भएका
कैदीहरूको भेषमा गोप्य प्रहरीहरू
रिचार्डकी पत्नीकहाँ आउँथे र
तिनी मरेको खबर
सुनाउँथे । तिनीहरूले
उनलाई रिचार्डको अन्त्येष्टीमा
सहभागी भएका कथाहरू
सुनाउँथे । रिचार्डका
आफन्तहरू र विदेशमा
रहेका तिनका शुभचिन्तकहरूलाई
तिनी मरिसकेकोले बिर्सन
आग्रह गरियो ।
तिनको पहिलो यस
लामो जेल जीवनबाट
ख्रीष्टाब्द १९५६ मा
तिनी जेलमुक्त नभएसम्म
तिनलाई भयानक यातनाहरू दिइयो
। उँधोमुन्टो पारी
तिनलाई पैतलामा दयामाया नगरी
पिटिन्थ्यो । तिनका
हड्डीहरू नभाँचिएसम्म पिटिन्थ्यो ।
तिनको शरीरमा घाउका
अठार ओटा दाग
बनाइएका थिए ।
तिनको तौल ख्यात्तै
घटेको थियो र
पिटाइले तिनको रूप नै
बद्लिदिएको थियो ।
यति धेरै यातनाका
बाबजुद पनि तिनी
जीवित हुनु परमेश्वरको
महान् आश्चर्यकर्म हो
।
तिनी
जेलमुक्त भए र
तिनले भूमिगत मण्डलीको
कामलाई पुन: आरम्भ
गरे । ३ वर्षपछि १९५९ मा
तिनी फेरि पक्राउ
गरिए अनि जेलमा
हालिए । तिनलाई
२५ वर्षको जेल
सजाय तोकियो ।
साँढे पाँच वर्षसम्मको
दोस्रो जेल जीवनपछि
१९६४ मा तिनले
आममाफी पाए र
तिनी जेलमुक्त भए
। तेस्रो पटक
पनि जेलमा हालिने
ठुलो खतरालाई मध्यनजर
गर्दै नर्वेका ख्रीष्टियानहरूले
तिनलाई रोमानियाबाट बाहिर लैजानको
लागि पहल गरे
। साम्यवादी सरकारले
त्यसबेला कैदीहरूलाई पैसाको मूल्यमा
छाड्न सुरु गरेको
थियो । एउटा
कैदीको औसत मूल्य
१,९०० अमेरिकी
डलर थियो तर
रिचार्डको लागि भने
तिनीहरूले १०,०००
अमेरिकी डलर तोकेको
थियो । विदेशमा
बसी परमेश्वरको काम
गर्नु उचित ठानी
तिनी अमेरिकामा बस्न
थाले । साम्यवादी
संसारको निम्ति येशूलाई मुक्तिदाताको
रूपमा चिनाउनु नै
तिनको जीवनको लक्ष्य
थियो ।
ख्रीष्टाब्द
१९६६ को मे
महिनामा वासिङ्गटन डी. सी.
मा अमेरिकी संसदीय
आन्तरिक
सुरक्षा
उपसमितिसामुन्ने रिचार्डले गवाही
दिए । त्यहाँ
तिनले आफ्नो वस्त्र
खोली शरीरमा लागेका
घाउका अठार ओटा
दाग देखाए ।
तिनको गवाहीपश्चात् तिनले
भोगेको दु:ख
कष्टलाई दुनियाँले वास्तवमै बुझ्न
पायो । यसले
संसारको ध्यानलाई खिँच्यो र
सञ्चारमाध्यमहरूद्वारा उनको कथा
तुरुन्तै संसारभरि फैलियो ।
१९६७
अप्रिलमा तिनले साम्यवादी संसारको
लागि
येशू
नामक संस्था खोले
। पछि यसको
नाम सहिदहरूको आवाज
राखियो । रिचार्डले
अङ्ग्रेजीमा मात्रै १८ ओटा
र रोमानियाली भाषामा
केही पुस्तकहरू लेखेका
छन् । तिनका कृतिहरूमध्ये
ख्रीष्टको निम्ति प्रताडित सर्वाधिक चर्चित
पुस्तक हो जसलाई नेपाली भाषामा पनि अनुवाद गरिएको छ । ६५ ओटा भाषामा अनूदित यो कृति
१९६७ सालमा पहिलो पटक छापिएको थियो । १७
फेब्रुअरी २००१ मा
क्यालिफोर्नियाको एउटा अस्पतालमा
रिचार्ड प्रभुमा सुते ।
स्वर्गीय
रिचार्ड उम्ब्रान्डलाई आज विश्वले
“भूमिगत मण्डलीको आवाज” र
“पूर्वी साम्यवादी युरोपका पावल”
को रूपमा चिन्छ
। मिहाइ रिचार्डका
छोरा हुन् जो
बुबाआमाको गवाहीको परिणाम स्वरूप
ख्रीष्टियान भएका थिए
। ख्रीष्टाब्द १९५६
मा रिचार्ड जेलमुक्त
हुँदा मिहाइले बुबालाई
सोधे, “तपाईंले भोग्नुभएका यी
सबै दु:ख
कष्टबाट तपाईंले के सिक्नुभएको
छ ?” बुबाले उत्तर
दिए, “पहिलो कुरा,
परमेश्वर अस्तित्वमा हुनुहुन्छ ।
दोस्रोमा, ख्रीष्ट हाम्रा मुक्तिदाता
हुनुहुन्छ । तेस्रोमा,
अनन्त जीवन छ
। र चौथोमा,
प्रेम नै सर्वोत्तम
मार्ग हो ।”