menu bar

Tuesday, January 13, 2015

“येशूको डुङ्गा” फेला पारियो



ख्रीष्टाब्द १९८६ को जनवरी महिनामा इस्राएल देशको गालील समुद्रको उत्तरी तटमा माटोमुनि गडेर रहेको अवस्थामा एउटा डुङ्गा फेला पारियो दुई हप्ताभित्रै यो खबर वनको डडेलोझैँ फैलियो स्थानिय अखबारहरूलेयेशूको डुङ्गाफेला पारियो भनी लेख्न थाले गालीलको समुद्रमा पत्ता लगाइएकोपहिलो प्राचीन पानी जहाजभनी पुरातत्त्वविद्हरूले घोषणा गरे यो ख्रीष्टियानसाथै यहूदीहरूका लागि एउटा महत्त्वपूर्ण ऐतिहासिक खोज थियो

मोसे युबाल नाउँ गरेका दाजुभाइले यो प्राचीन डुङ्गा पत्ता लगाएका थिए इस्राएलका प्राचीन वस्तुहरूको खोजको लागि यी दाजुभाइ सौखिन पुरातत्त्वविद्हरू थिए खडेरीको कारणले गर्दा तालको पानीको सतह घटेको बेलामा तिनीहरू तटको जाँच गर्न गएका थिए कुनै वस्तुमा ठोक्किएपछि के रहेछ भनी थप उत्खनन गर्दा उक्त डुङ्गा पत्ता लागेको हो डुङ्गामा क्षति नहोस् भन्ने हेतुले १२ दिन १२ रात लगाएर निकै होसियारीसँग पुरातात्त्विक दलद्वारा त्यसको उत्खनन गरिएको थियो डुङ्गालाई इस्राएलस्थित यिगाल अल्लोन सङ्ग्राहलयमा राख्नुअगि वर्षसम्म रासायानिक पदार्थमा डुबाएर राखिएको थियो

२६. फिट लमाइ, . फिट चौडाइ . फिट उचाइ भएको यो डुङ्गा पहिलो शताब्दी ख्रीष्टपूर्व ख्रीष्टाब्दको बिचमा प्रयोग गरिएको थियो जुन समयमा येशू यस धरतीमा मानव चोलामा बाँच्नुभएको थियो १२ किसिमका बेग्लाबेग्लै काठहरूबाट निर्मित यस डुङ्गालाई बारम्बार मर्मत गरिएको तथ्यले यसलाई दसकौँसम्म प्रयोग गरिएको थियो भनी देखाउँछ पुन: मर्मतको सम्भावना नदेखिएपछि डुङ्गाका उपयोगी काठहरूलाई निकाली त्यसलाई त्यसै छाडिदिएको हुनुपर्छ जुन शताब्दीऔँसम्म हिलोमा गडिन पुग्यो

येशूको जीवनी सेवाकार्यमा डुङ्गाले उल्लेखनीय भूमिका निर्वाह गरेको येशू डुङ्गामा हुनुहुँदा उहाँले बतासलाई शान्त पार्नुभयो (मर्कूस :३९) डुङ्गा छालको चपेटामा पर्दा येशू पानीमाथि हिँडेर चेलाहरूकहाँ आउनुभयो (मत्ती १४:२५) येशू उहाँका चेलाहरूसँगै डुङ्गामा चढेर गालीलको समुद्र वारपार गर्नुहुन्थ्यो भनी चार ओटै सुसमाचारले बारम्बार उल्लेख गरेका छन् (मत्ती :२३२७; मर्कूस :३५४१; लूका :२२२५; यूहन्ना :१६२४) सुसमाचारहरूमा झण्डै ५० पटक डुङ्गाको उल्लेख गरिएको सुसमाचारहरूले चित्रण गरेको डुङ्गामा जस्तै पत्ता लगाइएको यस डुङ्गामा तेर् जना व्यक्तिहरू (येशू उहाँका १२ जना चेलाहरू) सजिलैसित अटाउन सक्थे

येशू उहाँका चेलाहरूले यस डुङ्गालाई प्रयोग गरेको हुन सक्छन् भनी केहीले निष्कर्ष निकाल्ने प्रयास गरेको भए तापनि यकिनसाथ भन्न मुस्किल तर योचाहिँ निश्चयतासाथ भन्न सकिन्छ कि बिसौँ शताब्दीको अन्त्यमा पत्ता लगाइएको यस डुङ्गाले येशूको समयको डुङ्गाको प्रतिनिधित्व भने अवश्य गर्दछ सुसमाचारिय विवरणहरूलाई काल्पनिक कथाको दर्जा दिन खोज्नेहरूलाई यस आविष्कारले गतिलै झट्का दिएको  




Leave Your Comments Here.