menu bar

Wednesday, January 7, 2015

जोन विक्लिफ: सुधारवादको बिहानको तारा



ख्रीष्टियान मण्डली इतिहासमा थुप्रै सुधारवादीहरूले जन्म लिए महान् कहलाइएकाहरू रोमन क्याथोलिक पृष्ठभूमिबाट नै आएका छन् तिनीहरूले कुनै नयाँ सम्प्रदायको रचना गर्न खोजेनन् मण्डलीमा फुट ल्याउनु नै तिनीहरूको चाहना थियो मण्डलीको सुधार तिनीहरूको इच्छा थियो वर्षौंअगिदेखि मण्डलीमा देखा परेका दुरुपयोगहरूलाई सच्च्याउनु तिनीहरूको उद्देश्य थियो लुथर, काल्भिन ज्विङ्लीजस्ता महान् अगुवाहरूको आगमनसँगै सोर्हौँ शताब्दीमा मण्डलीको सशक्त सुधारको खाँचो व्यापक रूपमा देखियो तर सुधारको जग भने मण्डली इतिहासका केही महान् योद्धाहरूले बसालेका थिए जसमध्ये एक थिएजोन विक्लिफ

जोन विक्लिफ ईश्वरशास्त्री, प्रचारक, अनुवादक, सुधारवादी, प्राध्यापकसाथै दार्शनिक थिए तिनी मध्य युगीन शिक्षा पद्धतिको साँझको तारा सुधारवादको बिहानको तारा हुन् तिनले नै अङ्ग्रेजी भाषामा पहिलो पटक बाइबललाई अनुवाद गरेका थिए पोप प्रणालीको विरुद्धमा आवाज उठाउनेहरूमध्ये एक हुन् विक्लिफ

जोन विक्लिफको जन्म लगभग १३२४ तिर इङ्गल्यान्डमा भएको थियो तिनको बाल्यकालबारे थोरै मात्र ज्ञात तिनले अक्सफोर्ड विश्वविद्यालयबाट औपचारिक शिक्षा हासिल गरेका थिए १३७२ मा तिलने विद्यावारिधि हासिल गरे  

गरिबहरू सामान्य जनताहरूप्रति विक्लिफको औधी फिक्री थियो विक्लिफको समयमा क्याथोलिक मण्डलीले इङ्गल्यान्डको एकतिहाइ जमिनमाथि अधिकार जमाएको थियो तर मण्डलीले शक्ति पैसाको दुरुपयोग गरेकोले विक्लिफले त्यसको भत्र्सना गरे पादरीहरू प्रायश: अनपढ अनैतिक थिए मण्डलीका उच्च अधिकारीहरू किनिएका हुन्थे वा तिनीहरूलाई राजनीतिक संरक्षण मिल्थ्यो बाइबलका समर्पित विद्यार्थी विक्लिफले मण्डली बाइबलिय सिद्धान्तहरूबाट पर गएको देखे बाइबल धर्मशास्त्रको अध्ययनको आधारमा तिनले क्याथोलिक मण्डलीले सिकाउने केही सिद्धान्तहरू (जस्तै: परगेटरी, पाप मोचनपत्र आदि) को विरुद्धमा लेखे अनि प्रचार गरे

जब विक्लिफले रोटी दाखरस अक्षरश: येशूको देह रगतमा परिवर्तन हुन्छ भन्ने प्रभुभोजबारे भएको क्याथोलिक अवधारणामाथि आक्रमण गरे तब सांस्कृतिक मण्डली अर्थात् क्याथोलिक मण्डलीसित तिनको विच्छेद भयो तिनको अवधारणालाई अपुष्ट ठानियो तिनका थुप्रै समर्थकहरूले तिनलाई छाडेर गए तापनि तिनी आफ्नो शिक्षामा अडिग रहे

बाइबल धर्मशास्त्रको वास्तविक शिक्षालाई उजागार पार्नको लागि त्यसलाई स्थानिय भाषामा अनुवाद गरिनुपर्छ भन्ने कुरो विक्लिफले राम्ररी बुझेका थिए तिनको समयमा अङ्ग्रेजी भाषामा बाइबल उपलब्ध थिएन, केवल ल्याटिन भाषामा केही पादरीहरूले मात्र ल्याटिन बुझ्थे बाइबल सर्वसाधारणको पहुँचभन्दा निकै पर थियो त्यसैले तिनले सर्वसाधारणले बुझ्ने भाषा अर्थात् अङ्ग्रेजीमा बाइबल अनुवादको थालनी गरे, तिनका मित्र जोन पर्भेको सहायतामा

विक्लिफले सिकाएका शिक्षाहरू बाइबलमुताबिक नै थिए तर क्याथोलिक मण्डली बाइबलिय शिक्षाभन्दा निकै टाढा गइसकेकोले उसले विक्लिफको शिक्षालाई पचाउन सकेन परिणामस्वरूप शक्तिको आडमा तिनीमाथि खनियो पोप प्रणाली ३१ डिसेम्बर १३८४ तिनको देहान्त भएको थियो

क्याथोलिक मण्डली जोन विक्लिफदेखि यति धेरै रिसाएको थियो कि तिनको मृत्युको ४३ वर्षपछि कर्मचारीहरूले तिनको चिहान खनी तिनका हड्डीहरूलाई जलाएर खरानी बनाई इङ्गल्यान्डको स्विफ्ट नामक खोलामा बगाइदिए तर परिणाम के भयो ? एक लेखकअनुसार त्यस खोलाले तिनको खरानीलाई अभोनमा पुर्याइदियो; अभोनले सेभर्नमा; अनि सेभर्नबाट ती खरानी मुख्य महासागरमा लगिए विक्लिफका खरानी तिनको सिद्धान्तका प्रतीक हुन् जुन आज संसारभरि नै छरपष्ट भएका छन्   

Leave Your Comments Here.