जब
आस्तिकहरूले परमेश्वरको कुरा गर्छन्
नास्तिकहरू अगाडि सर्दै प्रश्न
तेर्साउँछन्, “कसले देखेको
छ र परमेश्वरलाई
?” म यहाँ यो
प्रश्नलाई दुई ओटा
दृष्टिकोणबाट विश्लेषण गर्न चाहन्छु
।
- कोही पनि मान्छेले परमेश्वरलाई नदेखेकोले उहाँको अस्तित्वलाई स्वीकार गर्न सकिन्नँ भन्ने आशयलाई व्यक्त गर्छ यो प्रश्नले ।
- परमेश्वर या कुनै पनि कुरो अस्तित्वमा हुनको लागि मानवीय आँखाले देखेको हुनुपर्छ भनेर पनि यसले अङ्कित गर्दछ ।
ख्रीष्टियान
परिभाषामुताबिक परमेश्वर स्वभावैले देहविहीन
अर्थात् आत्मा हुनुभएकोले उहाँलाई
मानवीय आँखाले देख्न सक्ने
सम्भावना छैन ।
तसर्थ, “के कसैले
परमेश्वरलाई देखेको छ र
?” भन्ने नास्तिकहरूको प्रश्नमा दम छ
। यस विचारकले
एउटै शब्दमा उत्तर
दिन्छ, “छैन ।”
तर
अझै महत्त्वपूर्ण प्रश्न
यो हो कि
“के कुनै कुरो
अस्तित्वमा हुनको लागि मानवीय
आँखाले देख्नैपर्छ र ?” यहाँ
आँखाको सीमा र
सत्यताको पहिचानको स्रोतलाई नबुझ्ने
प्रिय मित्र नास्तिकहरू
चुक्न पुग्छन् ।
ती
वास्तविकताहरूलाई हामीले नदेख्नुको कारण
ती अस्तित्वविहीन भएकोले
होइनन् तर हाम्रा
आँखाको सीमितताको कारणले गर्दा
हो । यो
संसारमा तपाईंका आँखाले नदेखे
तापनि तपाईंले विश्वास
गर्नुभएको र विश्वास
गर्नुपर्ने वस्तुहरू मनग्गे छन्
।
के
तपाईंले कहिल्यै आफ्नो मस्तिष्कलाई
देख्नुभएको छ ? के
तपाईंले कहिल्यै बतासलाई देख्नुभएको
छ ? के तपाईंले
कहिल्यै इतिहासलाई देख्नुभएको छ
? के तपाईंले कहिल्यै
टेलिभिजनका तरङ्गहरूलाई देख्नुभएको छ
? तपाईं आफैले आफ्नो मस्तिष्कलाई
देख्नुभएको छैन होला
तर अरूको देख्नुभएको
कारणले गर्दा या यस
विषयमा पढ्नुभएकोले आफ्नो मस्तिष्कको
अस्तित्वमाथि तपाईंलाई रत्तिभर पनि
शङ्का छैन ।
हामीले बतासलाई नदेखे तापनि
यसका असरहरूलाई अनुभव
गर्न सक्छौँ ।
अदृश्यता बतासको स्वभाव हो
। हामीसँग इतिहासको
बारेमा लेखिएका अभिलेखहरू छन्
र तिनै अभिलेखहरूको
आधारमा केही घटनाहरू
भए भनी हामी
विश्वस्त हुन पुग्छौँ
। पुनरावृत्ति नहुनु
इतिहासको प्रकृति हो ।
टेलिभिजनका तरङ्गहरू अदृश्य भए
तापनि एन्टिनासाथै अन्य
उपकरणहरूले ती तरङ्गहरूको
उपिस्थतिलाई पत्ता लगाउन सक्छन्
।
कुनै
कुरो अस्तित्वमा हुनको
लागि त्यसलाई तपाईंले
देख्नैपर्छ भन्ने छैन ।
त्यसको असर, त्यसको
बारेमा भएको अभिलेख,
त्यसको लागि भएको
साक्षीको आधारमा त्यसलाई स्वीकार
गर्नुपर्दछ । याद
गर्नुस् कि अदालतको
सम्पूर्ण काम कार्यावाही
साक्षीमा आधारित हुन्छ ।
जब न्यायाधीशसामु विश्वसनीय
साक्षीहरू पेस गरिन्छन्
तब ऐतिहासिक घटनाबारे
न्यायाधीशले फैसला सुनाउँछ ।
परमेश्वरको
अस्तित्वको बारेमा चर्चा गर्दा
पनि मानवीय आँखाको
सीमालाई बुझ्नु आवश्यक छ
र वास्तविकताको पहिचानको
लागि आँखा सम्पूर्ण
स्रोत होइन, केवल
एउटा हो ।
परमेश्वरको अस्तित्वको बारेमा छलफल
गर्दा उपलब्ध साक्षीहरूलाई
विश्लेषण गर्नु आवश्यक छ
। एक महान्,
चेतनशील सृजनाकार अस्तित्वमा हुनैपर्छ
भन्नाका लागि साक्षीहरू
यथेष्ट छन् ।
- यो विश्व अनन्त छैन भनी वैज्ञानिक ढङ्गमा पुष्टि भएको छ । तर यो विश्व अहिले अस्तित्वमा छ । कुनै पनि कुरो आफसे आफ उत्पन्न नहुने भएकोले यो विश्वको पछाडि एक महान् रचनाकार हुनैपर्छ जसलाई हामी परमेश्वर भन्छौँ ।
- यो विश्व यति अविश्वसनीय रूपमा व्यवस्थित छ कि यसमा थोरै मात्र अदलबदल हुने हो भने सम्पूर्ण विश्व ध्वस्त हुन पुग्छ । व्यवस्थित कुरो कहिल्यै पनि आफै उत्पन्न नहुने भएकोले व्यवस्थित विश्वको पछाडि एक रचनाकार हुनैपर्छ जसलाई हामी परमेश्वर भन्छौँ ।
- मानवलगायतका जीवहरू अहिले अस्तित्वमा छन् । निर्जीव वस्तुबाट सजिव वस्तुको उदय नहुने भएकोले यसको उदयको निम्ति एक बुद्धिमान् जीवनदाताको अवश्य खाँचो पर्छ जसलाई हामी परमेश्वर भन्छौँ ।
निष्कर्षमा,
कुनै कुरो अस्तित्वमा
छ या छैन
भनेर पत्ता लगाउने
थुप्रै तरिका र माध्यमहरू
छन् । आँखा
तीमध्ये केवल एउटा
हो । परमेश्वरको
अस्तित्वको बारेमा चर्चा गर्दा
उहाँको स्वभावको कारणले गर्दा
मानवीय आँखालाई नभई अन्य
स्रोतहरूलाई प्रयोग गरिनुपर्छ । यीलगायत अन्य साक्षीहरूको कारणले गर्दा उहाँ हुनुहुन्न भनेर विश्वास गर्न जति गार्हो छ उहाँ हुनुहुन्छ भनेर विश्वास गर्न त्यति मुश्किल छैन ।