menu bar

Thursday, January 29, 2015

के येशू क्रूसमा मर्नुभएन र ?



जनसङ्ख्याको आधारमा संसारको दोस्रो ठुलो धर्म इस्लामको धर्मशास्त्र कुरआनमा लेखिएको , “तिनीहरूले ईसा मसीह [येशू ख्रीष्ट] को हत्या कदापि गरेका छैनन्” (सूरह :१५७) मुस्लिमहरूको विश्वासअनुसार येशू क्रूसमा मारिनुभएन बरु उहाँको सट्टामा अरू कसैलाई क्रूसमा झुण्ड्याइयो; येशू नमरीकनै स्वर्ग लगिनुभयो मुस्लिमहरू मात्र नभई भारतका राष्ट्रिय हिन्दु सङ्घका अगुवा के. एस. सुदर्सनले २००७ को भाषणमा येशू कहिल्यै क्रूसमा मारिनुभएन भनी बताए, “उहाँलाई केवल चोट लागेको थियो उपचारपछि उहाँ भारत फर्कनुभयो जहाँ उहाँको वास्तवमा मृत्यु भएको थियो

येशू ख्रीष्टको मृत्यु पुनरुत्थान ख्रीष्टियमतको कुनेढुङ्गो हो येशू नै क्रूसमा मारिनुभएको थिएन भने मुक्तिबारे ख्रीष्टियान शिक्षाको कुनै औचित्य हुँदैन ख्रीष्टियमतको जग येशूको पुनरुत्थान भएकोले पुनरुत्थान उहाँको मृत्युसित प्रत्यक्ष रूपमा जोडिएकोले उहाँको मृत्युविना ख्रीष्टियमत गल्र्यामगुर्लुम ढल्छ जसले जस्तो दाबी गरे तापनि एउटा बौद्धिक व्यक्तिले पक्ष विपक्षमा उदाङ्गो पारिएका साक्षीहरूलाई तराजुमा जोख्छ काँटा जतातिर ढल्कन्छ त्यतैपट्टि खडा हुन्छ येशू क्रूसमा मर्नुभएको थियो भन्ने बाइबलिय शिक्षाको लागि यहाँ ओटा साक्षीहरू पेस गरिएका छन्

. पहिलो प्रमाणबाइबल बाहिरका रचनाहरू 
येशूलाई क्रूसमा टाँगिएको थियो भनी बाइबलले मात्र बताउँदैन तर प्राचीन समयका चर्चित बाइबलेतर अर्थात् बाइबल बाहिरका लेखकहरूले पनि यसको उल्लेख गरेका छन् प्राचीन रोमी इतिहासकार टासिटसले करिब ११५ तिर उल्लेख गरे कितिनीहरूका संस्थापक ख्रीष्टलाई तिबेरिअसको शासनकालमा यहूदीयाका बडाहाकिम पन्तियस पिलातसद्वारा मृत्युदण्ड दिइएको थियो यहूदी इतिहासकार योसिफसको अभिलेखअनुसार पिलातसले येशूलाई क्रूसमा टाँगिने आज्ञा दिए सामोसाटाका ग्रिक व्यङ्ग्यकार लुसियनले क्रूसारोहणको उल्लेख गरेका छन् येशूलाई मृत्युदण्ड दिइएको थियो भनी मारा बारसेरापियोनले पनि पुष्टि गरेका छन् येशूलाई झुण्ड्याइएको थियो भनी यहूदी ताल्मुडले पनि गवाही दिन्छ

. दोस्रो प्रमाणऔषधी विज्ञान 
क्रूसारोहण एउटा यस्तो खालको विधि थियो जसले मान्छेलाई सास अवरोधद्वारा बिस्तारै मृत्युको मुखमा धकेलिदिन्थ्यो उसको श्वासप्रश्वासको गति कम हुँदै जान्थ्यो जसलाई रेस्पिरेटरी एसिडोसिस भनिन्छ यसमा कार्बोनिक एसिडले रगतको अम्लीयतालाई बढाउनाले रगतमा भएको कार्बनडाइअक्साइ विलिन हुन पुग्छ अन्ततोगत्वा, यसले मुटुको अनियमित ढुकढुकीतर्फ डोर्याउँछ वास्तवमा येशूको मुटुको धडकन अनियमित भएपछि उहाँ मृत्युको सङ्घारमा पुगिसक्नुभएको थियो भनी उहाँले जानेको हुनुपर्छ त्यसैले उहाँले भन्नुभयो, “हे पिता, मेरो आत्मा तपाईंको हातमा सुम्पन्छु” (लूका २३:४६) अनि त्यसपछि उहाँको मृत्यु भयो पहिलो शताब्दीका मानिसहरूले मात्र येशू मर्नुभएको थियो भनी विश्वास गरेनन् तर येशू वास्तवमै मर्नुभएको थियो भनी आधुनिक डाक्टरहरू पनि सहमत छन् एक जना प्याथोलोजिस्टसहित तिन जना चिकित्सकीय डाक्टरहरूले निकालेको निष्कर्ष यस्तो , “स्पष्टत:, ऐतिहासिक चिकित्सकीय साक्षीले अङ्कित गर्छ कि उहाँको दायाँपिट्ट भएको चोटलाई खलबल्याउनुअगि उहाँ मरिसक्नुभएको थियो उहाँको दायाँ करङको बिचमा घुसारिएको भालाले सम्भवत: दाहिने फोक्सोलाई मात्र छेडेन तर मुटुको थैली मुटुलाई नै छेड्यो जसबाट उहाँको निश्चित तवरले मृत्यु भयो भन्ने परम्पारगत दृष्टिकोणलाई पनि यसले समर्थन गर्छ तदनुसार, येशू क्रूसमा मर्नुभएन भन्ने अनुमानमा आश्रित अर्थ खोलाइहरू आधुनिक चिकित्सकीय ज्ञानसित बेमेल देखा पर्छन्

. तेस्रो प्रमाणयेशूका आफ्नै भविष्यवाणीहरू
मत्ती १६:२१ मा येशूको मृत्युबारे पहिलो भविष्यवाणी उल्लेख , “उहाँ कसरी यरूशलेममा जानुपर्छ, धर्मगुरु मुख्य पूजाहारीहरू शास्त्रीहरूबाट धेरै कष्ट भोग्नुपर्छ, मारिनुपर्छ तेस्रो दिनमा जीवित भइउठ्नुपर्छ भनी उहाँले त्यस बेलादेखि आफ्ना चेलाहरूलाई बताउन थाल्नुभयो येशू उहाँका चेलाहरू गालीलबाट फर्कंदै गर्नुहुँदा उहाँले आफ्नो मृत्युको सम्बन्धमा दोस्रो भविष्यवाणी गर्नुभयो (मत्ती १७:२२२३) येशू आफ्ना चेलाहरूसित यरूशलेम जाँदै गर्नुहुँदा चेलाहरूलाई एकापट्टि लगेर येशूले आफ्नो मृत्युबारे तेस्रो चोटि भविष्यवाणी गर्नुभयो (मत्ती २०:१८१९) कुरआनले भनेजस्तै यदि येशू भर्नुभएको थिएन भने उहाँ झुटो अगमवक्ता हुनुहुन्छ तर उहाँ महान् अगमवक्ता हुनुहुन्छ भनी कुआनले बताउँछ यसरी यस विषयमा कुरआन गलत हुन पुग्छ   अर्कोतिर, यदि येशूले भविष्यवाणी गर्नुभएजस्तै उहाँ साँच्चै मर्नुभएको थियो भने उहाँ वास्तवमै महान् अगमवक्ता हुनुहुन्छ तर यो कुरआनको शिक्षासित मेल खाँदैन जसले उहाँ मर्नुभएन भनी बताउँछ जुन दृष्टिकोणबाट हेरे पनि यस विषयमा कुरआन सही देखिँदैन मेरो सामान्य तर्कले यही भन्छयदि येशू मारिनुभएको थिएन भने उहाँको भविष्यवाणी चुक्यो परिणामत: उहाँ झुटो अगमवक्ता ठहरिनुभयो

. चौथो प्रमाणनयाँ करारको साक्षी
प्राचीन संसारको सबैभन्दा विश्वसनीय ग्रन्थ होनयाँ करार यसको अंशको रूपमा देखा पर्छ चार ओटा सुसमाचारहरू जुन येशू ख्रीष्टका जीवनी हुन् यी नै चार ओटा सुसमाचारहरूमा येशूको मृत्युको सम्बन्धमा प्राचीनतम सबिस्तार ऐतिहासिक विवरण पाइन्छ नयाँ करारका पत्रहरूमा पनि अन्य थुप्रै सन्दर्भहरू उल्लेख छन् सुसमाचारिय वर्णनअनुसार येशूलाई खप्परे भनिने डाँडामा लगियो अनि दुई जना डाँकूसितै उहाँलाई क्रूसमा टाँगियो सिपाहीहरूले उहाँको वस्त्रलाई चिट्ठा हाले उहाँको मृत्युपश्चात् अरिमाथियाका योसेफले पिलातसलाई अनुरोध गरी येशूको मृत शरीर मागे अनि त्यसलाई नयाँ चिहानमा गाडे नयाँ करारलाई पढी येशू ख्रीष्टको मृत्युलाई नदेख्नु भनेको घाम लागेको बेलामा माथि आकाशमा हेरी सूर्यलाई नदेखेको जस्तै हो

इतिहासलाई अध्ययन गर्ने विधिको प्रयोग गरी पूर्वाग्रही नभई निष्पक्ष दृष्टिकोणबाट येशूको जीवनीलाई पढ्ने कुनै पनि व्यक्तिले उहाँको मृत्युमाथि शङ्का गर्ने आँट गर्दैन क्रूसारोहणबाट येशूको मृत्यु एउटा स्थापित सत्यता हो बाइबललाई परमेश्वरको वचन नमानी केवल एउटा ऐतिहासिक ग्रन्थको रूपमा उल्लेख गर्ने खोजकर्ता पनि सजिलैसित यही निष्कर्षमा पुग्छ नै तब यो प्रस्ट कि येशूको मृत्यु भएको थिएन भन्नु धर्मान्ध दाबीबाहेक केही होइन जोन डोमिनिक क्रोसानजस्ता लिवरल लेखकले लेखेका छन्, “पन्तियस पिलातसको समयमा क्रूसारोहणद्वारा येशूको मृत्यु कुनै पनि ऐतिहासिक कुरोजत्तिकै निश्चित किनकि उहाँको क्रूसारोहणको एक सय वर्षपछि येशूको कुनै पनि अनुयायीले कुनै कुरो नलेखेको भए तापनि दुई जना लेखकबाट उहाँको विषयमा हामी अझै थाहा पाउने थियौँ जो उहाँका समर्थकहरूमध्ये थिएनन् तिनीहरूका नाउँ फ्लाभियस योसिफस कर्नेलियस टासिटस हुन्

Leave Your Comments Here.