menu bar

Thursday, January 22, 2015

परमेश्वरको वचनका १० ओटा प्रतीकहरू



बाइबलमा परमेश्वरको वचनलाई विभिन्न वस्तुहरूसित तुलना गरिएको ती हरेक प्रतीकले परमेश्वरको वचनको प्रकृति शक्तिलाई व्यक्त गर्छन् हामी यहाँ त्यस्ता दस ओटा प्रतीकहरूलाई ध्यान दिनेछौँ
 
. आगोजस्तो (यर्मिया २३:२९)  
यर्मिया २३:२९ मा परमप्रभु प्रश्न गर्नुहुन्छ, “के मेरो वचन आगोजस्तै छैन ?” उत्तर हुन्छ, “ यर्मियाको समयमा झुटा अगमवक्ताहरूले सपनामा परमेश्वरको वचन पाएको दाबी गर्दै थिए तर तिनीहरूका सपनाहरू मानिसहरूको आत्मिक खाँचो पुरा गर्न नसक्ने बेकम्मा परालजस्ता थिए तिनीहरूको वचनमा कुनै शक्ति थिएन यसको विपरीत परमेश्वरको वचन आगोजस्तै जसले जलाउने काम गर्छ; खार्ने काम गर्छ अनि शुद्ध पार्छ जसरी आगोले पराललाई नष्ट पार्छ त्यसै गरी परमेश्वरको वचनले झुटा अगमवक्ताहरूलाई विनाश गर्छ आगोले ज्योति दिनुकासाथै न्यायो पार्ने काम पनि गर्छ  

. घनजस्तो (यर्मिया २३:२९)
उही खण्डमा परमेश्वरले अर्को प्रश्न पनि तेर्साउनुभएको , “चट्टानलाई चूरचूर पार्ने के त्यो [मेरो वचन] एउटा ठूलो घनझैँ छैन ?” जसरी घनले चूरचूर पार्छ त्यसै गरी परमेश्वरको वचनले सबै दुष्ट्याइँलाई धुजाधुजा बनाउँछ दुवै आगो घन विनाशकारी वस्तुहरू मात्र नभएर शुद्ध पार्ने थोकहरू पनि हुन्  

. बत्तीजस्तो (भजनसंग्रह ११९:१०५)
भजनका लेखकले परमेश्वरको वचनलाई बत्तीसँग तुलना गरेका छन्, “तपाईंका वचन मेरा गोडाका निम्ति बत्ती, मेरो बाटोको निम्ति उज्यालो हो” (भजनसंग्रह ११९:१०५) बत्तीले एकातिर अन्धकारलाई हटाउने काम गर्छ भने अर्कोतिर बाटो देखाउने काम गर्छ यसले बटुवालाई ठोक्किएर लड्नबाट जोगाउँछ अनि खतरामा पुर्याउन सक्ने गलत मार्गबाट जानदेखि बचाउँछ जसरी बत्तीलाई हातमा लिएर हामी निर्धक्कसँग हिँड्छौँ त्यसै गरी परमेश्वरको वचनलाई हाम्रो हातमा लिएर हाम्रो जीवनको यात्रामा हामी निर्धक्कसँग हिँडौँ     

. ऐनाजस्तो (याकूब :२३)
येशूका भाइ याकूबले आफ्ना पाठकहरूलाई लेखेका छन्, “कुनै मानिसले वचन सुन्छ तर पालन गर्दैन भने, त्यो एउटा यस्तो मानिसजस्तो हुन्छ, जसले आफ्नो अनुहार ऐनामा हेर्छ” (याकूब :२३) तर एकैछिनमा बिर्सन्छ जसरी ऐनाले हाम्रो शरीरमा लागेका दागलाई देखाइदिने काम गर्छ त्यसै गरी परमेश्वरको वचनले हाम्रो जीवनमा भएका पापलाई उदाङ्गो पारिदिन्छ वचन पालन गर्ने विश्वासी दिनप्रतिदिन ख्रीष्टको अनुग्रहमा बढ्दै जान्छ    

. तरवारजस्तो (हिब्रू :१२)
हिब्रूका लेखक लेख्छन्, “किनकि परमेश्वरको वचन जीवित क्रियाशील हुन्छ, कुनै पनि दुईधारे तरवारभन्दा बढी धारिलो हुन्छ यसले प्राण आत्मालाई त्यसका जोर्नीजोर्नी हाडको गुदीसम्मलाई भागभाग पारुञ्जेल वारपार छेड्ने ह्यका विचार इच्छा जाँच्न सक्ने हुन्छ” (हिब्रू :१२) दुईधारे तरवारको रूपमा परमेश्वरको वचनमा ह्दयलाई छेड्ने शक्ति   

. दूधजस्तो ( पत्रुस :)
येशूका चेला पत्रुस आफ्ना स्रोताहरूलाई अनुरोध गर्छन्, “नयाँ जन्मेका बालकहरूजस्तै शुद्ध आत्मिक दूधको तृष्णा गर, त्यसबाट तिमीहरू आफ्नो मुक्तिमा बढ्दैजान सक्नेछौ” ( पत्रुस :) जसरी दूधले शारीरिक भोकलाई तृप्त पार्छ त्यसै गरी परमेश्वरको वचनले आत्मिक भोक अर्थात् आत्मालाई तृप्त पार्ने काम गर्छ आत्मिक वृद्धिको लागि परमेश्वरको वचन अपरिहार्य    

. सुनजस्तो (भजनसंग्रह १९:१०)
भजनका लेखक दाऊद लेख्छन्, “सुनभन्दा पनि ती [परमप्रभुका विधिहरू] बढी चाहना गर्ने योग्य छन्, निखुर सुनभन्दा पनि ज्यादै बढी” (भजनसंग्रह १९:१०) सुन मुल्यवान् धातु हो भजनका लेखकअनुसार परमेश्वरको वचन त्योभन्दा पनि मूल्यवान् जसको चाह गरिनुपर्छ    

. महजस्तो (भजनसंग्रह १९:१०)
परमेश्वरको वचनचाकाबाट टप्कने महभन्दा बढी गुलिया” (भजनसंग्रह १९:१०) छन् महभन्दा गुलियो के होला ? परमेश्वरको वचन महभन्दा पनि गुलियो जसले आत्मालाई शान्त तृप्त पार्छ   

. दियोजस्तो ( पत्रुस :१९)
आफ्नो दोस्रो पत्रमा येशूका चेला पत्रुसले लेखेका छन्, “झिसमिसे उज्यालो नहोउञ्जेल तिमीहरूका ह्दयमा बिहानको तारा नउदाउञ्जेल अन्धकारमा बलिरहेको दियोलाई झैँ तिमीहरूले त्यस वचनलाई ध्यान दियौ भने असल गर्नेछौ” ( पत्रुस :१९) अन्धकारमा दियोले उज्यालो दिने काम गर्छ दियोले हामीलाई धेरै कुराहरू देख्न सक्षम तुल्याउँछ जुन अरू तरिकाले देख्न सकिँदैनथ्यो   दियोले अगुवाइ गर्ने काम गर्छ  

१०. रोटीजस्तो (मत्ती :)
उपवासपश्चात् हाम्रा प्रभु येशू भोकाउनुहुँदा दियाबलस अर्थात् शैतानले उहाँलाई ढुङ्गाहरूलाई रोटी होऊन् भनी आज्ञा दिनुहोस् भनी अनुरोध गर्दा येशूले त्यसलाई जवाफ दिनुभयो, “लेखिएको , ‘मानिस रोटीले मात्र होइन, तर परमेश्वरको मुखबाट निस्केको हरेक वचनले जीवित रहँदछ’” (मत्ती :) शारीरिक रूपमा बाँच्नको लागि भोजनको खाँचो परेजस्तै आत्मिक रूपमा बाँच्नको लागि उहाँको वचनको खाँचो पर्छ भोजन दैनिक आवश्यकताभित्र पर्ने वस्तु हो            

Leave Your Comments Here.