अबियाथार
प्रधान पूजाहारीको पालामा दाऊदले
परमेश्वरलाई चढाइएको रोटी खाए
भनी प्रभु येशूले
बताउनुभयो, “प्रधान पूजाहारी अबियाथारको
पालोमा परमेश्वरको भवनमा तिनी
[दाऊद]
पसे, र परमेश्वरलाई
चढाइएको रोटी खाए”
(मर्कूस २:२६)
। तर १
शमूएल २१:१–६ लाई
पढ्दा प्रस्ट हुन्छ
कि त्यसबेला अहीमेलेक
प्रधान पूजाहारी थिए ।
वास्तवमा कोचाहिँ प्रधान पूजाहारी
थिए— अबियाथार वा
अहीमेलेक ? यो सुस्पष्ट
विरोधाभासको व्याख्या के हुन
सक्छ ?
ऐतिहासिक
विवरणहरूबाट यो प्रस्ट
छ कि त्यो
समयमा अबियाथार नभई
अहीमेलेक प्रधान पूजाहारी थिए
जस्तो १ शमूएल
२१:१–६ मा वर्णन
गरिएको छ ।
अहीमेलेकले
दाऊदसित मतियारी गरेको कारण
देखाई राजा शाऊलले
एदोमी दोएगको हातबाट
अहीमेलेकसाथै नोबका सबै पूजाहारीहरूलाई
मार्न लगाए (१
शमूएल २२:१८–१९) ।
अहीमेलेकका छोरा अबियाथार
मात्रै दाऊदकहाँ भागेर जान
सफल भए (पद
२०) र बुबाको
मृत्युपश्चात् राजा दाऊदद्वारा
तिनी प्रधान पूजाहारीमा
नियुक्त गरिए ।
वास्तवमा
अहीमेलेक प्रधान पूजाहारी हुँदा
दाऊदले परमेश्वरलाई चढाइएको रोटी
खाएको भए तापनि
तिनको हत्यापश्चात् तिनका
छोरा अबियाथार प्रधान
पूजाहारी बने जो
बुबाभन्दा विशिष्ट साबित् भए
। “प्रधान पूजाहारी
अबियाथारको पालोमा” भन्ने वाक्यांशले
दाऊदले रोटी खाँदा
तिनी वास्तवमै प्रधान
पूजाहारीको ओहोदामा थिए भनी
बताउँदैन । दाऊदले
रोटी खाएपछि तिनी
प्रधान पूजाहारी बने पनि
यस्तो खालको अभिव्यक्ति
अझै सही हुन्छ
। दाऊदले उक्त
रोटी खाँदा अबियाथार
जीवितै थिए र
यो अबियाथारको समयमा
घटेको घटना थियो,
तिनले वास्तवमै प्रधान
पूजाहारीको सेवा–कार्य
सम्हाल्दा होइन ।