येशू
[जिसस क्राइस्ट] ख्रीष्टियमतका संस्थापक
हुनुहुन्छ जो आजभन्दा
लगभग दुई हजार
वर्षअगि यस धरतीमा
जिउनुभयो । उहाँ
यस धरतीबाट बिदा
हुनुभएको केही वर्षभित्रमा
नै उहाँका अनुयायीहरूले
उहाँको जीवनीलाई लिखित रूप
दिए । पवित्र–शास्त्र बाइबलको दोस्रो
विभाजन अर्थात् नयाँ करारका
अगिल्ला चार ओटा
पुस्तकहरू येशूकै बारेमा लेखिएका
जीवनी हुन् जसलाई
“सुसमाचारहरू” भनिन्छ । ती
चारै जना जीवनीकारहरूले
येशूको बारेमा विचित्रका घटनाहरू
अभिलिखित गरेका छन् जसमध्ये
एउटा हो— मरेको
तेस्रो दिनमा उहाँ पुन:
जीवित हुनुभयो ।
यो
संसारमा कुनै अलौकिक
हस्तक्षेप हुँदैन भन्ने प्रकृतिवादीहरूले
ऐतिहासिक सत्यताको जाँचपडताल नै
नगरी “असम्भव” भन्ने
उत्तर दिन सक्छन्
। तर एउटा
तार्किकसाथै सचेत अनुसन्धानकर्ता
उपलब्ध स्रोतहरूलाई विश्लेषण गरी
निष्कर्षमा पुग्न चाहन्छ ।
येशू वास्तवमै बौरी
उठ्नुभयो भन्नाका लागि यहाँ
१० ओटा ऐतिहासिक
साक्षीहरू पेस गरिएका
छन् ।
१. येशू
क्रूसमा
मारिनुभयो
।
चार
ओटा सुसमाचारिय विवरणहरूमुताबिक
येशूलाई गेतसमनीको बगैँचामा पक्राउ
गरिएपछि उहाँलाई पिटियो, कोर्रा
लगाइयो अनि मृत्युदण्ड
तोकियो । दुई
जना अपराधीसँगै उहाँलाई
क्रूसमा झुण्ड्याइयो, त्यो पनि
सार्वजनिक स्थानमा भिडहरूको बिचमा
। उहाँलाई मृत्युदण्ड
दिनका लागि खटिएका
कर्मचारीहरू पेसेवार जल्लादहरू थिए
जो येशूले क्रूसमा
आफ्नो प्राण त्याग
गर्नुभयो भनेर निश्चित
भए । क्रूसारोहणबाट
येशू मर्नुभएको थियो
भन्ने सत्यतालाई कुनै
पनि गम्भीर इतिहासकारले
आशङ्का गर्दैन ।
२. येशूको
चिहान
रित्तो
थियो
।
येशूको
मृत्युपश्चात् योसेफले पिलातसलाई उहाँको
मृत शरीरको लागि
बिन्ती गरे ।
योसेफ येशूका एक
गुप्त चेला थिए
जो महासभाका सदस्य
पनि थिए ।
येशूलाई चट्टानमा खोपेर बनाइएको
योसेफकै चिहानमा दफन गरियो
। तर हप्ताको
पहिलो दिन चिहान
रित्तो देखा पर्यो
। शव कहाँ
गयो ? दुई ओटा
विकल्प हुन सक्छन्:
कि लाश चोरी
भयो कि भने
येशू वास्तवमै पुनरुत्थान
हुनुभयो । डरपोक
चेलाहरूले बहादुर रोमी सिपाहीहरूको
विरुद्धमा लडाइँ गरी येशूको
लाशलाई चोरेर लगे र
त्यही झुटको लागि
तिनीहरू सहिद भए
भन्ने परिकल्पना वाहियात
छ । येशूको
पुनरुत्थानको लागि रित्तो
चिहानको यथार्थता एउटा महत्त्वपूर्णसाथै
मजबुत साक्षी हो
।
३. स्त्रीहरूले
रित्तो
चिहानको
गवाही
दिए
।
येशूको
चिहान रित्तो थियो
भनी पहिले गवाही
दिने स्त्रीहरू नै
थिए भनी चार
ओटै सुसमाचारले बताउँछन्
। यदि येशूको
पुनरुत्थानको घटना काल्पनिक
थियो भने कुनै
पनि लेखकले स्त्रीहरूलाई
पुनरुत्थानको गवाहको रूपमा पेस
गर्दैनथ्यो । किन
? किनकि पहिलो र दोस्रो
शताब्दीका यहूदीसाथै रोमी संस्कृतिमा
स्त्रीहरूलाई कम आदर
गरिन्थ्यो । तिनीहरूको
गवाहीमाथि प्रश्न तेर्साइन्थ्यो ।
पुरुषहरूको साक्षीको तुलनामा तिनीहरूको
साक्षीलाई कमजोर मानिन्थ्यो । स्त्रीहरूले
पहिलो पटक रित्तो
चिहान पत्ता लगाए
भनी बताउने यस्तो
लज्जास्पद विवरणलाई तिनीहरूले समावेश
गर्नुको एउटै कारण
हो कि यो
वास्तवमै घटेको थियो ।
४. मण्डलीलाई
सताउने
पावलको
परिवर्तन
भयो
।
पहिले
शाऊल भनी चिनिएका
तार्ससका पावल आदि
मण्डलीमाथि आक्रामक रूपमा खनिएका
थिए । तिनी
शिक्षितसाथै विद्वान् थिए ।
तर दमस्कसको बाटोमा
पुनरुत्थान हुनुभएका प्रभु येशू
तिनीकहाँ देखा पर्नुभएपछि
तिनी ख्रीष्टियमतको पक्का
मिसनरीमा परिवर्तन भए ।
ख्रीष्टलाई अङ्गालेपछि तिनले जीवनमा
कोर्रा, कुटाइ–पिटाइ, भोक,
कैदसाथै विविध दु:खहरूको
सामना गरी सहिद
भएर यस धरतीबाट
बिदा भए ।
केले तिनको जीवनमा
१८० डिग्रीको परिवर्तन
ल्यायो ? तिनका आफ्नै शब्दहरूमा,
“सबैभन्दा अन्त्यमा असमयमा जन्मेको
मानिसकहाँ जस्तो मकहाँ पनि
उहाँ [पुनरुत्थान
हुनुभएका येशू]
देखा पर्नुभयो” (१
कोरिन्थी १५:८)
।
५. सन्देहवादी
याकूबको
जीवनमा
असाधारण
परिवर्तन
देखा
पर्यो
।
येशूका
याकूबसाथै अन्य भाइ–बहिनीहरू थिए भनी
बाइबलले बताउँछ (मत्ती १३:५५) ।
पुनरुत्थानअगि याकूबले येशूमा विश्वास
गरेका थिएनन् ।
तर तिनको जीवनमा
एउटा निर्णायक मोड
आयो अर्थात्
पुनरुत्थानपश्चात् येशू तिनीकहाँ
देखा पर्नुभयो (१
कोरिन्थी १५:७)
। उहाँसित भएको
जम्काभेटको परिणामस्वरूप तिनी एक
ख्रीष्टियान मात्र भएनन् तर
पछि यरूशलेम मण्डलीका
अगुवासमेत भए ।
पुनरुत्थानको कारणले येशू मसीह
हुनुहुन्छ भनी तिनी
यति विश्वस्त भए
कि तिनले सहादत
प्राप्त गरे ।
सन्देहवादी याकूबको परिवर्तन र
मृत्युलाई व्याख्या गर्ने एउटै
तत्त्व हो— येशूको
पुनरुत्थान ।
६. येशूका
चेलाहरूमा
नाटकीय
परिवर्तन
आयो
।
येशको
गिरफ्तार हुँदा सबै चेलाहरूले
उहाँलाई छाडेर भागे ।
आफ्नो गुरुलाई क्रूसमा
झुण्ड्याएपछि अब तिनीहरूको
पालो आउँछ भन्ने
डरले तिनीहरू कोठाभित्र
लुकेर बसेका थिए
। तर तिनीहरूको
जीवनमा केही भयो
जसले ती डरपोक
चेलाहरूलाई निर्भीक प्रचारकहरूमा उभ्याइदियो
। केही हप्तापछि
नै हजारौँको भिडमा
उभिएर तिनीहरूले साहसपूर्वक
येशूको सन्देश बाँड्न थाले
। केले तिनीहरूको
जीवनमा नाटकीय परिवर्तन ल्याइदियो
? येशूको पुनरुत्थानबाहेक अर्को ऐतिहासिक व्याख्या
हुन सक्दैन ।
७. येशूका
चेलाहरू
आफ्नो
विश्वासको
खातिर
मर्न
राजी
भए
।
इतिहासले
बताउँछ कि येशूका
बार्ह
जना चेलामध्ये दस
जना आफ्नो विश्वासको
निम्ति सहिद भए
। निश्चय नै
इतिहासमा अन्य धर्मका
मानिसहरू पनि सहिद
भएका छन् ।
तर येशूका चेलाहरू
र अन्य धर्मावलम्बीहरूको
सहादतको बिचमा भिन्नता छ
। जे साँचो
हो भनी विश्वास
गरिन्छ त्यसको निम्ति धेरै
जना मर्न तयार
हुन्छन् तर विनालाभ
झुटको लागि को
मर्छ ? चेलाहरू आफूले विश्वास
गरेको सत्यतामा मात्र
मरेका थिएनन् तर
तिनीहरूले आफ्नै आँखाले देखेको
सत्यतामा पनि ।
यदि चेलाहरूले पुनरुत्थानको
कथालाई निर्माण गरेका थिए
अर्थात् त्यो साँचो
थिएन भनी तिनीहरूलाई
थाहा थियो भने
निस्सन्देह मृत्युको मुखमा तिनीहरूले
आफ्नो विश्वासलाई त्याग्थे
। सहादतको निम्ति
तिनीहरूको तत्परताको लागि एउटै
तर्कसङ्गत व्याख्या हो— पुनरुत्थान
हुनुभएका येशूसँग तिनीहरूले जम्काभेट
गरेका थिए ।
८. पुनरुत्थानपश्चात्
येशू
धेरै
जनाकहाँ
देखा
पर्नुभयो
।
पुनरुत्थानपश्चात्
येशू विभिन्न मानिसहरूकहाँ
देखा पर्नुभयो भनी
ख्रीष्टाब्द ५५ मा
आफूले कोरिन्थीहरूलाई लेखेको
पत्रमा प्रेरित पावलले उल्लेख
गरेका छन् (१
कोरिन्थी १५:५–८) ।
तिनले यो पत्र
लेख्दासम्म पुनरुत्थान हुनुभएका येशूलाई
देख्नेहरूमध्ये कति जना
जीवितै थिए जससँग
येशूको पुनरुत्थान वास्तवमै घटेको
थियो या थिएन
भनी सोध्न सकिन्थ्यो
। येशूको पुनरुत्थानपछिका
१० ओटा प्रकटीकरणहरूलाई
नयाँ करारले अभिलिखित
गरेका छन् ।
समय, स्थान र
व्यक्तिहरू फरक फरक
भएकोले ती प्रकटीकरणहरूलाई
दृष्टिभ्रमको रूपमा व्याख्या गर्न
सकिँदैन न त
५०० भन्दा बेसी
मानिसहरू एकै चोटि
उही कुरोमा दृष्टिभ्रममा
पर्छन् भन्ने कुरोलाई मनोवैज्ञानिकहरूले
स्वीकार गर्छन् ।
९. आराधनाको
दिन
परिवर्तन
भयो
।
यहूदीहरूले
सातौँ दिनलाई विश्राम
दिनको रूपमा लिन्थे
। उक्त दिनमा
तिनीहरूले कुनै पनि
काम गर्दैनथे ।
परमेश्वरले दिनुभएको यो व्यवस्था
येशूको समयसम्म जारी थियो
र येशू पृथ्वीमा
हुनुहुँदा येशू र
उहाँका चेलाहरू शबाथ–दिनमा
सभाघर धाउँथे ।
तर येशूको क्रूसारोहणको
केही हप्तापछि ख्रीष्टलाई
पछ्याउने यहूदीसाथै गैरयहूदी विश्वासीहरू
आराधनाको लागि अर्कै
दिन अर्थात् हप्ताको
पहिलो दिनमा जम्मा
हुन थाले ।
किन यहूदी पृष्ठभूमिबाट
आएका येशूका चेलाहरूले
१,५०० वर्ष
पुरानो परम्परालाई त्यागेर हप्ताको
पहिलो दिनमा सङ्गतिको
लागि भेला हुन
थाले ? एउटै स्वाभाविक
उत्तर हो— येशू
हप्ताको पहिलो दिनमा पुनरुत्थान
हुनुभएको थियो ।
१०. ख्रीष्टियान
मण्डलीको
उदय
भयो
।
सांस्कृतिक
परिवर्तनको लागि कुनै
कारण हुनुपर्छ भन्ने
कुरो हामीलाई भन्दा
बढी इतिहासकारहरूलाई थाहा
छ । ख्रीष्टियान
मण्डलीको उदय इतिहासको
एउटा यथार्थता हो
। पहिलो शताब्दीमा
नै मण्डली यति
व्यापक रूपमा फैलिएको थियो
कि यो रोमसम्म
पुग्न सफल भयो
। येशूको पुनरुत्थानविना
ख्रीष्टियान मण्डलीको उदय र
वृद्धिलाई व्याख्या गर्न मुश्किल
छ ।
येशूको
पुनरुत्थान कुनै कपोलकल्पित
कथा नभएर इतिहासको
एउटा महानतम घटना
हो भन्नाका लागि
साक्षीहरू पर्याप्त छन् ।
यसलाई खण्डन गर्न
तम्सेकाहरू वर्षौंको अनुसन्धानपश्चात् घुँडा
टेकी यसो भन्न
बाध्य भएका छन्,
“मेरा प्रभु, मेरा
परमेश्वर ।” द गिनिज
बुक
अफ
वल्र्ड
रिकर्डसमा सर्वाधिक
सफल वकिलको रूपमा
नाम लेखाउन सफल
सर लिओनेल लुकहूको
भनाइसँगै म यसलाई
टुङ्ग्याउन चाहन्छु, “म स्पष्ट
रूपमा बताउँछु कि
येशू ख्रीष्टको पुनरुत्थानको
लागि साक्षी यति
प्रबल र प्रशस्त
छन् जसले प्रमाणद्वारा
यसलाई स्वीकार गर्न
बाध्य बनाउँछ र
शङ्काको लागि यसले
बिलकुलै कुनै ठाउँ
छाड्दैन ।”